किन गन्हाए वेस्टर्न हेल्थ साइन्स एकेडेमी भित्र सिटिइभिटिका हाकिम ?

सराङकोट न्यूज
27 August, 2019 3:55 pm

पोखरा ११ मा रहेको वेस्टर्न हेल्थ साइन्स एकेडेमी र पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्च्यिूट दुई फरक संस्था हुन तर एउटै संचालक समितिले चलाईरहेको छ । ति मध्य वेस्टर्न हेल्थ साइन्स एकेडेमी अन्तर्गत डिप्लोमा इन फार्मेसी पढाइ हुन्छ भने पोखरा टेक्निकल मल्टिप्रपोज इन्स्च्यिुटमा पिसिएल नर्सिङ र एच ए पढाइन्छ ।
टंक अधिकारी अध्यक्ष रहेको एउटै संचालक समितिका यि दुई इन्स्च्यिुट मध्य वेस्टर्न हेल्थ साइन्सले पढाउँदै आएको फार्मेसी कक्षाको भर्ना रहस्यमय ढंगवाट रोकाइएको छ । सवै प्रकृया पुरा हुँदा पनि सिटिइभिटीले फार्मेसी भर्ना अनुमती रोकेर राखेको भन्दै एकेडेमीका अधिकांस शेयर सदस्यहरु रुष्ट भएका छन् ।
कसले र किन रोकियो फार्मेसी कार्यक्रममा नियमित भर्ना भन्ने वारेमा अधिकांस शेयर संचालकहरुले सिटिइभिटीमा जिज्ञाशा राख्दा स्तर निर्धारण महाशाखा प्रमुख जीव नारायण काफ्लेले कलेजको अध्यक्षतिर औंला तेस्र्याएर उतैवाट सहमती ल्याउन ठाडो जवाफ दिने गरेको वताइन्छ । स्तर निर्धारण महाशाखामा पुग्नु पर्ने सम्पूर्ण प्रकृया पुग्दा पनि कलेजका अध्यक्ष टंक अधिकारी र स्तर निर्धारण महाशाखाका प्रमुख जिव नारायण काफ्लेको योजनामा फार्मेसीको नियमित भर्ना रोक्ने कार्य गरेर कलेजको शाख गिराएको चर्चा भुसको आगो जस्तै सल्किएको छ ।
कलेजले नियमित भर्ना लिनु पर्ने माग राख्दै श्रावण १५ गते विद्यार्थीहरुले अध्यक्ष टंक अधिकारीलाई घेरावन्दी गर्दा प्रहरी प्रशासन लगाएर विद्यार्थी माथि दुव्र्यवहार गरिएको थियो ।
कलेजले नियमानुसार मेरिटको आधारमा पाउने भर्ना छलेर कट् अफ लिस्टबाट भर्ना लिनु वा फार्मेसी कार्यक्रम वन्द गर्नुको विकल्प नरहेको वताइरहँदा कलेजको ठूलै धनराशी खर्च गरेर सिटिइभिटीवाट कट अप लिस्टको भर्ना स्वीकृति गराउन पनि यो खेल भइरहेको लख काटिएको छ। सिटिइभिटीलाई प्राविधिक शिक्षा क्षेत्रमा भन्सारको रुपमा लिने गरिन्छ। कार्यक्रम स्वीकृतिका लागि गरिने हैरानि र असुलीको फेहरिस्तका वारेमा अख्तियारले सुक्ष्म छानविन गर्न जरुरी रहेको औल्याइएको छ ।
प्रकृया पुगेका फाइलका निर्णय गोजीमा राखेर कलेजलाई दुःख दिने वेस्टर्न हेल्थ साइन्स एउटा उदाहरण पात्र मात्र हो । जवाफदेहिता विहिन भएर गरिने अनियमितता, ढिलासुस्तीका श्रृंखलाहरुको पटाक्षेप हुनुपर्छ । सिटिइभिटिका सदस्य सचिव पुस्परमण वाग्ले र मन्त्री गिरिराजमणी पोखरेल लाई समेत छायामा पारिएको हो वा उनिहरुको पनि भाग शान्ती लागेको छ त्या भने वाग्ले र पोखरेलले नै वुझ्ने विषय हो ।
सदस्य सचिव वाग्ले र मन्त्री पोखरेलले सिटिइभिटीलाई दुहुनो गाई वनाएको पछिल्लो घटना खारेज गर्ने निर्णय भइसकेको अन्डर ग्राजुएट कार्यक्रमको एक वर्ष भर्ना थप गर्ने निर्णय गरेर ८ हजार भन्दा वढी विद्यार्थी पढाउने कलेजहरुवाट कस्तो शुभलाभ भयो भन्ने कुरा सहजै वुझ्न सकिन्छ जुठो खाने मिठोको लोभले भने झै गैह्र कानूनी काममा हात हालेपछि ठूलै आर्थिक चलखेल भएको आंशका गरिएको छ ।
पोखराका स्वास्थ्य शिक्षा कार्यक्रम चलाउने कलेजहरु मध्य राम्रो नाफामा चलेको पोखरा टेक्निकल हेल्थ मल्टि प्रपोज इन्स्टिच्यूट र वेस्टर्न हेल्थ साइन्स एकेडेमीको आयकर र लेखा प्रणालीमा समेत कतिपय शेयर संचालकले र कर्मचारीहरुवाटै अनियमितता संकेत गरेका छन् । भर्ना कार्यक्रम रोक्न पदिय अधिकार दुरुपयोग गर्ने पात्रको खोजी गर्न अख्तियारको सकृयता टड्कारो आवश्यकता रहेको छ ।
अध्यक्षको गोटी वनेर कलेजको अहित गर्ने सिटिइभिटीका स्तर निर्धारण महाशाखाका प्रमुख जीव नारायण काफ्लेले हाल सम्म गरेका निर्णयहरु मध्य धेरै विवादित रहेको कर्मचारी वृतमै चर्चा छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: