विट्रिश गोर्खा टे«निङ सेन्टरको विदाई कार्यक्रम सम्पन्न

पदम श्रेष्ठ
18 August, 2019 8:26 am
Advertisements
Advertisements

पोखरा, भदौ १ ।

पोखरा–१५ कान्तिपुर मार्ग, बनक्याम्पसको आडमा रहेको विट्रिश गोर्खा टे«निङ सेन्टरले इन्टेक २०१९–०२० का विद्यार्थीहरुलाई शनिबार आफ्नै कभर्ड हलमा विदाई कार्यक्रम गरेको छ।
प्रमुख अतिथि एनआरएन यु.के.का पूर्व अध्यक्ष मुक्षेत्र गुरुङले दियो बाली कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै विजिटिसीले छोटो समयमा नै अत्याधिक विट्रिश, सिंगापुर तथा ईण्डियन आर्माीमा भर्ति बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै सम्पूर्ण विद्यार्थीहरुले आफ्नो लक्ष्य प्रति ध्यान दिई अगाडि बढ्न सुझाव दिएका थिए। लाहुरे जिवनबाट रिटायर्ड भई जन्मथलोमा नै केही गर्नुपर्छ भनी विजिटिसी सञ्चालन गरि गरेका सहोदय मित्रहरुले अन्य लाहुरेलाई समेत आफ्नो मातृभूमिमा केही गर्नुपर्छ भन्ने हौसला दिएको जानकारी गराएका थिए।

विविध सांगितिक कार्यक्रमका साथ सुरु गरिएको उक्त कार्यक्रममा विजिटिसीमा कार्यरत कर्मचारी, उत्कृष्ट विषय शिक्षक, उत्कृष्ट विद्यार्थीहरुलाई मायाको चिनो र खादाले सम्मान गरिएको थियो।
त्यसैगरी म्यानेजिङ डाइरेक्टर जयप्रकाश गुरुङले  सम्पूर्ण विद्यार्थीहरुले आफूले जानेको सीप र दक्षतालाई सदा मनन गरी आफ्नो समाजलाई सदा सम्झनुपर्ने, व्यक्तिगत साहस नटुटाउने, आफूभन्दा सानालाई माया र आफूभन्दा ठूलालाई सम्मान गर्ने, ईमान्दारीता कायम राख्नुका साथै म सधै प्रथम हुन्छु भन्ने आत्मविश्वास राखी अगाडि बढ्न आग्रह गरेका थिए।

विशेष अतिथिहरु सूर्य थापामगर, पिपल्स एक्सन पार्टीका उपाध्यक्ष नरेश गुरुङ र पदम श्रेष्ठले ईन्टेक १९÷२० को लागि सम्पूर्ण विद्यार्थीहरुलाई सफलता हासिल गर्नको लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए।
आशिष गरुङद्वारा सञ्चालित उक्त कार्यक्रममा डिप्युटी म्यानेजिङ डाइरेक्टर थमन सिंह थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विजिटिसीका म्यानेजिङ डाइरेक्टर जयप्रकाश गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
विगत ३ वर्षबाट सञ्चालनमा आएको यस टे«निङ स्कुलबाट २५० जना भन्दा बढी विद्यार्थीहरु इन्टेक २०१९÷२० को लागि लाहुरे बन्नको लागि तयारी रहेका छन््।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: