स्वास्थ्य क्षेत्रमा फस्टाउँदो विकृति, ल्यावको लाइसेन्स वर्गिकरणमा चलखेल

सराङकोट न्यूज
15 May, 2019 5:34 am
Advertisements
Advertisements

जुनसुकै व्यवस्था आएपनि नेपालको स्वास्थ्य क्षेत्रको विकृति र वेथिति घट्नु भन्दा वढेर गएको पाइएको छ। स्वास्थ्य क्षेत्रमा व्याप्त व्यापारिकणका कारण नागरिकले भरपर्दो स्वास्थ्य सेवावाट वञ्चित हुनुपरेको त छ नै राज्यले समेत सकारात्मक लक्ष हासिल गर्न सकेको छैन ।
जनताको स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको निजि स्वास्थ्य क्षेत्रले नियमनकारी निकायलाई प्रभावमा पारेर व्यापारिक स्वार्थ पूर्तिमा लागेपछि नागरिकवृतमा चिन्ता व्यक्त गरिएका छन् । कामको लागि काम भन्दा पनि नामको लागि नाम वेच्ने प्रवृत्ति ह्वात्तै वढेको छ तर नियमाक निकायहरु छानविन र कारवाही भन्दा मिलेमतो गरेर शुभलाभको साझेदार वन्ने गरेका छन् ।
नेपालको स्वास्थ्य क्षेत्र सरकारी होस् या नीजि दुवै उत्तिकै गैह्र जिम्मेवार पाइएका छन् । नीजि क्षेत्रलाई ईजाजत पत्र प्रदान गर्ने सरकारी संयन्त्र उत्तिकै लथालि· छ । अनुगमन गर्ने नाउँमा आर्थिक चलखेल गरी कालोलाई सेतो वताइदिने सरकारी पात्रहरुले स्वास्थ्यमा व्याप्त व्यापारीकरणलाई गोडमेल गर्दै आएको छ ।
यस्तै एउटा प्रकरण पोखरामा फेला परेको छ । पोखराको न्यूरोडमा रहेको लाइफ केयर डाइग्नोष्टिक सेन्टर प्रा.लि. ले ए वर्गको प्रयोगशालाको अनुमती पाएको विषय यहाँमात्र हैन केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत चर्चाको विषय वन्न पुगेको छ । करिव एक वर्ष अघि सेवावाट अवकास लिएका डा. राजकुमार महतो सेन्टर ल्यावका निर्देशक भएका वखत अनुमती दिएको लाइफ केयर डाइग्नोष्टिकको सर्टिफिकेट छानविनको विषय वनेको छ ।
डा. राजकुमार महतो स्वयम् पोखरा आएर अनुगमन गरे पश्चात लाइफ केयरले ए वर्गको ल्यावको लाइसेन्स पाएको थियो। निर्देशक महतोले ल्यावको स्थलगत निरिक्षण गरी स्वीकृति प्रदान गरेका थिए ।
क श्रेणीको ल्यावको स्वीकृति दिने क्रममा न्यूनतम मापदण्ड र पूर्वाधार पुरा गर्नुपर्ने वाध्यकारी प्रावधान छ तर ल्याव संचालक र अनुगमनमा जाने कर्मचारी डा. राजकुमार महतोको मिलेमतोमा प्रकृया पुरा नगरी मापदण्ड पुरा नगरेको ल्यावलाई ए लेवलको लाइसेन्स प्रदान गरेको खुल्न आएको छ ।
स्थलगत अनुमगनमा पोखरा आएका तत्कालिन निर्देशक समेत रहेका डा. राजकुमार महतो भन्छन् ल्याव पछाडिको भाग देखि अण्डरग्राउण्ड सम्म आफ्नै हो भनेर नाप्न लगाए । सवै नाप्दा पुगेकै थियो अहिले के छ थाहा छैन डा. महतोले भने । प्रयोगशाला कक्षको मात्र दुई हजार वर्गफिट क्षेत्रफल हुनु पर्ने कानुनी प्रावधान रहेको छ । ए लेवलको प्रयोगशाला विशेष र वृहत प्रयोगशाला अन्तर्गत सूचिकृत हुने ल्याव भएकाले २४ जना न्यूनतम कर्मचारी हुनु अपरिहार्य छ । त्यसमा ६ जना हेमाटोलोजी सहित १२ जना दक्ष प्राविधिक जनशक्ति हुनु पर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्रावधान रहेको छ ।
निर्देशिकामा स्पष्ट उल्लेख किटान भएका विषयमा समेत मिलेमतो गरी ए वर्गको ल्याव ईजाजत पत्र प्राप्त गरेको विषयमा केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला भित्रै चर्चा चलेपछि केन्द्य्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झाले भनिन् “मापदण्ड पुगे नपुगेको वारेमा छानविन गरी हाल जो जे अवस्थामा छ त्यहि अवस्थाको इजाजत पत्र थमाइने छ ।”
ए वर्गको ल्याव संचालन गर्ने प्रकृया जटिल भएपनि राज्यका नियामक निकायहरुको संलग्नतामा कागजी प्रकृया पुरा गरेको देखाएर व्यवसाय गर्ने प्रवृत्ति केहिल सम्म चलिरहने ? प्रचारकै लागि मात्र ए वर्गका ल्यावको लिने हो भने सेवाको सुनिश्चितता कसले गर्ने ?
विशिष्ट प्रकारको सेवा प्रदान गर्ने हैसियतमा भौतिक पूर्वाधार जनशक्ति व्यवस्थापन समेतको संख्या निश्चित गरिएपनि यथार्थमा त्यो भए नभएको वारे गहन अध्ययन अनुगमन र कार्यान्वयन जरुरी रहेको छ ।
यता लाइफ केयर डाइग्नोष्टिकका संचालक अमर नागिला आफूले कानूनी प्रकृया पुरा गरेर ल्याव चलाएको वताउँछन् उनले भने अनुमती पाए वमोजिमको सेवा दिइरहेका छौं ।
नागिलाले भने जस्तै गरी यहि हालतमा ए श्रेणीका ल्यावले अनुमती इजाजत र नविकरण गर्ने हो भने अधिकांस ल्याव ए श्रेणीमा पुग्न सक्छन् । उठेका विवाद र प्रतिकृयाको वारेमा राज्यले तत्काल अनुगमन गरेर नियमन गर्न सकेन भने जनताले सास्ती पाइने क्रम जारी रहने छ।
हाल नेपालमा सञ्चालनमा रहेका ल्यावहरु मध्य नेपाल मेडसिटी, ललितपुर, एन आर एल वानेश्वर, सोरिया हेल्थ केयर डाइग्नोष्टिक पोखरा सेन्टर डाइग्नोष्टिक ल्याव, कमलपोखरी र नेश्नल ल्याव वुटवल गरी सातवटा ए श्रेणीका ल्याव सञ्चालित छन् । केन्द्रिय प्रयोगशालो एलेवल र वि लेवलका ल्यावहरु पूर्ण अनुगमन गरी नियमन गर्नु अपरिहार्य छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: