नयाँबजारको आसपासमा हेलिकप्टरबाट के खसालियो कालो चिज ?

सराङकोट न्यूज
14 May, 2019 5:55 pm

पोखरा ३१, सराङकोट
पोखराको व्यस्त बजार नयाँबजारको आसपासमा मंगलबार दिउँसो एक्कासी कालो हेलिकप्टरबाट कालो डोरीको जाली जस्तो बस्तु खसालिएको छ।
कालो हेलिकप्टर कुन प्रयाोजनको लागि आएको हो र किन आएको हो भन्ने कुरा सराङकोट साप्ताहिक पत्रिकाको जिज्ञासामा कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्र मान गुरुङले आफू अनभिज्ञ रहेको बताए।
दिउँसो करिब १ः०० बजे नयाँबजारको आकाशमा लगभग ३ मिनेट हेलिकप्टर अडिएको देखिन्छ र केही पछाडि सर्दछ । पुन केही अगाडि सर्दछ र पहिलो पटक डोरीको जालो जस्तो खसालिएको देखिन्छ र हेलिकप्टर अगाडि बढ्छ र फेरी केही मात्रामा कालो चिज जमिनमा खसालिन्छ । त्यसपश्चात तेज रफ्तारमा यु टर्न गरि गएको हेलिकप्टर कहाँ पुग्यो थाहा छैन। उक्त चिज कहाँ खसालियो र किन खसालियो भन्ने समेत जानकारी छैन । यस घटनाले पोखरेली बासिन्दाहरु त्रसित देखिन्छन्। यो घटनाले गर्दा पोखरेलीबासीहरु अझै सुरक्षित छैनन कि भन्ने प्रश्न उब्जाएको छ ।

पूरा भिडियोको हेर्नको लागि

Advertisements

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: