नेपालको शैक्षिक इतिहासमा लामो विरासत धानेको गण्डकी वोर्डिङ स्कुलमा नयाँ प्राचार्य नियुक्तिको चलखेल सुरु गरिएको छ । हाल राजिनामा दिएर सेवा निवृत्त भएका प्राचार्य रवि वरालले नियुक्ति चलखेलको नेतृत्व लिएका छन् । रवि सेवावाट निवृत्त भइसकेका व्यक्ति हुन्। उनको राजिनामा संचालक समितिले स्वीकृत गरिसकेको छ। राजिनामा स्वीकृत भइसकेका सेवा निवृत्त प्राचार्य रवि वरालले नयाँ प्राचार्य नियुक्ती गर्ने प्राचार्य छनोट उपसमितिको सदस्य सचिव रहेर आफू अनुकुलका व्यक्तिलाई प्राचार्य वनाउन मरिमेटेर लागेका छन् त्यसका लागि उनले कार्यविधि समेत संसोधन गरेको पाइएको छ।
उमेर हदका कारण २ वर्ष अगाडि नै अनिवार्य अवकास भएका व्यक्ति रवि वराललाई कर्मचारी विनियमावलीको एउटा वुँदामा टेकेर म्याद थप गरेर सञ्चालक समितिले ठूलै गुण लगाएको थियो । पछिल्लो पटक राजीनामा स्वीकृत भइसकेका उनले वरिष्ठलाई निमित्त दिएर मार्ग प्रशस्त गर्नु पर्नेमा प्राचार्य नियुक्ती नगरी नछोड्ने हठ लिएर दिर्घकालिन रुपमा प्रभाव पार्ने खालका नितिगत तथा प्रशासनिक कार्य गर्दै आएका उनको कार्यशैलीका वारेमा वडा शिक्षा समिति १६ र १९ नं. वडाले तालुक कार्यालय शिक्षा विकास निर्देशनालय पोखरा र प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी समेत हालेको वताएका छन् ।
गण्डकी वोर्डिङ स्कुल सिस्टमले चलेको सार्वजनिक गुठि अन्तर्गतको विद्यालय हो । उसको आफ्नै विधान र प्रकृया छ तर विधि विपरित हुने गरी कार्यविधि सच्चाएर प्राचार्य नियुक्ती गर्न खोजिएको छ । विशेष अवस्थामा मात्र करार सेवावाट प्राचार्य नियुक्त गर्न सकिने नियमावलीले व्यवस्था गरे पनि त्यसको पुस्टँयाई समेत नगरी आफ्नै स्थायी र योग्य कर्मचारी हुँदा हुँदै करारमा प्राचार्य छनोटको विज्ञापन गरिएको विषय विवादमा परेको छ ।
वहालरत कर्मचारीलाई पन्छाउन मिल्ने गरी उम्मेद्वारको योग्यता संसोधन गरिएवाट पनि सेटिङ मिलाएर नयाँ प्राचार्य नियुक्त गर्न खोजिएको अड्कल काटिएको छ । उम्मेदवारका लागि दरखास्त हालेको व्यक्तिहरु मध्य ६ जनाको नाम तयार पारिए पनि नियमानुसार सूचि प्रकाशन समेत नगरी अपारदर्शी ढंगवाट काम भइरहेको भन्दै आवेदकहरुवाटै असन्तुष्टि व्यक्त गरिएको छ ।
कहि नभएको जात्रा हाडी गाउँमा भने झै उम्मेदवारको वाञ्च्छनिय योग्यतामा उल्झन थप्ने कार्य भएको वुझिन आएको छ । उमेरको वारेमा ४० वर्ष पुगेको ५५ वर्ष ननाघेको भन्नुले ५६ वर्ष पुगेका भाइस प्रिन्सिपल यज्ञराज शर्मा जसलाई निवृत्त प्राचार्य वरालले पटक्कै रुचाउँदैनन् उनलाई पाखा लगाउन ५५ वर्षको सिमा निर्धारण गरिएको आशंका गरिएको छ । अर्को तर्फ भाषिक सिप उल्लेख छ जसको मापन गर्ने आधार र यन्त्र नै छैन लाई समेत राखिएको छ ।
अझ अर्को योग्यता प्रमाण पत्र माग गरिएको छ । मान्यतप्राप्त तालिम निकायवाट मा.वि. तहको प्रधानाध्यापकको लागि लक्षित गरी संचालित कम्तीमा एक महिनाको नेतृत्व क्षमता विकास तालिम सम्पन्न गरेको प्रमाण पत्र समावेश गर्नु पर्ने उल्लेख छ । जुन योग्यता नेपालमा अत्यन्त न्यून छ यसवाट अनुमान लगाउन सकिन्छ यो विविध योग्यता भएको व्यक्तिलाई लक्षित गरि प्राचार्यको लागि ककरार विज्ञापन गरिएको छ । यसमा रवि प्रसाद वराल योजनाका साथ सकृय छन् ।
राजिनामा स्वीकृत भइसकेका व्यक्ति संचालक समिति र प्राचार्य छनोट उपसमिति दुवैमा रहने कानुनी हैसियत रहदैन । पदमुक्त भई सकेका व्यक्तिवाट गरिने दुरगामी निर्णण गर्नु कदापी ठीक नहुने सर्वत्र चर्चा भइरहँदा पनि राज्यका निकायको आखा र कान दुवै वन्द छन् ।
संचालक समितिका अध्यक्ष वावुराम ढुंगाना यस वारेमा आफूलाई कुनै जानकारी नभएको वताउँछन् भर्खर निर्देशनालयमा आएका निर्देशक ढुंगानालाई गुमराहमा पारेर पिएनका क्याम्पस सिवी थापा तनहुँ तालिम केन्द्रका शिव कुमार सापकोटालाई चयन गरेर आफू सदस्य सचिव वनेका छन् ।
अनिवार्य अवकास पछाडि करारमा नियुक्त भएका व्यक्ति रवि प्रसाद वरालले समितिले तोकेभन्दा वढी सुविधा लिएको आरोपका ावरेमा पनि छानविन हुनुपर्ने प्रश्न उठाइएको छ ।
देशकै प्रतिष्ठित शैक्षिक संस्था गण्डकी वोर्डिङको पछिल्लो गतिविधिले वोर्डिङले कस्तो गति लिने हो भन्नेमा चिन्ता व्यक्त गर्न थालिएको छ । आफूले रुचाएको व्यक्तिलाई भित्र्याउने र नरुचाएको व्यक्तिलाई गलहत्याउने नियतले काम थाल्ने हो भने विरासत माथि नै धम्वा लाग्न सक्छ त्यस तर्फ सरोकार वाला राज्यको निकायको ध्यान जानु जरुरी छ ।
Advertisements
Advertisements
Advertisements
Advertisements
Advertisements