ठगि आरोपी कल्पना रावत अझै फरार, पीडितलाई मिल्न धम्की र दवाव

सराङकोट न्यूज
23 July, 2019 12:47 pm
Advertisements
Advertisements

वैदेशिक रोजगारलाई व्यवस्थापन गर्न सरकारले जति नै प्रयास गरे पनि सर्वसाधारण ठगिने क्रम रोकिएको छैन । श्रम मन्त्रालयले जति नै खर्च गरेर विधि वनाए पनि त्यसको कार्यान्वयन अर्थहिन वन्न पुगेको छ । राजधानीमा खुलेका कतिपय मेनपावर सप्लाई गर्ने कम्पनीहरुले दुर दराजका सोझा विमुखालाई ठग्ने मात्र हैन उल्टै धम्की दिएर केश मिलाउन दवाव दिने गरेको पाइएको छ ।
नक्कली भिषा, नक्कली टिकट दिएर सोझा नेपालीलाई ठग्ने भेरी एण्ड कर्णाली इन्टरनेश्नल की सञ्चालिका कल्पना रावत विरुद्ध काठमाडौं प्रहरीले पक्राउ पूर्जि त जारी ग¥यो तर एक महिना वितिसक्दा पनि पक्राउ गर्न सकेको छैन । काठमाडौं जिल्ला अदालतको आदेश लिएर पक्राउ पूर्जि जारी गरिएको थियो ।
काठमठाडो. प्रहरीले भेरी एण्ड कर्णाली इन्टरनेशनलको कार्यालय रहेको महाराजगंज प्रहरीलाई पक्राउ गरी वुझाउन लेख्यो । महाराजगंज प्रहरीले सुकेधारा प्रहरी पोष्टलाई पत्राचार ग¥यो तर सुकेधारा प्रहरी पोष्टका इञ्र्चा प्र.स.नि. तारा अधिकारीले उनलाई पक्राउ गर्न सकेको छैन । प्रहरी र ठगि गर्ने मेनपावर कम्पनी करिव ३ सय मिटरको दुरी अन्तरमा रहेको छ । कार्यालय चलि रहेकै छ तर प्रहरी केवल खोजे जस्तो नाटक गरेको ठगि धन्दा गर्ने गिरोहलाई उन्मुक्ती दिइरहेको छ । प्रहरीको यो असहयोगले पीडित सञ्जय शाहले आफूलाई थप पिडा भएको वताउँदै आएका छन् ।
स्याङ्जा पुतलीवजार १४ का सञ्जय शाहसँग जोर्डन पठाईदिने भन्दै भेरी एण्ड कर्णाली इन्टरनेशनल (मेन पावर) कम्पनीकी सञ्चालिका कल्पना रावतले ७ लाख ६ हजार रुपैयाँ लिएर टिकट थमाइन । सञ्जय शाह टिकट लिएर एअरपोर्ट गए । पासपोर्ट मेनपावर सँगै थियो । एअरपोर्टमा घण्टौं कुर्दा पनि भिषा र पासपोर्ट लिएर कम्पनीको मान्छे नआएपछि सञ्जय शाहले एअरपोर्टमा टिकट देखाए । फ्लाइ दुवइको टिकट नक्कली रहेको रहस्य वल्ल सञ्जयले थाहा पाएपछि आफू ठगिएको चाल पाए ।
त्यस दिन वाट उनले आफ्नो पैसा फिर्ता गर्न माग गर्दै दर्जनौं पटक काठमाडौं धाय तर न पैसा फिर्ता भयो न विदेश नै जान पाए । सञ्जय शाहको राहदानी राउतकै मेनपावर कम्पनीमा लुकाइएको छ । नक्कली भिषा, नक्कली टिकट दिएर ठगिएका साह गत चैत्र देखि काठमाडौं प्रहरी परिसरको ढोका चाहादै आएका छन् । उनको ७ लाख उठाउन अर्को ७ लाख खर्च हुन लागिसक्दा पनि पिडक कल्पना राउत पक्राउ पर्न सकेकी छैनन् ।
काठमाडौं प्रहरी परिसर मातहतको महाराजगंज प्रहरी र सुकेधारा प्रहरीको निस्कृयता ले मिलेमतो आशंका व्यक्त भएको छ । उक्त मेनपावर कम्पनीका मेनेजर कृष्ण थापा लगायतले दुई लाख रुपैया लिएर मिल्न दवाव दिएको पिडित सञ्जय शाहले वताए । उनले भने दुई रुपैयाँ व्याज खोजेर वुझाएको ७ लाख ६ हजार रुपैयाँको त्यति नै व्याज वुझाई सकेको छ अव दुई लाख लिएर मलाई के अर्थ । छलफल गर्ने वहानामा वोलाएर धम्कीपूर्ण शैलीमा मिल्न दवाव दिएको भन्दै आफू माथि सुरुक्षा चिन्ता वढेको शाहले वताए ।
यस वारेमा काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी डि.एस.पि. होवेन्द्र वोगटी कल्पना रावतलाई तत्काल पक्राउ गरी कारवाही र छानविन अगाडि वढाइने वताउँछन् । ठगि गर्ने नक्कली टिकट र नक्कली भिषाको काम गर्ने उक्त मेनपावर कम्पनीले कति नेपाली ठगिए त्यो भने छानविन पछि खुल्ने अपेक्षा गरिएको छ । आफू पक्राउ परे पछि अरु पीडितहरु पनि आउने डरले उनि आफू लुकेर आफ्ना मेनेजर कृष्ण थापा र अरु कर्मचारीहरुलाई प्रयोग गरेर धम्कीको भाषा वोलिरहेकी छन् ।
त्यसो त मुद्दावाट उम्कन उच्च अदालत पाटनमा रिट समेत दायर गरेकी कल्पना राउतको मुद्दाको रिट खारेज गरिदिए पछि उनको खैरियत नरहेको पछि प्रहरीलाई मिलाउन र पीडितलाई धम्की दिने रणनीतिमा लागेकी छिन् । शनिबार पीडित पक्षलाई काठमाडौं वोलाएर त्यस्तै हर्कत गरेको पीडित सञ्जय शाहले वताए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: