दलका नेता नै सरकारी विद्यालयका स्थायी शिक्षक

सराङकोट न्यूज
19 February, 2019 5:39 am
Advertisements

कानून मिच्नेलाई के हुन्छ कारवाही ?

पशुपति शर्माले गाएको लुट कान्छा लुट वोलको गितमा व्यक्त गरिएका अधिकांस वाक्यांसले नेपालमा व्याप्त वेथितिलाई चित्रण गरेको छ । खासगरी राज्यस्रोत माथि लुट मच्चाउने हरुलाई गितले लक्षित व्यंग गरेको छ । सरकारी विद्यालय सरकारी अस्पताल र सरकारी कार्यालयमा जागिर खानेहरु को नियत र प्रवृत्तिलाई गितको माध्यमवाट उदांगो पार्न खोजिएको छ जुन कुरा यथार्थताको धरातलमा उभिएको छ ।
सरकारी विद्यालयमा जागिर खाने शिक्षक कर्मचारीहरु प्रत्यक्ष रुपमै राजनीतिमा उत्रिएर कानूनी राजको दोहन गरेको पाइएको छ । सरकारी विद्यालयमा शिक्षक पदमा जागिर खाएर राज्यकोषवाट तलव खाने अनि काम राजनीतिक दलको गर्नेहरुवाट मुलुकले कस्तो सुशासनको अपेक्षा गर्ने भन्ने प्रश्न उव्जिएको छ ।
पछिल्लो पटक यस्तै केहि शिक्षक कर्मचारीहरु सकृय राजनीतिक नेतृत्वमा रहेको तथ्य सराङकोटलाई प्राप्त भएको छ । पोखरा महानगरपालिका वार्ड नं. १४ स्थित संचालनमा रहेको शुक्रराज वलभद्र मा.वि. छिनेडाँडामा कार्यरत शिक्षक कृष्ण वहादुर कुँवर (वटुकृष्ण) नेकपा वार्ड नं. १४ को राजनीतिक संयन्त्रको सदस्य रहेको पाइएको छ । साविक वार्ड नं. १४ र १८ नम्वर वार्ड एकिकृत भई १४ नम्वर वार्ड कायम भएपछि र नेकपा एमाले र माओवादी केन्द्र एकता पछि वनेको गठवन्धन ने.क.पा.को राजनीतिक संयन्त्रमा शुक्रराज वलभद्र मा.वि. मा सहायक प्रधानाध्यापक समेत रहेको स्थायी शिक्षक कृष्ण वहादुर कुवंर सदस्य रहेका छन् ।
यस्तै सोही विद्यालयमा कार्यरत लेखापाल माओ थापा पनि सोही राजनीतिक संयन्त्रमा सदस्य रहेको पुष्टि भएको छ । पोखरा महानगरपाकिला वार्ड नं. १४ मा खड्क वहादुर विश्वकर्मा र विजय सुवेदीको संयुक्त कमाण्डमा पार्टीको संयन्त्र गठन गरिएको छ। नेकपाको महानगर कमिटिले केहि समय अगाडि दलको वडा संयन्त्रका सदस्यहरु तोकेको थियो। साविक एमाले वार्ड नं. १४ का अध्यक्ष विजय सुवेदी र वार्ड नं. १८ का माकेका वडा अध्यक्ष खड्क वहादुर विश्वकर्मा दुई जनालाई इञ्चार्ज तोकिएको छ उनिहरु आलोपालो वैठकको नेतृत्व गर्छन् र समयन्त्रले टुंगो लगाउन नसकेका विषयहरुमा समन्वयकारी भूमिका निर्वाह गर्छन् ।
पछिल्लो पटक गठन गरिएको नेकपाको वडा राजनीतिक संयन्त्रण पार्टी संचालन गर्ने आधिकारिक निकाय हो । यस पार्टीमा सकृय सदस्य रहेका व्यक्तिहरु कृष्ण वहादुर कुंवर र माओ थापा सरकारी विद्यालयको जागिरे हुन् । सत्तारुढ दलकै कार्यकर्ता हरुवाट कानूनको दोहन हुने गरी दोहोरो भूमिकामा प्रस्तुत भएको विषयले यति खेर चर्चा पाएको छ । मुलुुकको साशन व्यवस्था चलाउने सत्तासिन पार्टी स्वयम् कानून विपरित राजनीतिक दलको सदस्य र सरकारी (लाभको) पदमा संलग्न भएको विषयलाई राज्यका कानून कार्यान्वयन गर्ने निकायले कसरी नियमन गर्छन् ?
पोखरा महानगरपालिकाका वरिष्ठ कानून अधिकृत नारायण प्रसाद शर्मा सरकारी कोषवाट तलव भत्ता खाने शिक्षक कर्मचारी दलको सदस्य हुनु कानून विपरित हुने वताउँछन् । शर्माले भने –“दलको सकृय पदमा रहेका व्यक्ति सरकारी पदमा रहे भएको पुष्टि भएमा जागिरवाट निलम्वन समेत हुन सक्छन् ।”
यि दुई व्यक्ति कृष्ण वहादुर कुँवर र माओ थापाको प्रकरण पुष्टि भइसकेको छ । १४ नं. वार्डका इञ्चार्ज विजय सुवेदीले कुंवर र थापा आफ्नो दल नेकपा वार्ड नं. १४ को राजनीतिक संयन्त्रको सदस्य रहेको पुष्टि गरिन् । ईञ्चार्ज सुवेदी अनुसार वार्ड नं. १४ मा कुवँर र थापाको अलावा साविक एमालेवाट वल वहादुर सेञ्चुरी रहेका छन् भने माओवादी केन्द्रवाट शिवराज कंडेल, दीपक रेग्मी र दिलमाया हमाल थापा वडा राजनीतिक संयन्त्रमा रहेका छन् ।
यता शुक्रराज वलभद्र मा.वि. छिनेडाँडाका प्रधानाध्यापक भोलानाथ पौडेलले कृष्ण वहादुर कुँवर आफ्नो विद्यालयका स्थायी शिक्षक एवम् सह प्रधानाध्यापक र माओ थापा विद्यालयकै लेखापाल रहेको पुष्टि गरे । यि दुई पात्र दोहोरो भूमिकामा रहेको प्रकरणलाई राजर्् निकायले कसरी छानविन गर्छ त्यो भने प्रतिक्षाको विषय वनेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: