कन्टेष्टका नाममा कर छलिको खुलासा, “सुपर मम ट्यालेन्ट”को पुरस्कार “पछि भेटौला”

सराङकोट न्यूज
7 February, 2019 4:19 am
Advertisements

पछिल्लो समय नेपालमा हुने विभिन्न प्रकारका ट्यालेन्ट सो विवादमा तानिने गरेका छन् । सुन्दरी प्रतियोगिता देखि विभिन्न व्यक्ति, संघ संस्था हरुले गर्ने, ट्यालेन्ट सो हरु वास्तविक ट्यालेन्ट सो भन्दा वढी टिकट विकाउ र कमाउ धन्दाका आधारमा चल्ने गरेका रहस्य खुल्दै आएका छन् ।
पोखरा पनि यस्ता ट्यालेन्ट प्रतिस्पर्धा हुने अग्रस्थानमा पर्दै आएको छ । विभिन्न जातिय आधारमा हुने सुन्दरी प्रतियोगिता, मिस एस इ.इ. सानो वावु सानो परी, डान्स आइडल हुदै पोखरा सुपर मम सम्मको स्पर्धा यहाँ सम्पन्न भइसकेका छन्। वार्षिक दर्जन वढी ट्यालेन्ट सो संचालन गरिदै आएको भएपनि अधिकासं प्रतिस्पर्धाहरु दर्ता नै नगरी अवैध ढंगवाट संचालन गर्ने गरिएको पाइएको छ । टिकट विक्री गरेर आयोजना गरिने त्यस्ता ट्यालेन्ट सो हरु आयोजकको कमाइ खाने गतिलो वहाना र श्रोत वन्ने गरेको छ । टिकट विक्री गरिए पनि त्यसवाट कर छलिदै आएको छ । आन्तरिक राजस्व कार्यालयवाट कर दर्ता गरेर मात्र आयोजना गर्नुपर्ने भएपनि अधिकांस प्रतियोगिताहरु विना दर्ता संचालन गरिएका छन् यसवाट राज्यले पाउनुपर्ने कर गुमेको छ भने विजयी भएका प्रतिस्पर्धीले समेत उधारो पुरस्कारमा चित्त वुझाउनु परेको छ ।
यस्तै पछिल्लो उदाहरण वनेको पोखरा सुपर मम ट्यालेन्ट सो २०७५ । सनिवार पोखरा उद्योग वाणिज्य संघमा आयोजित पोखरा सुपर मम ट्यालेन्ट सो ले धेरै अनियमिततालाई छताछुल्ल पारेको छ । उक्त ट्यालेन्ट सो को आयोजक संस्था नन्द इन्टरटेन्मेन्ट होमले कर कार्यालयमा दर्ता नै नगरी टिकट छापेर महंगोमा टिकट विक्री गरेर कार्यक्रम सम्पन्न गरेको खुल्न आएको छ । आन्तरिक राजस्व कार्यालय पोखराका सूचना अधिकारी कर अधिकृत विजय लामिछानेले नन्द इन्टरटेन्मेन्ट होम नामक संस्था दर्ता नभएको पुष्टि गरे । उनले भने विना दर्ताको संस्थाले टिकट छापेर विक्री गर्न पाउँदैन हामी छानविन गरी कारवाही गछौं ।

निस्पक्षतामा प्रश्न

पोखरा सुपर मम ट्यालेन्ट २०७५ का सहभागीहरुले प्रतिस्पर्धाको निस्पक्षतामा प्रश्न उठाएका छन् । टिकट विक्रीको आधारमा आयोजकले विजेता घोषणा गरेको भन्दै सहभागीहरुले दुःख व्यक्त गरेका छन् । सहभागीहरुलाई ५सय दरका २ सय थान टिकट विक्री गर्नु पर्ने भन्दै आयोजक संस्था नन्द इन्टरटेन्टमेन्ट होमले ह्वीप जारी गरेको एक सहभागी किरण शर्माले वताइन् । पाँच सय को फराम भरिसके पछि १२ हजार तालिम शुल्क सुरुमै उठाएको उनले वताइन । १२ हजार पाँच सय रुपैयाँ वुझाइसके पछि ग्रेण्ड फिनालेको लागि दुई सय वटा टिकट (एक लाखको) विक्री गर्न दवाव दिएको भएपनि आफूले ६० वटा टिकट विक्री गरेर ३० हजार रुपैयाँ आयोजकलाई दिएको किरण शर्माले वताइन् तर आफू कोही भन्दा कम नभएपनि पूर्व योजना मुताविक अरुलाई नै विजयी वनाइएको दावी दुखेसो पोख्दै किरण शर्माले भनिन् अव स्तो कसैलाई नहोस् । उनले थपिन् यो कार्यक्रमले आमाहरुको वेइज्जत गरायो, टाइटल किनवेच हुने पुष्टि गरायो ।
सेकेन्ड रनर अप भएकी अर्की सहभागी पुनम थापा श्रेष्ठको अनुभव अझ फरक र उदेक लाग्दो रहेको छ । सेकेण्ड रनर अप अर्थात् तृतीय स्थान हासिल गरेकी पुनम थापाले पूर्व घोषणा गरिए अनुसार पाउनु पर्ने नगद १० हजारको ठाउँमा खाम भित्र पछि भेटौला लेखिएको सादा पाना हाता पारिन् । आयोजक संस्था नन्द इन्टरटेन्टमेन्ट होम प्रति पुनमले आक्रोस् व्यक्त गरिन् ।
गुम्सिएर वसेका नारीलाई उकास्ने होला, प्रतियोगिता निस्पक्ष होला भनेर १२ हजार ५ सय तिरेर सहभागी भइयो ६५ वटा टिकट वेचेर ३२ हजार पाँच सय वुझाइयो तर न सम्मान पाइयो न पुरस्कार पुनमले भनिन् । उनले वढि टिकट विक्री गर्नेलाई टाइटल प्रदान गरिएको आरोप लगाइन् । सुपर मम ट्यालेन्ट कन्टेस्ट ले आमाहरुलाई अन्याय मात्र हैन छोराछोरीहरुलाई निरुत्साही तुल्याएको पनि उनले वताइन् । महिलाहरुलाई प्रयोग गरेर कमाउ धन्दा गर्नेलाई गरी आयोजित प्रतियोगिता वन्द गर्न राज्यले ध्यान दिनुपर्ने उनले वताइन्।
पुनम थापा र किरण शर्माले आफूलाई ठगिएको निस्पक्ष नभएको कुरा खुलेरै वताए तर अझ कति छन् आवाज दवाएर राखेका पिडितहरु । खुल्दै जानेछन् क्रमश ः केहि महिना अगाडि माछापुच्छ«े डान्स कन्टेस्टमा पनि सहभागीलाई ७० हजारको टिकट वेच्न लगाइयो र वढी टिकट वेच्नेलाई टाइटल दिइएको कुरा सार्वजनिक भएको थियो ।
आयोजकले सहभागीलाई पनि ठग्यो राज्यलाई पनि ठग्यो यो क्रम रोकिनु पर्छ । निर्णायकले पनि निस्पक्ष नतिजा दिने स्वतन्त्रता सुनिश्चित भए मात्र निर्णायक वस्न पर्छ नत्र पोले माथि फकुण्डो जस्तै थप अन्याय माथि अत्याचार महसुस गर्न नपरोस् ।
जित हारको कुरा भन्दा पनि पद्दति र निस्पक्षताको कुरा उठेको छ । राज्यलाई कर छलेर गरिने प्रतियोगिता, कार्यक्रम सवै वन्द गरिनु पर्छ । नन्द इन्टरटेन्टमेन्ट होम मात्र हैन सवै अवैध कार्यक्रम वन्द हुनुपर्छ । सहभागीहरुले पनि प्रतिस्पर्धा आयोजना गर्ने आयोजक र संस्थाको वैधानिकता वारे पूर्व जानकारी राख्नु पर्छ ।
यता कार्यक्रमका आयोजक नन्द इन्टरटेन्टमेन्ट होमका संचालक देवेन्द्र शाहीले दर्ता प्रकृया अगाडि वढाइएको वताए । पोखरा सुपर मम निस्पक्ष भएको दावी गरे । उनले भने हामीलाई फसाउने काम भयो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: