सामाजिक संस्थामा दलगत दाउपेज : सामाजिक संस्था चयन प्रकरण अख्तियार पुग्यो

सराङकोट न्यूज
8 August, 2019 4:25 am

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पटक पटक विवादमा मुछिदै आएका सरकारी अस्पताल हो । कहिले प्राइभेट कम्पनीलाइृ अस्पताल भित्र डायलासिस सेन्टर खोल्न अनुमती दिने विषयमा त कहिले कर्मचारी नियुक्तिमा विज्ञापन नै नगरी सुटुक्क कर्मचारी भर्ती गरेको विषयमा । त्यति मात्र हैन ५१ लाखमा दुई वर्ष अघि खरिद गरिएको मेमोग्राफी मेसिन अझै सम्म संचालन नगरेको विषय त विवादित हुदै थियो विगत एक वर्ष अघि ल्यावमा सेटिङ गरिएको २ करोड एक लाख रुपैयाको भाइरस लोड मेसिन उस्तै अलपत्र छ, केमिकल नभएको भन्दै मेसिन थन्किएर वसेको छ सेवाग्राहीहरु त्यहि सेवा लिन काठमाडौं जान वाध्य छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेसिन किन्ने, थन्क्याउने, निजि कम्पनीलाई डायनासिस स्थान दिने काम गर्दै आएको छ तर टेलिफोन एक्सचेज सोधपुछ कक्षवाट आइरहेको मासिक एक लाख २१ हजार हजार आम्दानी गुमाएर उल्टै २२ हजार पाँच सय खर्च गरेर अर्को कम्पनीलाई राख्न सहमत भएको छ । यसले उक्त अस्पताललाई मासिक डेढ लाख नोक्सान पारेको छ । हस्पिटल क्यान्टिन संचालकलाई टेलिफोन एक्सचेंजको काम दिइएको छ । व्यापारिक साँठगाठ मिलाएर टेलिफोन एक्सचेञ्च दिने र तल भइरहेको व्यापार क्यान्टिन वाटै गर्ने गराउने योजना रहेको कतिपयले वताएका छन् त्यो भने हेर्ने वाँकी छ।
यस्तै पछिल्लो समयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामाजिक सेवा इकाई छनोटका लागि आव्हान गरेको विज्ञापन र छनोट गरिएको संस्थाको सम्वन्धमा विवाद चुलिएको छ। गैह्र राजनीतिक, गैह्र धार्मिक, गैह्र नाफामूलक कार्य गर्ने संस्था छनोट गर्नु पर्नेमा असल छिमेकी सहयोग संस्था (गोनेसा) लाई छनोट गरिएपछि विवादित वनाइएको छ। गोनेसाका महासचिव रामप्रसाद सुवेदी नेकपामा आस्थावान कार्यकर्ता रहेको, उक्त संस्थाले नाफामुलक वित्तिय संस्था असल छिमेकी सहकारी संचालन गर्दै आएको र गोनेसाकै पदाधिकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीको रुपमा कार्यरत रहेको जस्ता विषय उठाएर छनोट कार्य एकपक्षिय र नियोजित रहेको आरोप लगाइएको छ ।
सामाजिक सेवा युनिट छनौट कार्य अस्पताल विकास समितिले गर्नु पर्नेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति डा. वुद्धि वहादुर थापा सहितको सेटिङमा डिन नरेन्द्र विक्रम गुरुङको संयोजकत्वमा ५ सदयीय छनोट सिफारिस समिति गठन गरि गोनिसालाई छनोट गर्ने सिफारिस तयार पारिए वमोजिम निर्णय भएको थियो । उक्त निर्णयमा अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले असहमती जनाएका थिए। निर्देशकको असहमतीका वावजुद पनि प्रतिष्ठानले गोनेसालाई सम्झौताको लागि आशयपत्र जारी गरिसकेको छ ।
गोनेसा लगायत चारैवटा संस्थाको आवेदन रित पूर्वक रहेका थिए । कोपिला नेपाल, कम्युनिटी सपोर्ट ग्रुप टोली र गोनेसाले आवेदन दिएका थिए । यि चार मध्य सत्ताधारी दलको निकट रहेको फाइदा गोनेसालाई पाउने भएको छ।
विवाद चुलिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अगाढि वढाएको जनाएको छ । अख्तियारले उक्त प्रकरणले वाहेक विभिन्न मेसिन खरिद प्रकरणका वारेमा पनि छानविन गरिने वताएको छ ।अस्पताल जस्तो सामाजिक संस्थामा हुने काम कारवाही निस्पष गैह्र राजनीतिक र गैह्र नाफामूल्क हुनु जरुरी छ यस तर्फ राज्यका निकायले छानविन गरी निकास दिने अपेक्षा गरिएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: