कालिकोटलाई संस्कृत मोह, संस्कृत मा.वि.का गुरुकुलमा मात्र २७ कालेकोटे वटुक

सराङकोट न्यूज
1 August, 2019 4:23 am
Advertisements

कर्णाली प्रदेश कालिकोट जिल्ला थोल्माका ८ वर्षिय देवराज उपाध्याय संस्कृत मा.वि.को गुरुकुलमा ४ कक्षामा पढ्छन् । ४ दाजुभाई मध्य जेठा हुन देवराज । उनलाई वा आमाले संस्कृत पढ्न पोखरा पठाएका छन् । निधार भरी चन्दन लागएका देवराज आफूलई संस्कृत पढ्न पाउँदा आनन्द लागेको वताउँछन् ।यस्तै कालिकोटा मान्माका ११ वर्षिय दिपेन्द्र पाण्डे संस्कृतकै गुरुकुलमा वटुक वनेका छन् । ३ भाइ मध्य माइला दिपेन्द्रले आफू संस्कृत अध्ययन गरेर महापण्डित हुने लक्ष राखेका छन् । कालिकोट सान्नीकै अर्का वालक पुष्पराज सञ्जेल पनि वटुक वनेका छन् । संस्कृतको ज्ञान दिएर पण्डित वन्ने उद्देश्य लिइएका सञ्जेल पनि ३ भाइ मध्य माइला सन्तान हुन् ।
कालिकोटका यीत नीन वटुक प्रतिनिधि पात्र मात्र हुन् । संस्कृत गुरुकुलमा हाल अध्ययनरत ७७ जना वटुकहरु मध्य २७ जना वटुक कालिकोटवाटै आएका छन् । विकट कर्णाली देखि सुर्खेत हुदै पोखरा सम्म आएर संस्कृति पढ्ने इच्छा राखेकाहरुले कालिकोटको संस्कृत मोहलाई प्रमाणित गर्छ ।
संस्कृत मा.वि. विद्यालय व्यवस्थापन समितिले वटुकहरुको लागि निःशुल्क शिक्षा मात्र हैन गाँस, वाँस र कपासको समेत निःशुल्क दिने प्रवन्ध मिलाएको छ । विभिन्न संघ संस्था, व्यक्तिहरुको स्वतः स्फूर्त दानवाट गुरुकूल चलाइएको संयोजक गणेश थापाले वताए ।
सनातन हिन्दु धर्मको संस्थागत विकास सभ्य धर्म सवस्कारको विकास र उन्नयनका लागि गुरुकूल संचालनमा ल्याइएको वताइएको छ । संस्कृत मा.वि. भित्रै देवी पाञ्चायनको विशाल मन्दीर निर्माणाधिन रहेको छ । स्वर्गिय पूर्व पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीले दिएको १५ लाख सहयोगबाट मन्दिर निर्माण भइरहेको विद्यालयका प्राचार्य गोविन्द प्रसाद सिग्देलले वताए ।
मन्दीरको कुल लागत दुई करोड अनुमान गरिएको छ । वाँकी पैसा धार्मिक आस्थावान व्यक्ति र विभिन्न दाता संस्थाको स्वतस्फूर्त सहयोगवाट मन्दिर निर्माण सम्पन्न गरिने लक्ष रहेको निर्माण समितिका संयोजक गणेश थापाले वताए ।
संस्कृत शिक्षा पोखरामै भएर पनि स्थानियले संस्कृत शिक्षाको महत्व नवुझेको वताइन्छ । कर्णालीले वुझेको शिक्षा कस्केली र आसपासकाले कमै वुझेका छन् । त्यसो त २१ औं शताव्दीमा संस्कृत विद्यालयको पढाई प्रति आम मानिसले संस्कृत मात्र पढाउन पर्छ भन्ने वुझाई रहेको कारण धेरैले संस्कृत विद्यालयमा पढाउन नचाहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले वताए । तर आम नागरिकको वुझाई भन्दा फरक छ संस्कृत विद्यालयको पढाई । जम्मा दुई सय पूर्णाङक्क मात्र सस्कृत र भाषा पढ्नु वाहेक अरु सवै विषय पढ्न पाइने विद्यालयले जनाएको छ ।
संस्कृत शिक्षा विश्वकै पुरानो भाषा र ज्ञान सरोवर हो । यो विज्ञान पनि हो । नवुझेर गरिने टिप्पणी र वनाइने धारणा भन्दा धेरै अव्वल छ संस्कृत विद्यालयको शिक्षा । निःशुल्क मात्रै हैन उल्टै खाजा,व पोशाक समेत दिएर पढाउने शिक्षा सायद नेपालकै एक मात्र होला संस्कृत शिक्षा ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: