
३६ वर्षिय जीवन अधिकारी गाई भैसीको गोठ वरीपरी नै व्यस्त भेटिन्छन् । गाई भैसी दुहुने, गोवर मल व्यवस्थापन गर्ने, पाडापाडी वाच्छा वाच्छीको स्याहार गर्ने देखि उत्पादित दुधको वजार व्यवस्थापन गर्दैमा दिन झमक्क डुवेको पत्तै नपाउने जीवनसंग अन्तरंग कुराकानी गर्ने हाम्रो जमर्को वल्ल सफल भएको छ ।
गाँउ टोल घर छिमेकका युवाहरु ठाटिएर विदेश पलायन भएपनि उनलाई आफनो देशको माटो र परिवारको मायाले जितेको रहेछ । कास्कीको मिजुरेको गोर्जे गाँउवाट २०५७ सालमा एस.एल.सी. परीक्षा दिएर पोखरा झरेका जीवनको झण्डै एक दर्जन वर्ष जिविकाको अन्तरसंघर्षमा गज्रिए ।
औद्योगिक व्यापार, वैदेशिक रोजगारीका अनुकरणलाई छोडेर उनले २०७० सालवाट पोखराको लामाचौरमा ९ वटा माउ गाई पालनवाट आफनो पेशा सुरुआत गरेका जीवन अहिले पुर्ण व्यवसायिक किसान बनेका छन् । व्यवसाय विस्तारको क्रममा हाल पोखरा ११ फुलवारीमा १२ रोपनी जग्गा भाडामा लिएर आफनो फर्मलाई विस्तार गरेका छन् । हाल उनको फारममा दुधालु भैसी ३० वटा र माउ गाई ५६ वटा रहेका छन् । मुर्रा जातका भैसी र होलेस्टन र जर्सी जातका गाई पालन गरिएका छन्।
भैसीको १५० लिटर गाईको ४ सय लिटर दुधा गरि दैनिक साढे ५ सय लिटर दुध पोखराको वजारमा विक्री गर्दे आएका कृषक जिवन अधिकारीले वताए। सुद्द ताजा दुध किसानको गोठ देखि उपभोक्ताका ओठ सम्म पु¥याउने लक्ष मुताविक आफुले सरसफाईलाई खास ध्यान दिने गरेको वताँउछन् । जनताको स्वास्थ्यमा प्रतक्ष्य सरोकार राख्ने पेय पदार्थ दुध भएकोले यसको उत्पादन र वजारीकरणमा खास ध्यान दिनुपर्ने तर्फ सचेत रहेको वताउने युवा किसान जिवन अधिकारी पोखराको दुध आपुर्ति धान्ने गरि काम र लगानी गर्न किसानहरु इच्छुक भएपनि स्थानियका तिखा वचन वाण र असहिस्णु व्यवहारले लगानी मैत्री वातावरण नभएको भन्दै दुख व्यक्तगर्ने थुप्रै पात्र मध्य जिवन पनि एक हुन् ।
खाडीको ५० डिग्री तातोमा जिवन पगाल्नु भन्दा आफै देशमा बसेर गाई भैसी पालनबाट परिवार पाल्न, शिक्षा दिक्षा र भविष्यको लागी २.४ पैसाको जोहो गर्नु आफु सफल रहेको वताउने जिवन अधिकारीले प्रदेश सरकारले ल्याएको मोडल फार्म अनुदान कार्यक्रम लक्षित व्यक्ति सम्म नपुगेका र त्यो केवल कनिका छराई मात्र रहेकाले त्यसलाई प्रभावकारी वनाएर लक्षीत व्यवसायि सम्म पु¥याउनुपर्ने सुझाव दिन्छन् । झोलामा फर्म हुनेले मोडेल फर्मको अनुदान पाएको समाचार आउनुले उक्त कार्यक्रम किन दलमुखी कि त धनमुखी रहेको उनको ठम्याई छ ।
सरकारले यस अघि देखि लागु गरेको सहुलियत कृषि कर्जा र पशुधन विमा राज्यले ७५ प्रतिशत लगानी गर्दै आएका कारण त्यो कार्यक्रमले व्यवसायिक किसानलाई राहत पुगेका जिवनले बताए ।
कृषि तथा पशुपालन कार्यलाई नेपालीले हेर्ने दृष्टिकोण सकारात्मक नभएको र नेपालीहरु खाडी राष्टमा गएर जे पर्न गर्ने तर आफनो देशमा आफै काम नगर्ने व्यवहारले कामदार पाउन धौ धौ पर्दै आएको छ । उनको फार्ममा ७ जनाले प्रतक्ष्य रोजगारी पाएका छन् भने घरकै ४ जना सदस्यलाई स्वरोजगार वनाएको छ ।
आफुले विगत ६वर्ष देखि निरन्तर अपनाएको गाई भैसी पालन सम्बन्धि पेशालाई अझ व्यवस्थित र व्यवसायिक वनाउने लक्ष राखेका जिवन अधिकारीले दुई तीन सय रोपनी जग्गा भाडामा लिएर अर्गानीक तरकारी खेति, घाँस खेति सहित गाई भैसी फार्म योजना तर्जुमा गरिरहेको वताउछन्।
त्यसो त जिवन मात्र हैन पछिल्लो समय पशुपालन व्यवसायमा युवाको लगनशील संलग्नता आशा लाग्दो पाइएको छ। विदेशमा हण्डर, ठक्कर र गोता खाएर स्वदेश फर्किरहेकाहरुले कृषि तथा पशुपालन पेशा अपनाउन थालेका छन् ।
कृषि प्रधान देश नेपाल कृषिमा आत्मनिर्भर नहुनु दुखद कुरा हो । राज्यले ल्याउने कृषि निति किसान लक्षितको सटटा नेता लक्षित रहने गरेका छन् । दुख गर्ने किसानले प्रतिफल पाउन सकेका छैनन् । निति निर्माताहरु गोठ र गरामा खटिनेलाई छोडेर झोलामा प्रतिवेदन वोक्नेहरुलाई सम्मान र प्रोत्साहन गर्ने गर्दै आएका छन् । यी र यस्ता दावीहरु पुस्टी भइसरेका छन् । यो दुखद परिस्थिित कायम रहुञ्जेल न्याय पाउन किसान असफल हुने महसुस गराएको छ ।
प्रतिक्रिया दिनुहोस्