पोखरा भीषण आगलागी, २३ सटर जल्दा करोडौंको क्षती (भिडियो सहित)

सराङकोट न्यूज
13 August, 2019 1:58 pm
Advertisements
Advertisements

पोखरा, २८ साउन | पोखराको न्युरोडमा मंगलबार दिउसो भाटभटेनीको २ घर तल रहेको एस मिनी मार्केटमा भिषण आगलागी भएको छ ।
करिब २ घण्टा आगोलागी भएपछि करोडौंको क्षति भएको हो। आगलागीबाट मिनी मार्केटमा रहेका क्याफे, कार्पेट, फोम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल लगायत २३ वटा सटरमा पुर्ण रुपमभा क्षति भएको कास्कीका प्रहरी प्रमुख एपि दानबहादुर कार्कीले जानकारी दिए ।
उनले पसलमा मुल्यवान सामग्रीहरु भएको भन्दै क्षतीको विवरण स्पष्ट रुपमा नआएको बताए । उनले करौंडैको क्षती भएको हुन सक्ने समेत बताएका थिए। पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको साहयोगमा आगो नियन्त्रण भएको थिए। दिउँसो ४ बजेबाट आगो लागी भएको थियो।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: