गोरखा फिटनेशलाई गौरवशाली सेन्टर बनाएरै छोड्छौं –मास्टर राजेश कुमार राई (सञ्चालक)

सराङकोट न्यूज
20 April, 2019 2:18 pm
पूर्वि नेपालको झापा जिल्ला दमक नगरपालिका वार्ड नं. १० मा जन्मिएका ४५ वर्षिय मास्टर राजेश कुमार राईको अढाइ दशक समय वेलायतमा गुज्रियो । व्रिटिश आर्मीमा भर्ति लागेका राईले २२ वर्ष व्रिटिश आर्मीमा र दुई वर्ष सरकारी रिजर्भ फोर्समा सेवा गरेका मास्टर राजेश राईले विगत तीन वर्ष देखि पोखरालाई कर्मथलो वनाएका छन् । बुबा मुगाधन राई र आमा कृष्ण कुमारी राईका ६ छोरा र ५ छोरी गरी ११ सन्तान मध्य नवौं सन्तानको रुपमा जन्मिएका राईले एस.एल.सी. सम्मको शिक्षा रा.मा.वि. उर्लावारी बाट गरेका थिए । १६ वर्षमै भर्ति लागेका कारण राजेशको उच्च शिक्षा अध्ययनमा अवरोध पुगेको वताए । ईष्ट इण्डिया कम्पनी (व्रिटिश आर्मी) मा सेवा गरी २००७ सालमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका प्रजातन्त्र सेनानी मुगाधन राईका ६ छोरा मध्य ५ जना व्रिटिश आर्मीमा भर्ति भएका छन् । मास्टर राजेश कुमार राई पनि ठट्टै ठट्टामा भर्ती देखाउन जाँदा साच्चि नै भर्ति भएको वताउँछन् ।

साँढे दुई दशक लामो अवधि व्रिटिश सेवामा खटिएर देश काल, परिस्थिति र विश्व परिवेश वुझ्ने मौका पाएका मास्टर राजेश राई अवको वाँकी जिवन स्वदेशमै विताउने सोच लिएर पोखरामा गोरखा फिटनेश एण्ड एजुकेशन सेन्टरको संचालनमा जुटेका छन् । स्वदेशको माया र प्रि आर्मी ट्रेनिङ सेन्टरका स्तरिकरणका लागि समप्रित रहने दावी गर्दै आएका मास्टर राई र अरु ३ जना सेवा निवृत्त व्रिटिश आर्मीद्धारा सञ्चालित गोरखा फिटनेश एण्ड एजुकेशन सेन्टर प्रा.लि.ले स्थापनाकै छोटो समयमा मुलुककै सर्वोत्कृष्ट प्रि आर्मी ट्रेनिङ सेन्टरको स्थान सुरक्षित वनाएको छ । स्थापनाको तीन वर्षमा कसरी उच्च लोकप्रिय वन्न पुग्यो, अवको योजना के छ ? यस वारेमा गोरखा फिटनेश एण्ड एजुकेशन सेन्टर प्रा.लि. पोखराका सञ्चालक मास्टर राजेश कुमार राईसँग गरिएको भेटवार्ताको सार संक्षेप ः

सर्वप्रथम ३ वर्षमा तपाईको ट्रेनिङ उपलव्धी के–के हुन्?

हामी व्रिटिश आर्मी, सिंगापुर पुलिस लगायतका ख्यातिप्राप्त मुलुकमा हुने सैनिक भर्तिका लागि जान ईच्छुक युवाहरुलाई तालिम दिन्छौं । प्रि आर्मी तालिम दिँदा पूर्णतया व्यवसायिकता अपनाउँछौं । संख्यामा होइन गुणस्तरमा विश्वास राख्छौं । त्यसैले हामी सफल भएका छौं । जुन कुरा तथ्यांकले पुष्टि गरेको छ । हाम्रो कम्पनीले स्थापनाकै पहिलो वर्षमै २५ जनालाई व्रिटिश आमी र सिंगापुर पुलिसमा भर्ति गराउन सफल भयौं। दोस्रो वर्षमा ४२ जना भर्ति गराउन सफल भयौं भने यो वर्ष सन् १७÷१८ को इन्टेकमा ७२ जना गरी सुरुवाति ३ वर्षमा १३९ जना भर्ति गराउन सफल भएका छौं । नेपालको इतिहासमै हाम्रो यो उच्चतम उपलव्धी हो।

तेस्रो वर्षमा ७२ जनालाई भर्ति लगाउन सफल हुनु भएछ नि के छ त्यसको सूत्र ?

पहिलो कुरा त हामी संचालकहरु चारैजना यो क्षेत्रको व्यवसायिक दक्षता र अनुभव प्राप्त ट्रेनर हौ । व्रिटिश आर्मी, ईण्डियन आर्मी र सिंगापुर पुलिस वन्न कस्तो योग्यता मेन्टेन गर्नु पर्छ भन्ने वारेमा हामीलाई राम्रो हेक्का छ । हामीले प्रशिक्षार्थीको संख्या वढाएर पैसा कमाउने विषयलाई भन्दा गुणात्मक उम्मेद्वार छनौट गरेर मात्र तालिममा छनौट गरायौं। अनुशासन लगनसिलता र कठोर परिक्षा को दायरामा तालिम गराएर एउटा काँचो किशोरलाई उनिहरुको चाहना वमोजिमको भर्तिको लागि योग्य युवा वनायौं । यसमा सूत्र र जादु केही हुदैन यो समय सापेक्ष प्रशिक्षण कला हो, मेहनत हो ।

कस्तो छ प्रशिक्षण कक्षको वातावरण ?

पोखराको सेती वाघ मार्गमा रहेको हाम्रो ट्रनिङ स्थल सवै मापदण्डले पुरा छ । पर्याप्त जमिन, खेल मैदान, आवासिय सुविधा मात्र हैन उनिहरुका हरेक गतिविधिहरु वृटिस आर्मी, इण्डियन पुलिस तथा सिंगापुर पुलिसका लागि तोकिएका मापदण्ड भित्र का विषय वस्तुहरु, तत्सम्वन्धि कोर्षहरु अपरिहार्य छन् । अन्तर्राष्ट्रिय मापदण्ड परिपालना गरिएका छन् । तालिम अवधि कम्तिमा ६ महिनाको हुने गर्छ । त्यसमा एजुकेशन कोर्ष १ महिना को हुने गर्छ । त्यसमा एजुकेशन कोर्ष १ महिनाको अलग्गै हुन्छ । जसमा छ महिनाको फूल प्याकेज आवासिय रुपमा प्रदान गर्दै आएका छौं । तालिम कोर्षमा कुनै कम्परमाइज छैन यहि हो हाम्रो मुख्य कार्यशैली ।

भर्ति लगाइदिन घुस लेनदेन हुन्छ भन्ने चर्चा सुनिन्छ, पैसाको आडमा भर्ती हुनसक्छ ?

यो सवै हल्ला मात्रै हो । वृटिस र सिंगापुर भर्ति हुन करोडौं रुपैया दिए पनि सम्भव छैन । यो हल्ला मात्र हो। कतिपय ट्रेनिङ स्कुलहरुले त्यसरी रकम लिएका भन्ने सुन्नमा आएको कुरा हो। ट्रेनिङ स्कुलहरुलाई वद्नाम गराउन कुनै दलालहरुले त्यस्तो धन्दा चलाउन सक्छन् त्यसमा अभिभावक सचेत हुनुपर्छ। भर्ति लाग्न अनुसाशन योग्यता, दक्षता र फिटनेश अनिवार्य सर्त हो । मापदण्ड अनुसारको परीक्षा पास गर्नै पर्छ। १० औं हजारबाट ४०० जना छान्नु चानचुने कुरो होइन। हामीले सम्पूर्ण विद्यार्थी र अभिभावकहरु लाई सचेत गराउदै आएका छौ । त्यस्तो गतिविधि भएमा कानुन वमोजिम कारवाही गराउने हाम्रो खवरदारी जारी राखेका छौं  ।

पैसा लेनदेन गरेर भर्ति लगाईदिन्छु भन्ने हल्ला के हो त ?

सबै ठाउँमा सबै मान्छे राम्रो हुन्नन् । हातकै औला त बराबर हुँदैनन् । हो नेपालका लाहुरे टे«निङ सेन्टरमा पनि केही व्यवसायी र प्रशिक्षण केन्द्रले दलाली गर्छन् । प्रशिक्षार्थी स्वस्फूर्त रुपमा भर्ति हुन्छ अनि हामीले भर्ति गराएको हो भन्दै मोटो रकम लिएको सुनिएको छ । यस्ता विचौलियाले यो क्षेत्रलाई नै बदनाम गर्न खोजेका छ । क्षमतावान युवाको अवमूल्यन भएको छ, इमान्दार व्यवसायीको बद्नाम गर्ने प्रयास भएको मात्र हैन गोर्खा भर्ती केन्द्रलाई समेत अपमान गर्ने प्रयास भइरहेको प्रति हामी चिन्तित छौं ।
अत ः यस्ता जाली फटाहा र दलाल गिरोहलाई पहिचान गर्न सरोकारवाला सम्पूर्ण निकायको सकृयता आवश्यक रहेको छ । म एक व्यवसायी र ब्रिटिस गोरखाप्रति आस्थावान व्यक्तिको हैसियतले सबै व्यवसायी, सञ्चारकर्मी, प्रहरी प्रशासन नागरिक समाजलाई ठग र दलाल गिरोहको पहिचान गर्न अनुरोध गर्छु । नेपाल र नेपालीको इज्जत र गौरव राख्न पनि यस्ता ठग दलालहरुलाई न्यायिक कठघरामा उभ्याउनु पर्छ।

तपाईहरुले गरिरहनु भएको तालिम केन्द्रको भविष्य कति सुरक्षित छ ?

समग्रमा भन्नुपर्दा नेपालको कुनै पनि व्यवसाय सुरक्षित छैन । यहाँको फोहोरी राजनीति, भ्रष्ट कर्मचारी, अस्वस्थ्य प्रतिस्पर्धाका कारण कुनै पेशा व्यवसाय सुरक्षित हुन सकेको छैन । हामी एउटै कुवाका जनता हौं भने कसरी सुरक्षित छौ र ? तर पनि इमान्दारिता पूर्वक आफ्नो धर्म निर्वाह गर्नु हाम्रो टिमको लक्ष हो हामी लक्षमा पुग्न दृढ छौ त्यसैले हामी लक्षमा पुग्न सफल छौ हुने छौं ।

तपाईहरुको व्यवसायमा राज्य पक्षवाट कस्तो सहयोग पाउनु भएको छ ?

गरिखाने वातावरण निर्माण हुदैछ । अहिले जता ततै ढिला सुस्ती अनियमितता छ । वातावरण अत्यन्तै प्रतिकूल रहेछ तर घञ्चो मञ्चो सहेर भएपनि आफ्नै मुलुक भित्र केही गरौं भन्ने सोच लाई जोगाइरहेको छु । हेरौ कति सम्म सहन सकिन्छ तव सम्म गरि खाने प्रयास गरिन्छ ।

२२ वर्ष लामो वृटिस लाहुरेको अनुभव वताइदिनुस् न?

खास गरि युरोपमा विधिको साशन चल्छ । दुई सय वर्ष अगाडि मानव सभ्यताको सुरुवात भएको हो तर उनिहरु यति धेरै फिट र सहयोगी छन् । कानूनको साशन गर्ने साशक र कानुन मान्ने जनताको तालमेल राम्रो छ । स्मार्ट साशन छ । लोकतन्त्रको वास्तविक अर्थमा परिपालना छ त्यहि भएर मुलुक धनी छ तर विडम्वना हाम्रो मुलुक गरिव छ व्यक्ति धनि छ किनकी यहाँ विधिका साशन चल्दैन । हाम्रा देशका नेताहरुले देश विदेश गए डुले, सरकारी ढुकुटी रित्याए तर विदेशका सकारात्मक कुरा ल्याउन सकेनन् ।

गोरखा भर्ती वन्द गर्नु पर्ने भन्दै विभिन्न दल र तिनका संगठनहरुले माग राख्दै आएका छन् नि ?

्य त्यो अराष्ट्रिय तत्व हो जसले गोरखा भर्ती वन्द गर्नु पर्ने माग गरिरहेको छ । उनिहरु ले सक्छन् भने अरवका खाडीमा १०–२० हजारमा वेचिने श्रमिक आपूर्ति रोक्न सक्नु पर्छ। नव जवानलाई खाडीमा पठाउने अनि नेपालमा करोडौं भित्र्याउने गोर्खा भर्ति वन्द गर्ने कुरामा कुनै तुक छैन जवकि नेपाल सरकार स्वयम् आफ्ना सेना प्रहरीलाई शान्ती मिसनका नाममा अफ्रिका लगायतमा पठाइरहेको छ । यो भाषा केवल ठगि खानेहरुको कुतर्क मात्र हो । देशमै अवसर भए विदेशिन कसलाई रहर हुन्छ र ? तसर्थ यस्ता संवेदनशील विषयमा वेतुकका कुरा गर्ने पार्टी, संगठन वा व्यक्तिहरुलाई आफ्नो मुलुकको भूराजनीतिक अवस्था र धरातलीय यथार्थ वुझिदिन हामी आग्रह गर्दछौं ।

होनाहार युवालाई विदेशी फौजमा लैजान ठिक हो र ?

विल्कुलै ठिक हैन । हाम्रो जन्मभूमि आफ्नो परिवार, आफ्नो संस्कार नै छोडेर सात समुन्द्र परै जाने रहन कसैलाई हुदैन यो वाध्यताको पराकाष्ठा हो । दुई थोपा पसिना आफ्नै माटोमा चुहाउने, दुई पाइला आफ्नै माटोमा हिड्न चाहना हुँदा हुँदै नेपाली युवाहरु विदेशिन वाध्य भएका हुन् । त्यसो त नेपाल सरिकारले पनि शान्ति मिसनका नाममा अफ्रिका लगायतका मुलुकमा नेपाली सेना प्रहरीलाई किन पठाएको त ? गाँस, वाँस कपास, शिक्षा स्वास्थ्य र सुरक्षाको परिपुरणका लागि विदेशिनु वाध्यता थियो, वाध्यता छ अझै भइरहने अवस्था छ ।

तपाई आम पाठकहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

हामी आफ्नो पेशामा प्रतिबद्ध छौं । व्यवसायिक मर्यादा र अनुशासन हाम्रो मूल नीति हो । समग्रमा भन्नुपर्दा लाहुरे टे«निङ व्यवसायलाई मर्यादित बनाउने मुख्य प्रयास हुनेछ । अभिभावकहरुले पनि यस विषयमा गम्भिर भएर सोच्नु पर्दछ । आफ्नो छोराहरु योग्य छ भने ठग दलाललाई घुस खुवाउनै पर्दैन । योग्य छैन भने करोडौं घुस दिए पनि भर्ति लाग्न सक्दैन त्यसैले ठग र दलालको फन्दामा नपर्न हामी अभिभावकलाई आग्रह गर्दछौं । साथै कोही कसैलाई ठगहरुले सम्पर्क गर्न खोज्यो वा डिमाण्ड ग¥यो भने प्रहरी प्रशासन समक्ष उजुरी हालेर राष्ट्रको सचेत नागरिक बन्न अनुरोध गर्दछौं । सचेत नागरिक को नाम प्रशासनले गोप्य राख्छ भने उचित सल्लाह दिने नागरिकलाई सम्मान पनि गरिराखेको छ ।

अन्त्यमा केहि भन्नु हुन्छ कि ?

करिव ३ दशक लामो जीवनको भोगाई, बुझाई र गराईलाई एकैचोटी समावेश गर्न सम्भव पनि नहोला । अझै धेरै गर्नु छ अघि वढ्नु छ । हामी वोली आश्वासनमा भन्दा काममा विश्वास गछौं । त्यसैले हामी युवालाई भन्न चाहान्छौ सके स्वदेशमै स्वरोजगार गर्नुहा्ेस् उपाय लागेन भने मात्र हाम्रो ट्रेनिङ सेन्टरमा आउनुहोस् तपाईको लगनसिलतामा हामी सहजिकरण गछौं । मेरो सन्देश आम जनता सम्म पु¥याईदिने लोकप्रिय पत्रिका सराङकोटट साप्ताहिक प्रति आभार व्यक्त गर्न चाहान्छु ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: