
लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीको अध्यक्षमा राजु देवकोटा सर्वसम्मत चयन भएका छन् । बिहिवार होटल रोमान्टिका पोखरामा सम्पन्न क्लबको निर्वाचनबाट लायन वर्ष २०१९ र २० का लागि देवकोटाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । देवकोटा अधिल्लो वर्ष फस्ट भिपीमा रहेका थिए। देवकोटा सामाजिक कार्यमा उल्लेख्य योगदान रहेको पाइन्छ। देवकोटाले माउण्टेनसिटी विगत ३ वर्ष अगाडि जन्मिएर पनि नेपालमै उत्कृष्ट नाम कमाउन सफल क्लब भएको हुँदा आफ्नो कार्यकालमा सामाजिक कार्यमा छक्का हान्ने बताए। सम्पूर्ण निर्वाचित साथिहरुलाई सामाजिक कार्यक्रमा लाग्न पनि आग्रह गरेका थिए।
क्लबको प्रथम उपाध्यक्षमा रविन के.सी., द्वितीय महदत्त भुसाल, तृतीय उपाध्यक्षमा शक्ति बराल चयन भएका छन् । सचिवमा गणेश भारती, सहसचिवमा मञ्जु गौतम तिमिल्सिना, कोषाध्यक्षमा कृष्ण प्रसाद कोइराला, सह कोषाध्यक्षमा भुविन्द्र गिरी र क्लब एडमिस्ट्रेसन राजुकुमार पौडेल चयन भएका छन्।
त्यसैगरी क्लवको मेम्वरसिप चेयर पर्सनमा शिवप्रसाद रिमाल, एलसिआइएफमा नरेश सुवेदी, क्लव सर्भिस चेयर पर्सनमा प्रमेश्वर दवाडी ,क्लव मार्के्टिङ कम्युनिकेशनमा कृष्णप्रसाद भट्टराई, रिपोर्टिङ अफिसरमा नेपाल प्रकाश अधिकारी, पिआरओ मा ज्योति गुरुङ, टेमरमा सूर्य प्रसाद पोखरेल, टेलटुईस्टरमा नविन केसी, निर्देशकमा पदम श्रेष्ठ, श्याम कुमार प्रधान, अशोक थापा, यज्ञ प्रसाद रेग्मी, दिपेन्द्र प्रसाद तिवारी, सुजन बास्तोला, कुलप्रसाद अधिकारी, ऋषिराम बराल, शिव शर्मा, सुदिप गौतम, हेमराज भण्डारी, प्रकाश कुमार आचार्य, विष्णुप्रसाद अधिकारी, रमेश बराल र भिमबहादुर थापा पराजुली निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।
संस्थापक अध्यक्ष तथा रिजन चियरपर्सन पिएमजेएफ डोलराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पोखरेलले आफूले सामाजिक सेवाको लागि विभिन्न क्षेत्रमा छरिएर रहेका साथीहरुलाई एकबद्ध गरी क्लबलाई अग्र स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण सदस्यलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा कृष्णप्रसाद पराजुली, रविन केसी, महदत्त भुसाल, टुकाराम लामिछानेलगायतले बोलेका थिए। क्लबका अध्यक्ष पिएमजेफ हर्क बहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्