कसले उक्सायो प्र.म. ओलीलाई ?

सराङकोट न्यूज
5 June, 2019 4:05 am
Advertisements

विधिको साशन चलाउछु भनेर कहिल्यै नथाक्ने प्रधानमन्त्री के.पि. शर्मा ओलीलाई गण्डकी प्रदेशको राजधानी पोखरामा फसाउन खोजियो। संचारमाध्यमले व्यापक खरवदारी गरेपछि प्रम ओलीका आँखा खुले । पोखरा एअरपोर्ट झर्दा सम्म सहि सूचना लुकाएर उनकै पार्टीका नेता सल्लाहकार र केहि पत्रकारले समेत आफूलाई गलत कार्यमा उक्साइरहेको कुरा ढिलो गरी भेउ पाए र गलत कार्य गर्न वाट जोगिए ।
प्रकरण थियो स्वीस इन्टरनेशनल सरोवर होटल को ग्राण्ड ओपनिङको । डा. भरत पहारीले संचालनमा ल्याउन लागेको उक्त होटल भवन पोखरा महानगरको मापदण्ड विपरित थियो । साढे तिन तला मात्र अग्लो भवन वनाउने मापदण्ड रहेको पोखराको लेक साइडमा पहारीले १० तल्ले भवन वनाएर महानगर सरकारलाई ठाडो चुनौती दिएका थिए ।
पद र पहुँचमा कानून मिच्न सकिन्छ भने सोचले होटल वनाएका डा. पहारीले दुई तिहाइको सरकार प्रमुख प्रधानमन्त्री केपि ओलीवाट होटल ओपनिङ गराएर आफूलाई सर्वशक्तिमान प्रमाणित गराउन खोज्ने डा. पहारीलाई अन्ततः प्रधानमन्त्री ओलीले लोप्यो खुवाइदिए।
तामझामका साथ होटल उद्घाटन गरेर विश्वभर आफ्नो चर्चा र होटलको विज्ञापन गराउन उद्दत पहारी अन्ततः हिस्स वुढि हरिया दात भए । पहारी पक्षधर केहि चातुककारहरु अझै पनि प्रधानमन्त्रीले भात खाएको, कपडा फेरेको वखान गरेर नुनको सोझो गरिरहेका छन् । तर तिनले ताम्र पत्र अनावरण नगरेको विषयलाई नजर अन्दाज गरिरहेको वारे मुल्यांकन गर्ने औकात राखेका छैनन् ।
डा. भरत पहारी पुल्चोक इञ्जिनियरिङ क्याम्पसका पूर्व डिन हुन् । उनलाई पोखरा महानगरपालिकाले प्राविधिक विज्ञको हैसियत दिएर सहरी विकास मापदण्ड निर्धारण कार्यदलको संयोजक तोक्यो । सोही वेलामा आफ्नो निर्माणाधिन भवनलाई मिल्दो हुने गरी प्लिन्थ एरिया कभरको आधारमा भवनको अग्लाई जान सक्ने प्रतिवेदन वुझाए । सानातिना नागरिकको हितमा दुई शव्द ध्यान नदिने डा. पहारीले वनाएको मापदण्ड धनाड्य नवधनाड्य समूह लक्षित रहेको उनकै कार्यदलका सदस्यहरुले वताएका थिए ।
डा. पहारी एक विवादित पात्र हुन् । उनलाई विशेष अदालतले करिव १ करोड जरिवाना र जेल सजाय सुनाएको थियो ।
पहारीले वनाएको भवन निर्माण सम्बन्धी मापदण्ड महानगरपालिकाले कार्यान्वयन गरेको छैन । भइरहेका हाइरेजिङ भवनहरुको नियमन गर्ने वारे एकिन नभइसकेका कारण अवैध भवनको वैधानिकता दिन सकेको छैन । साना तिनाहरुको टहरोले दुई हात मिचिदा चार हात उफ्रेर डोजर चलाउने महानगरले १० तले घर ठड्याइरहँदा मौन रहनु पनि अनुसन्धानकै विषय वनेको छ ।
भवन उद्घाटन नगरे पनि निर्लज्ज ढंगले ताम्रपत्रको पर्दा उघारिएको छ । यो भन्दा वेइज्जती अरु के हुन सक्छ । खेलकूदमन्त्री जगत वि.क. माननिय संसदहरु प्रमको चाकडी गर्न होटल पुगे पनि निहुरी मुन्टी लगाएर वाटो लागेको दृश्य उस्तै टिठ् लाग्दो देखिएको थियो ।
यस अघि पनि…. उपराष्ट्रपति नन्द किशोर पुन पासाङले वुद्धचोक पोखरामा मापदण्ड मिचेर वनाइएको आठ तले भवन होटल टास्क टावर को उद्घाटन गरेर स्थानिय कानूनको धज्जी उडाएका थिए । उनले जनताले गरेको विरोधका स्वरलाई मात्र दवाएनन् कानूनको साशनलाई समेत कुच्च्एि ।
गत वर्ष मात्र जग्गा व्यवसायी विमल वस्यालले सेदी वगर पोखरामा १८ तले अपाटमेन्ट को सिलान्यास मुख्यमन्त्री पृथ्वी सुव्वाको कर कमलवाट गएर । सिलान्यास पछि व्यापक विरोधका वावजुत योजना अगाढि वढ्न सकेंत अहिले पनि योजना स्थागित छ ।
यि नमूना घटना हुन् । शक्तिको पुजा गरेर दम्भ देखाउन महामहिहरुलाई प्रयोग गर्ने र प्रयोग हुने गर्दाको कारण अराजकता वढेको छ । राज्यकोषवाट लाखौं तलव भत्ता सुविधा खाने सल्लाहकारहरुले किन फसाइरहेका छन् उच्च ओहोदका व्यक्तित्वहरुलाई ? गलत र ठिक के हो भन्ने थाहा नपाउने हरु सल्लाहकार रहञ्जुले यो वेथिति हट्ला र ?
ढिलै भएपनि प्रधानमन्त्री ओलीले अवैध भवनमा रहेको होटल स्वीस सरोवर उद्घाटन नगरेर आफ्नो साख जोगाएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: