
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत वर्ष असारमा भाइरस लोड मेसिन जडान गरियो। राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्र मार्फत २ करोड १ लाखमा खरिद गरिएको उक्त मेसिन एक वर्ष भित्र एक दिन पनि चलाइएको छैन ।
एच.आइ.भि. संक्रमित विरामीहरुको शरिरमा भाइरस काउन्ट गरी रोगको अवस्था पत्ता लगाउने आधुनिक पिसिआर मेसिन पोखरा पठाइएको एक वर्ष वितिसक्दा पनि उक्त मेसिन संचालनको प्रवन्ध मिलाउन नसक्ने नेपालको स्वास्थ्य सम्वद्ध निकाय निकम्वा देखिएको छ। २ करोडको मेसिन खरिद गर्ने र पठाउने कार्यालय राष्ट्रिय यौन तथा एड्स रोग केन्द्रले मेसिनमा लाग्ने रिएजेन्ट (केमिकल) खरिद नगरिदिदाँ करोडौंको मेसिन थन्किएर वसेको पनि वर्ष दिन नाघिसकेको छ । महाशाखाको आग्रहमा सरकारी वजेटबाट पोखरा र विराटनगरमा भाइरस लोड मेसिन २०७५ असार २४ गतेनै पठाइएको थियो जुन आज ठ्याक्कै एक वर्ष पुरा भइसकेको छ । एक वर्ष सम्म एउटा पनि कार्य प्रगति हुन नसक्नु सरकारको नालायकी पनको पराकाष्ठा मान्न सकिन्छ ।
जनताको स्वास्थ्य परिक्षण गर्ने प्रयोजनका लागि राज्यको ढुकुटीवाट करोडौंको मेसिन खरिद गर्ने तर ८–१० लाख रुपैयाको रिएजेन्ट खरिद गरेर सेवा प्रदान गर्न नसक्ने कर्मचारीकै कारण राज्यकोषको चरम दुरुपयोग भइरहेको छ । उक्त मेसिन नचल्दा मासिक दुई सय भन्दा वढी विरामीहरु काठमाडौं धाउन वाध्य पारिएका छन् । विराटनगरमा पठाइएको मेसिनको पनि यहि हालत रहेको खवर प्राप्त भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा प्राप्त उक्त मेसिन प्रयोगशाला भवनमा सीडि रुम नाम दिएर छुटै सेटिङ गरिएको छ । सम्बन्धित सवै मेसिन लगायतका समानहरु तयार भएर पनि केमिकलको अभावमा महंगो मेसिन स्टार्ट समेत गरिएको छैन । यहि हालतमा रहने हो भने मेसिन प्रयोग विहिन अवस्थामै विग्रन सक्ने वताइएको छ ।
नेपालका दुर दराजका विरामीहरुले सिटामोल र जिवन जल खाने पैसा कटाएर खरिद गरिएका मेसिन प्रयोग नगर्ने हो भने खरिदकै लागि मात्र खरिद गर्ने काम कमिशन कुम्ल्याउने सिवाय अरु के दाउ हुन सक्छ ?
मेसिनमा प्रयोग हुने रिएजेन्ट नेपालमा पाइदैन भन्ने कुरा सर्व विदितै छ । मेसिन पनि विदेश वाटै आयात गरिएको हो भने एकै पटक टेण्डर गर्न पक्कै पनि सकिन्थ्यो तर करोड र अरवमा खेल्ने वानी परेका साशक प्रशासकहरुलाई लाखमा चल्ने रि एजेन्टको चासो नरहेको वुझ्न सकिन्छ ।
मोटो खरिद गर्ने, मेसिन थन्क्याउने र फेरि किनिरहने रोग नयाँ भने होइन । वीर अस्पताल यस्तै प्रवृत्तिका कारण थला परेको छ । सरकारी सेवालाई निकम्वा वनाएर निजि अस्पतालबाट कुस्त लाभ लिने मनसायबाट यस्ता रोग फैलिरहेको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा दुई वर्ष पहिला खरिद भएको ५१ लाख रुपैयाँको मेमाग्राफी मेसिन अझ संचालनमा आएको छैन । वारेन्टी अवधी पनि सकिइसकेको छ । अव वल्ल त्यसको प्रिन्टर खरिद भएको वुझिएको छ । मेमोग्राफी मेसिन खरिद गरेको दुई वर्ष सम्म प्रिन्टर किन खरिद गरिएन ? महिलाहरुको स्तन क्यान्सर भए नभएको वारे स्किनिङ गर्ने उक्त मेसिनको प्रिन्टर खरिद भए पनि वारेन्ी अवधी दुई वर्ष पुरा पुर सकिएको छ । अव उक्त मेसिनले दिने सेवा विस्वासिलो र भरपर्दो हुनेमा आशंका त छ नै ।
सरकारी अस्पतालहरु राज्यकोषको दोहन गर्ने श्रृंखलालाई निरन्तरा दिइरहेका छन् । सरकार स्वयम् अनियमितता र भ्रष्टाचारको दलदलमा फसृका कारण अस्पतालमा हुने दुई चार करोडका भ्रष्टाचार छानविन र निगरानी गर्न चासो देखाइरहेको छैन ।
अख्तियार राष्ट्रिय सतकर्ता केन्द्र जस्ता निकयाहरुले यि खरिद प्रकरण र समान प्रयोग नगरेका विषयमा फाइल तानेर छानविन गरी विकृति र वद्नियत रोक्ने तर्फ तत्काल कदम उठाउन जरुरी भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्