रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन

सराङकोट न्यूज
3 July, 2019 7:41 am

मुद्रण उद्योग संघ कास्की जिल्ला, नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा संगमको संयुक्त आयोजना तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा मंगलबार पोखरा–२ विन्दवासिनी मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री रामेश्वर मल्लले पहिलो रक्तदाता मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लले रक्तदान जस्तो पवित्र कार्यक्रम विन्दवासिनी मन्दिर परिसरमा गरिदा रक्तदाताहरुलाई हौसला मिल्ने जानकारी गराएका थिए। आफ्नो शरिरबाट बढी भएर खेर जाने रगतलाई दान गर्दा शरिरलाई कुनै हानी नोक्सानी नगर्ने भएको र दान गरिएको १ थोपा रगतले कसैको जिवन बचाउन सक्ने हुँदा रक्तदान उत्कृष्ट सामाजिक कार्य भएको बताएका थिए।

Advertisements

त्यसैगरी मुद्रण उद्योग संघका केन्द्रिय उपाध्यक्ष देवी प्रसाद अर्याल, प्रदेश महासचिव बसन्त बास्तोला तथा विशेषअतिथिहरु लायन्स क्लब अफ इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वि–१, डिष्ट्रिकका सिनयर एडभाइजर लायन टिकाराम सापकोटा, रिजन ३५ का रिजन चेयर पर्सन लायन शारदा शर्मा तथा जोन ७५ का जोन चेयरपर्सन लायन सरस्वती गिरी (सरु) एवम् रक्तसन्चार केन्द्र रामघाट पोखराका प्राविधिक धु्रर्वमणि लामिछाने समेतले बोलेका थिए।

मुद्रण उद्योग संघ कास्कीका उपाध्यक्ष तथा लायन्स क्लब अफ पोखरा संगमका अध्यक्ष एवम् कार्यक्रम संयोजक गिरबहादुर श्रेष्ठ (किरण) ले धन्यवाद मन्तव्य राख्नुका साथै ४० युनिट रगत संकलन भएको समेत जानकारी गराएका थिए।

मुद्रण उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बजिमयाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्र्रदेश तथा लायन्स क्लव अफ पोखरा संगमका सदस्य कोपिला श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त ग रेका थिए।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: