शैक्षिक परामर्शको नाममा ठगिधन्दा, ३० हजारमा १२ कक्षाको सर्टिफिकेट

सराङकोट न्यूज
25 June, 2019 6:22 am
Advertisements

अध्ययन भिषामा जापान जाने विद्यार्थीहरु भाषा केन्द्रवाटै ठगिएका छन् । भाषा केन्द्रहरुले जापान पठाइदिने भन्दै विद्यार्थीहरुवाट सक्कल शैक्षिक प्रमाण पत्रहरु सहित रकम समेत उठाउने तर वर्षौ सम्म विदेश पठडाउन पनि नसक्ने र प्रमाण पत्र पनि फिर्ता नदिंदा विद्यार्थी र तिनका अभिभावकहरु समस्यामा परेका छन् ।
यस्तै एक विद्यार्थी हुन् पर्वतका विशाल मल्ल । दुई वर्ष अघि विशालले आफ्नो जन्म दर्ता प्रमाण पत्र, नाता प्रमाणित, एस एल सीको मार्कसिट र प्रमाण पत्र पोखरा चिप्लेढुंगामा रहेको इस्ट वेस्ट ल्याङवेज सेन्टरका संचालक राम श्रेष्ठलाई वुझाएका थिए तर आज सम्म न उनि जापान गए न आफ्नो सर्टिफिकेट नै फिर्ता पाए ।
सिन्धुपाल्चोक मेलम्ची घर वताउने राम श्रेष्ठले यस अघि पोखरा जापानिज भाषा तालिम केन्द्र संचालन गर्दै आएका थिए । यसै वर्षवाट इस्ट वेस्ट ल्वाङवेज सेन्टर नामको भाषा तालिम केन्द्र दर्ता गरेका छन् । संस्था दर्ता गर्दा भाषा प्रशिक्षण केन्द्र उल्लेख भएपनि उनिहरुले विदेश पठाउने म्यानपावर कम्पनीको काम गर्दै आएको पाइएको छ । भाषा सिकाउने कम्पनीले परामर्श दिने वहानामा विभिन्न कलेज सँग दलाली गरेर म्यानपावर सप्लाई गर्दै आएका कारण ठूलो संख्याका नेपाली विद्यार्थीहरुले धोका पाउँदै आएका छन् । किर्ते कागजपत्र समेत वनाएर भाषा तालिम केन्द्र हरुले विद्यार्थीलाई झुक्याउने गरेको समेत पाइएको छ ।
ल्याङवेज टे«निङ सेन्टरले नहुने काम वनाइदिन्छु भन्दै मोटो रकम लिने गरेको खुलासा भएको छ । एस.इ.इ. मात्र पास गरेका विशाल मल्ललाई जापान पढ्न जान १२ कक्षा पासको सर्टिफिकेट वनाइदिने भन्दै इस्टवेस्ट ल्याङवेज सेन्टरका संचालक राम श्रेष्ठले ३० हजार नगद लिएका थिए । श्रेष्ठले १२ पासको नयाँ सर्टिफिकेट वनाउन पैसा लिएको हामी सँग स्वीकार गरेका छन् । काठमाडौंको साथी मार्फत् नक्कली प्रमाण पत्र वनाउने गरेको राम श्रेष्ठले वताए पनि विशाल मल्लको १२ पासको सर्टिफिकेट भने हामीलाई देखाएनन्।
दुई वर्ष पहिला १२ पासको सर्टिफिकेट वनाउन लिएको ३० हजार रुपैयाँ र अरु सक्कल कागजपत्र इस्ट वेस्ट ल्याङवेज सेन्टरका संचालकले गायव पारेका छन् । पटक पटक माग गर्दा पनि हाम्रो पैसा र सटिपिकेट फिर्ता गरेका छैनन् । विशाल मल्लकी आमाले वताइन् ।
ल्वाङवेज ट्रेनिङ सेन्टरका संचालकले विशाल मल्ल जस्ता दर्जनौ युवाहरु लाई धोका दिएको हुन सक्ने भन्दै उनी विरुद्ध छानविन हुनु पर्ने माग वढेको छ । यस वारेमा हामीले राम श्रेष्ठको प्रतिक्रिया लिदा आफूले सर्टिपिकट कागज पत्र र १२ पासको नक्कली सर्टिफिकेट वनाउन लिएको रकम फिर्ता दिने वताए ।
राम श्रेष्ठले आफू गैह्रकानूनी काम गरेको स्वीकार गरेका छन् तर पनि राज्यको नियामक निकाय प्रहरी प्रशासन मौनता साधेर वसेको छ । यस वारेमा कास्की प्रहरीले ठगि गर्ने व्यक्ति उपर आवश्यक कारवाही गर्ने बताएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: