सेतो कोट लगाएर एम.वि.वि.एस कलेज पढि रहेका गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु कालो व्यानर वोकेर आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले प्ले कार्ड र कालो व्यानर सहित ¥याली निकालेका हुन् । विद्यार्थीहरुले ४ सूत्रीय माग राखेका छन् । उनिहरुले अतिरिक्त सुल्क तुरुन्त फिर्ता गर्न माग गरेका छन् । सरकारको निर्णय कार्यान्वयन गर्न, विद्यार्थीले तिरेको सम्पूर्ण रकमको विल उपलब्ध गर्न, अनावश्यक हस्तक्षेप रोक्न माग गरेका छन् ।
करिव ६ सय विद्यार्थीहरु ¥यालीमा सहभागी छन् । सहभागी विद्यार्थीहरुले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, जिल्ल प्रशासन कार्यालय कास्कीमा वोधार्थ दिएका छन् । कलेजले ४२ लाख भित्र एम. वि.वि. एस. कक्षा पुरा गर्नु पर्नेमा विभिन्न वहानामा १० लाख देखि १५ लाख सम्म वढी रकम विल नकाटी लिइएको विद्यार्थीहरुले आरोप लगाएका छन् । गण्डकी मेडिकल कलेजले अनियमित ढङ्गबाट विद्यार्थीसंग रकम उठाउदै आएको भन्दै हरेक वर्ष विद्यार्थी र अभिभावकले आरोप लगाउदै आएका छन् ।
आफु पढ्ने कलेज विरुद्ध विद्यार्थीहरु आन्दोलित भइरहँदा पनि कलेजले मागको सुनुवाई नगरेको वताइन्छ । यसवारेमा गण्डकी मेडिकल कलेजका नि. कार्यकारी अधिकृत रविन्द्र प्रसाद श्रेष्ठको धारणा वुझ्न खोज्दा सम्पर्क हुन सकेन । उनको मोवाइल उठेन । विद्याथीहरुले कलेज प्रसाशनमा तालवन्दी गरेका छन् ।

०६१४४५०००, ९८५६०३३३९१
गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्