नैतिकताको खडेरी परेको राजनीति

भनिन्छ, सबै भन्दा बढी महत्व राजनीतिको हुन्छ चाहे देश राष्ट्र र समाजका लागि होस् चाहे आफ्नै जीवनका लागि होस् राजनीतिले महत्व राख्छ । हरेक नागरिकमा जव समाज देस र जनताका लागि केहि गरौं भन्ने कुराले जन्म लिन्छ तव उ राजनीतिमा लाग्छ त्यसका लागि उसले आफूले ठानेको चिताएको सिद्धान्त र विचारलाई बोकी महान् व्यक्तित्वहरुको यात्रामा आफ्नो राजनीतिक यात्रालाई पनि समहित गर्न थाल्छ । जब मानिस राजनीतिमा लाग्छ तव सिद्धान्त र विचारको आधारमा देस समाज र जनताको सेवामा समर्पित हुदै अगाडि बढ्दै जाँदा पहिला आस्था राख्दै गएको एक नागरिक वैचारिक पाटीको कार्यकर्ता नेता बन्दै राष्ट्रको जिम्मेवार आधिकारीक निकायमा पुग्छ ।
तव पाटीको निति अनुरुप देसको निति निर्माणमा लाग्छ। सम्पूर्ण देसवासीको आखको नानी बन्न सके राजनेता नै बन्न सक्छ । देसको साझा सम्पत्ति मात्र बन्दैन मरोणपरान्त राष्ट्रकै विभुति बन्न पनि सक्छ । पहिला सबैले यही उद्देश्यका साथ राजनीतिक यात्रा तय गर्छन्। तर कति गन्तव्यमा नपुग्दै फर्कन्छन् कति पुग्न सक्दैनन् कति अरु पुग्छ भनि खुट्टा तान्ने प्रकृतिमा प्रवेश गरी न त आफू गन्तव्यमा पुग्छन् न त अरुलाई नै पुग्न दिन्छन् ।
कतिपय भने राजनीति नगर्नेअरुलाई पनि राजनीति घृणित खेल हो भन्ने गर्छन् तर आफूलाई आफ्नो राजनीतिक कार्यकर्ता वा नेताको रुपमा प्रस्तुत गर्न पनि भ्याउँछन् ।
रुपमा चिर परीचीत हुने गर्छन । तर त्यस्ता मानिसहरुमा वास्तविक देश समाज र जनताका लागि मैले राजनितिमा लागे पछी केही गर्नु पर्छ भन्ने वोध र ज्ञान हुदैन । उनिहरु बास आफ्नो स्वार्थ पुुरा गर्न पाटीको झण्डा मात्र वोकदैनन् नेताहरुकै इर्दगिर्द घुम्दै फुलमा मौरी घुमेझै गरी आफ्नो स्वार्थको रस पुरा लिएपछी पाखा लाग्छन् । कतिले भने राजनितिका नाममा आफ्नो स्वार्थ पुरा गर्ने त छदैछ आफ्नो इच्छा विचार विपरीतकालाई देख्ने वित्तीकै पुरै वारुला प्रकृती देखाउछन् र आफूलाई महान विचारक कर्तव्यनिस्ट पात्रको रुपमा प्रस्तुत गर्दै वैचारीक हैकम जनाउन थाल्छन् । कतिपय भने राजनिति भनेको मानिसको नैतीकताको मुल शरीर हो जव सम्म नैतिकता रहदैन नैतीकताको संरक्षण गर्न सहिदैन तव सम्म राजनितिले मात्र कुनै अर्थ राख्दैन । जसले गर्दा वाहिर देख्दा नेता भएपनी नैतिकता नभएकाहरुले राजनिति गर्दा वास्ना विनाको फुूल भने जस्तै हुन सक्छ कतिपय फुलमा काडाँ हुदैनन् फूल हन्छ । तर गुलावमा काडा हुन्छ तर सँगसगै वासना हुुन्छ । त्यसैले काडाले कोप्छ भन्ने थाहा हुदा पनी मानिस गुलाव फूललाई रुचाउछन् र काडाकै प्रवाह नै नगरी टिप्न लालयित हुन्छन् । त्यसैगरी राजनिति भनेको पनी गुलाव फूल हो भने नैतीकता भनेको राजनितिज्ञको कसि हो जसरी सुनलाई छट्याउन कसिको आवश्यक पर्छ त्यसै गरी नेताहरुको स्तर अवस्था र उसको राजनिति बुझ्नलाई पनी नैतीकताको कसिमा घोटेर हेर्नु पर्छ ।
त्यसैले वासना नभएको फुल वा वास्ना सिद्धीएको फूल भन्नु र नैतिकता नभएको राजनिति गर्ने नेता भन्नुु एउटै हो । त्यसैले जसरी कागतिमा अमिलो रस भए मात्र कागतीको महत्व हुन्छ । त्यसै गरी राजनिति गर्ने राजतितिज्ञमा पनी नैतिक छैन भने त्यो रस नभएको कागती जस्तै हुन्छ । त्यसैले राजनितिमा नैतिकता हुनुु पर्छ जव नैतीकताको खडेरी पर्छ तव राजनिति गर्नेहरुले राजनिती गर्छु भन्नु भनेको धुन नभएको गितार र नुन नभएको तरकारी जस्तै हुनु हो ।
त्यसैले जव सम्म हामिमा नैतिकता रहदैन तव सम्म राजनितिले मात्र पुर्णता पाउदैन र हामी राजनितिक यात्रामा गन्तव्य सम्म पुग्न सक्दैनौ फलस्वरुप जनताका लागि जनताबाट घृणीत घृणाका पात्र वन्छौ र नैतिक हराए खराव मानीसका पात्रका रुपमा सवैले चिन्ने छन् र भन्ने छन् फलाना त नैतिक हराम छ उसमा त नैतिकताको खडेरीनै परेको छ त्यसैले त ऊ सवैभन्दा अपमानीत छ भन्न थाल्छन् र त्यस्ता सामाजीक तानावुना सुनेर आफ्नैै घर परीवार समेत त्यस्ता सामाजीक तानावुनाका कारण पिडीत भएर मनमन्र भन्न वाध्य हुन्छन् कास हाम्रा वुवा दाइले नैतिकालाई नविर्सीकन राजनिति गरेको भए भन्दै उनिहरु कल्पनाको सागरमा पल पल डुवुल्की मारी रहन्छन् ।
तर विश्वमा सायद सवैभन्दा वढी राजनिति गर्नेहरु पनी नेपालमै छन् होला र सवै भन्दा वढी नैतिकताको खडेरी परेका नैतिकता हराएका नेता राजनिति पनि हाम्रै देसमा छन् होला।
हाम्रो देसमा चाहे त्यो जो सुकै नेता होस नैतिकताको अभाव छ । आज सम्म राजनिति गर्ने हरुले पनी आफ्नो नैतिकता भन्दा पनि अरु नेताहरुको नाम मात्र भजेर राजनिती गरी रहेछन् । आफूले नैतीकता वचाउन नसक्ने अनि महान नेताहरुको नाम जपेर राजनिति गर्ने र सत्तामा पुुग्ने राजनितिक परिपाटी र परम्परा वन्न थालेको छ हाम्रो देसका नेता हरुमा छ ।
चाहे कांग्रेस होस चाहे कम्युनिष्टहरु हुन चाहे राप्रपा किन नहोस् सवैले महान नेताहरुको नाम जपेर सत्ता लिप्त हुदै गएका छन् एकातिर भाषण गर्ने वेला विपीले पुस्पलालले के भन्लान भन्ने अर्काेतिर आफैले आफ्नो नैतिकताको ख्यालै नगरी मनपरी गर्ने । कागे्रेस एकातिर माओवाद मात्र होइन मदन भण्डारी आस्रीत मनमोहनको नाम जस्तै नैतिकताको खडेरी पार्दै राजनिति गर्ने अर्काेतिर नैतिकता भनेको कुन चराको नाम हो भनेझै गर्ने प्रकृतिले गर्दा कृयाकलाप जिवन शैलीले गर्दा नेताहरुमा नैतिकतको खडेरी परेको छरपष्ट देख्न पाइन्छ । कहाँ कसले नैतिक हिन राजनिति गरी रहेका थिए गरीरहेछन् भन्ने कुरा त देशमा देखीएका विभिन्न घटनाक्रमले नै प्रस्ट पारी रहेछ नेताहरुको हाउभाउ जसरी भएपनी दाम कमाउ भन्ने खालको प्रवृति लेनै देखाइ रहेछ।
पहिलो कुरा त जवसम्म नेताहरुले नैतिकताको ख्याल राख्दैनन् नैतिकताको स्मरण गरेर राजनिति गर्दैनन् तव सम्म राजनितिले नेपालीलाई अपनत्वको आभास दिलाउन सक्दैनन् र नेपाली राजनितिकोे छवी राम्रो वन्न पनी सक्दैन जवसम्म नैतिकताको खडेरी परी रहन्छ तव सम्म नेपालले दिगो शान्ती र सम्वृदी प्राप्त गर्न सक्दैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments