कार्कीनेटा सम्पर्क समाज पोखराको अध्यक्षमा आर सी शर्मा

पदम श्रेष्ठ
6 April, 2019 4:11 pm
Advertisements
Advertisements

कार्कीनेटा सम्पर्क समाज पोखराको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा शनिबार साइमन पार्टी प्यालेसमा सम्पन्न भएको छ।
उक्त अधिवेशनबाट अध्यक्षमा रामचन्द्र शर्मा (आरसी), वरिष्ठ उपाध्यक्ष सीता शर्मा, उपाध्यक्षमा केशव घिमिरे, सचिवमा हरिप्रसाद शर्मा, सहसचिवमा सरोज पौडेल, कोषाध्यक्षमा विनोद पौडेल, सदस्यहरुमा दुर्गादेवि बराल शर्मा, दीपक शर्मा, मिलन पौडेल, विमला पौडेल, धनप्रसाद शर्मा, भरत शर्मा र जुनादेवी शर्मा सर्वसम्मत चयन भएका छन्।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा कार्कीनेटा सम्पर्क समाजका सल्लाहकार ईन्द्रप्रसाद शर्मा मार्फत नेपालको राष्ट्र गीत गाएर सुरु भएको थियो।
कार्यक्रममा बोल्दै शर्माले “ कार्कीनेटाबाट अस्थाई वा स्थाई रुपमा पोखरा बसोबास गर्दै आएका व्यक्तीहरुको सुख र दुःखमा साथ दिने उचित कार्यलाई हौसला प्रदान गर्ने र नराम्रा कार्यलाई खबरदारी गर्ने साझा संस्था रहेको बताएका थिए। यो समाज नितान्त समाज र सामाजिक दायित्व बोकेर अगाडि बढ्ने जानकारी समेत दिएका थिए। कुनै पनि सल्लाह तथा सहयोगको लागी आफू अग्रसर समेत रहेको बताए।
त्यसै गरी संस्थाका संस्थापक अध्यक्ष प्रेम प्रसाद शर्माले यो संस्था मात्र एउटा राजनैतिक नभई सामाजिक भावना र भाइचारा सद्भावको लागि बनाइएको संगठन भएको हुँदा आफ्नो व्यक्तीगत स्वार्थलाई त्यागी सामाजिक कार्यक्रममा जुट्न नव मनोनित सदस्यहरुलाई आग्रह गरेका थिए।
संस्थाका निवर्तमान अध्यक्ष प्रदिप पौडेलले आफू परिस्थितिले अध्यक्ष बन्नुपरेको हुँदा आफूले सोचे जस्तो कार्य गर्न नसकेकोमा दुःख समेत व्यक्त गरेका थिए।
निर्वाचित अध्यक्ष रामचन्द्र शर्माले कार्कीनेटा पोखरा सम्पर्क समाजका सदस्यहरुलाई आफूलाई विश्वास गरि मनोनित गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यसमितिलाई आफूले एकताबद्ध बनाएर समाजको प्रगतिको लागि सदैब अग्र्रसर रही काम गर्ने बताएका थिए।
कार्कीनेटा सम्पर्क समाज पोखरामा १ सय ४० जना आजिवन सदस्य रहेका छन् भने ४७ जना साधारण सदस्य रहेका छन्।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: