मेमोग्राफी मेसिन अझै चलाइएन, मेसिनको वारेन्टी अवधि सकियो

सराङकोट न्यूज
1 May, 2019 10:23 am

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई वर्ष अगाडि खरिद गरिएको मेमोग्राफी मेसिन प्रयोग नहुँदै म्याद सकिएको छ । २०७४ असारमा खरिद गरिएको उक्त मेसिन प्रतिष्ठानको एउटा कोठामा थन्किएको छ ।
महिलाहरुको स्तनमा क्याम्सर भए नभएको पत्ता लगाउने उक्त मेसिन ५१ लाखमा खरिद गरिएको थियो । टेण्डर वाट मेसिन उपकरण खरिद गरिएपनि त्यसको उपयोगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चासो नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मेमोग्राफी मेसिन आपूर्तिकर्ताले दिएको वारेन्टी अवधि ०७६ जेष्ठमा समाप्त हुदैछ । प्रयोग नै नगरी म्याद सकाउने अनि मर्मत र नयाँ खरिदमा रमाउने पोखरा स्वास्थ्य प्रतिष्ठानको सैली यो नयाँ भने होइन । यस अघि पनि ठूला इक्वीपमेन्टहरु किन्ने तर प्रयोग नगर्ने गरिदै आइएको छ । मेमोग्राफी मेसिनको प्रयोग विहिन यो पछिल्लो नमूना मात्र हो ।
जनताको कर शुल्क वाट चल्ने अस्पताल ले गरेको यो मनोमानी कार्यशैली रोकिने अझै छाटाकाँट छैन । यसले राज्य कोषको दुरुपयोग त गरेको छ नै नागरिकले सुपथ मुल्यमा पाउने स्वास्थ्य सेवावाट वञ्चित पारिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाहमा हुने ढिलासुस्ती र सरकारी सम्पत्तिको समयमै हुने उपयोगिता वारे पहिला नै सराङकोटले खवरदारी गरेको थियो । प्रतिषठनका निर्देशक डा. अर्जुन आचार्यले मेमोग्राफी खरिद गर्दा प्रिन्टर खरिद नहुँदा संचालनमा वाधा परेको वनाएका थिए । ५१ लाखको मेसिन खरिद गर्दा प्रिन्टर खरिद नगर्ने गैह्र जिम्मेवार कार्यसैली कहिले सुधार आउने ? कर्मचारीका लापरवाही र उदासिनताका कारण हुने क्षतिको पूर्ति कसले गर्ने ?
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्को मेसिन विग्रिएको कारण दैनिक दर्जनौ विरामी प्राइभेट अस्पताल जान वाध्य छन्। सिटी स्क्यान थला परेको वर्ष नाघिसक्यो तर अस्पताल प्रशासन, पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानका पदाधिकारीहरु माखा धपाएर दिन कटाउँदै आएका छन् । प्रधानमन्त्री कुलपती हुने प्रतिष्ठानको यता यस्तो हालत छ भने उता प्रधानमन्त्री के.पी. ओली निष्ठा र जनसेवाको चर्का गफ र भाषणमा रमाइरहेका छन् । कहिले सम्म चल्छ यो वेथिति र ढिला सुस्ती?

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: