लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेको लोकदोहोरी गित हासेकै सुहाउछ मंगलबारदेखि बजार आएको छ।
उत्पादक तथा बितरक चन्दन म्युजिक प्रा.लि रहेको उक्त गीतमा केशब घिमिरे कै शब्द, लय, स्वर रहेको छ भने पुर्ण कला बिसिले स्वरमा साथ दिएकी छन्। दुर्गा पौडेलको छायां

कन, शिव परियारको निर्देशन, नवीन घर्ती मगरको सम्पादन, एडभेन्चर इन्टरटेनमेन्ट को दृश्य निर्माण रहेको गीतमा दिपक पोखरेल र मुना थापाको नृत्य रहेको छ।
हासेकै सुहाउछ गीत घिमिरेको अफिसियल युट्युब https://www.youtube.com/watch?v=3PfiO1T4K60 चन्दन म्युजिक बाट फूल एचडीमा समेत हेर्न सकिन्छ।
लोकदोहोरीमा अब्बल नाम कमाएका घिमिरेले विगतमा किन्दिउला म चुरा, म पनि के छु र कमि, चट सारी मिलाएर लाउन सिकाइदिउला, नारी त लक्ष्मी हुन्, आमा ले पकाको खाउला मिठो दर, एक नम्बर, पुराना भाका नै हराछ्न, बचन न लाउ है, चम्किलो जुन छैन् लगायत लोक दोहोरी गीत जेल मा थुनेनि, रुन्छु बार्है महिना, देख्न मन लाइरन्छ, धर्ती फाटला, आधीखोला तरेर, मागी बिबाह संगै १ सय ५० भन्दा बढी गीतहरु बजारमा आइसकेका छन्।
पर्बत कार्कीनेटामा जन्मिएका गायक तथा युवा व्यवसायी घिमिरे बिगत १६÷१७ बर्ष देखि पोखरा मै कर्मथलो बनाइ साङ्गीतिक क्षेत्र मा निरन्तर लागिरहेका छन। https://www.youtube.com/watch?v=3PfiO1T4K60

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments