
सार्वजनिक वसमा विद्यार्थी छुट वापत ४५ प्रतिशतसम्म भाडा छुट पाउने भएपछि नक्कली विद्यार्थी कार्ड वोक्नेहरुको विगविगी वढेको छ । कम्प्युटरवाट वनाइने पि.भि.सी. कार्ड सजिलै नक्कली र दुरुस्तै वनाउन सक्ने भएपछि नक्कली विद्यार्थीहरु कार्ड वोक्ने गरेका हुन् ।
असार १५ गते ग १ ख ३९९१ नम्वरको नगरवसका यात्रुले देखाएको कार्ड शंका लागि सहचालकले प्रहरीलाई जिम्मा लगाइदिएका थिए। पोखरा १ कास्की ठेगाना लेखेका सोमनाथ त्रिपाठीको नाममा रहेको उक्त कार्ड नक्कली रहेको प्रहरीले दावी गरेको छ । दुई सय रुपैयाँमा कार्ड खरिद गरेको त्रिपाठीले वताएको एक प्रहरीले वताए ।
कहा कसले बनाउछ नक्कली कार्ड ?
विद्यार्थीको नक्कली कार्ड वनाएर पैसा कमाउने गिरोह विगत लामो समय देखि सकृय रहेको खुल्न आएको छ । कम्प्युटरवाट अवैध ढंगले लोगो छाप र सहि समेत स्क्यानिङ (कपि) गरेर विभिन्न क्याम्पस र स्कूलहरुको कार्ड वनाउने ग्राफिक डिजाइनरहरु सहरमा खुल्लम् खुल्ला अवैध काम गर्दै आएको हुन सक्ने एक अध्ययनले देखाएको छ । नक्कली कार्ड प्रति व्यक्ति दुई सय देखि ३ सय सम्म वनाइदिने भन्दै पुराना परिचितहरुले नयाँलाई वताउने गरेका छन् । कार्ड वनाउने गिरोहले पृथ्वी नारायण क्याम्पसको कार्ड वढी किर्ते गर्ने गरेको वरामद गरिएका कार्डको तथ्यांकले पुष्टि गर्दछ ।
पृथ्वीनारायण क्याम्पसपछि विभिन्न प्लस टु पठाउने विद्यालय र आसपासका निजी र सामुदायिक क्याम्पसहरुको कार्ड नक्कली पाइने गरेका छन् । यस अघि वरामद भएको कार्ड वागलुङको एक कलेजको पाइएको थियो । सराङकोटले उक्त कलेजमा सोधपुछ गर्ने भनेपछि कार्ड वहाक एक महिला गल्ती स्वीकार गर्दै माफी माग्दै अव नक्कली विद्यार्थी परिचय पत्र नवोक्ने वाचा गरेकि थिइन् ।
यि त भए प्रतिनिधि पात्र। नगर वस हुन या लामो दुरीका वसमा नक्कली विद्यार्थी कार्ड वोक्नेहरु छ्याप्छयाप्ती रहेका छन्। सहचालकहरुले कुन नक्कली कुन सक्कली भन्ने छुट्याउन नसक्दा ठूलो रकम विद्यार्थी छुटको नाममा चुहिएको वस व्यवसायीहरु वताउँछन्। पोखरा वस व्यवसायी समितिका सचिव अमृत शर्मा दैनिक ३०–३५ वटा नक्कली कार्ड देखाएर छुट लिनेहरु रहेको अनुमान गर्छन् । एउटा वसमा ३०–३५ जनाले छुट लिदाँ मासिक रुपले त्यसले ठूलो नोक्सानी हुने बताउँछन् । नक्कली कार्ड वोक्ने केटाहरुबाट धम्की खप्की खानु पर्ने भएपछि सहचालकहरु थाहा पाएर पनि नक्कली हो भनेर प्रस्तुत हुन पनि कतिपय डराउने गरेका अनुभव सुनाउँछन् त कतिपय सहचालक राम्रो सँग अग्रेजी पढ्न नजान्ने भएका कारण पनि नक्कली विद्यार्थी कार्ड वोक्नेहरु प्रोत्साहित भएका वताउँछन्।
के भन्छ प्रहरी ?
आइबार नक्कली कार्ड सहित पक्राउ परेका सोमनाथ त्रिपाठी सोमवार छुटेका छन् । वडा प्रहरी कार्यालय वैदामले वरामद गरेको सरकारी क्याम्पसको नक्कली कार्ड कसले वनायो भन्ने हाम्रो जिज्ञाशामा वडा प्रहरी ईञ्चार्ज प्र.ना.उ. कमल शाह छानविन भइरहेको बताउँछन्। सरकारी क्याम्पसको कार्ड छाप र दस्तखत किर्ते गर्नेले अन्य सरकारी कागजपत्र पनि किर्ते गरेको हुन सक्ने तर्फ हाम्रो जिज्ञाशामा प्र.ना.उ. शाहले किर्ते कार्य गर्ने गिरोह सम्म पुगेर आवश्यक अनुसन्धान र कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।
हेर्दा सामान्य लाग्ने नक्कली परिचय पत्र प्रकरण भित्र थुप्रै रहस्यहरु हुन सक्छन् । नक्कली लाइसेन्स, सरकारी कर्मचारी परिचय पत्र, पत्रकार परिचय पत्र लगायत अन्य सरकारी कागज पत्र वनाएर ठगि धन्दा गर्नेहरुको कनेक्सन पनि यो काण्ड सँग जोडिन सक्ने वताइएको छ । अघिल्लो हप्ता मात्र चिप्लेढुंगामा रहेको इष्टवेस्ट जापानिज भाषा तालिम केन्द्रका संचालकले ३० हजार रुपैयाँमा १२ कक्षा पास गरेको सर्टिफिकेट वनाउने आश्वासन दिएर पैसा उठाएको प्रकरण सराङकोट साप्ताहिकले प्रकाशन गरेको थियो।
प्रहरीले उक्त प्रकरणलाई कानूनी दायरामा ल्याउन दावी गरेपनि यो खवर तयार पार्दा सम्म छानविन भए नभएको वारे केही जानकारी आएको छैन । प्रहरीको सकृयता नवढाउने हो भने नक्कली धन्दा गर्नेहरुका लागि स्वर्ग वन्नेछ पोखरा।
प्रतिक्रिया दिनुहोस्