महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेको “यस्तो हुन्तो तिज” बोलको तीजगित बजारमा आएको छ।
तीजको बहानामा नेपाली समाजमा कुरिती र विसंगति बढी रहेको अवस्थामा घिमिरेको गीतले परम्परागत शैलिलाई अगालेर नौलो स्वाद प्रस्तुत गरेका छन्।
समयमा तिजमा दाजुभाईले आफ्नो दिदीबहिनीलाई लिनजाँदाको अवस्थामा कस्तो परिबेशमा गइन्थ्यो भन्ने विषयलाई श्रब्य दृश्य मार्फत देखाइएको छ।
उत्पादक तथा बितरक चन्दन म्युजिक प्रा .लि रहेको गितमा केशब घिमिरेकै शब्द, लय र निर्देशन रहेको छ। केशव घिमिरे र शर्मिला गुरुङको स्वर रहेको उक्त गितमा गणेश सापकोटाको छायांकन, सुबास अम्गाइको सम्पादन, फलानो क्रिएसनको दृश्य निर्माण, मनिषा गौतमको नृत्य, संगीता सुवेदी, भगवती कार्की, बिकाश कार्की र केशव घिमिरेको समेत अभिनय रहेको देख्न सकिन्छ।
पर्बतको कार्कीनेटामा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन भने बिगत १६–१७ बर्ष देखि पोखरा मै बसेर साङीतिक क्षेत्र र ब्यबसायमा निरन्तर लागिरहेका छन। १ सय ५० भन्दा बढी गीत बजार मा ल्याइसकेका घिमिरे का अन्य गित हरु ले जस्तै यो गित यस्तो हुन्थ्यो तिज गीतले पनि सफलता पाओस् हाम्रो शुभकामना। यो समाचार तयार पार्दा सम्म युट्युबमा १ लाख भन्दा बढीले हेरिसकेका छन्।

०६१४४५०००, ९८५६०३३३९१
केशब घिमिरे को यस्तो हुन्तो तिज गित बजारमा
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्