अस्पताल नै नभएको चरक एकेडेमीको नालीवेली – कहिले जि.एम.सी, कहिले फेवा सिटी

सराङकोट न्यूज
5 February, 2019 7:54 am

नेपालको चिकित्सा शिक्षा सेवा भन्दा कमाउ धन्दा लक्षित रहेको र त्यसवाट आम नागरिकले फाइदा लिन नसकेको भन्दै प्राध्यापक डा गोविन्द के.सीले १६ पटक सम्म सत्याग्रहमा होमिन पर्याे । मेडिकल शिक्षाका नाममा मेडिकल माफियाहरुले लुट मच्याइरहे । अध्यावधी यो लुट रोकिएको छैन सरकारले काठमाण्डौमा ३८ लाख र मोफसलमा ४२ लाख रुपैयामा एम.वि.वि.एस पढाउनु पर्ने निर्णय जारी गर्याे तर मेडिकल कलेजहरुले अझै पनि विभिन्न वहानामा १० देखि ३० लाख सम्म वढी पैसा उठाउने गरेको पिडित विद्यार्थी र अभिभावकहरुले गुनासो र आक्रोस जारी राखेका छन् । यस्तै प्रकरणमा गण्डकी मेडिकल कलेजका ५ सय वढी विद्यार्थीहरु प्रसाशनमा तालवन्दी गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।
गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले राज्यले तोकेभन्दा वढी अतिरिक्त सुुल्क फिर्ता गर्न, भुक्तानी गरेको सम्पुर्ण रकमको विल उपलब्ध गराउन माग गरेका छन् गण्डकी मेडिकल कलेज एउटा नमुना पात्र मात्र हुन् ।
नेपालका अधिकांस कलेजहरुले राज्यको निति निर्देशन विपरित मनोमानी सुल्क उठाउने क्रमलाई निरन्रता दिइरहेका छन् । हरेक कलेजमा यो समस्या उस्तै रहेको पाइएको छन । मेडिकल कलेज नाफा कमाउने जुवाघर जस्तै मदमत्त रहेको पाइएको छ ।

नर्सिङ कलेजहरुको अवस्था पनि उस्तै
काउन्सिल र सिटिइभिटीको सेटिङमा मनपरी
नेपालका अधिकांस नर्सिङ कलेजहरुले राज्यको नितिनियम मानेका छैनन् । रित्तो वुद्ध हस्पिटललाई पद्मम नर्सिङ होमको ५० सिटमा ५० सिट थपेर पद्म नर्सिङ कलेज सञ्चालन गरि क्षमता भन्दा दोब्बर सिट (४० सिट) विद्यार्थी भर्ना लिइएको प्रकरण हामीले अघिल्लो अंकमा सार्वजनिक गरिसकेका छौ । यस्तै श्रृखलामा पोखराको चरक अस्पतालको नाली वेली खोतल्ने प्रयत्न गरेको छौं ।

Advertisements

चरक एकेडेमी प्रा.लि.
चरक एकेडेमीले नर्सिङ शिक्षा पढाउन सुरु गरेको झण्डै एक दशक भएको छ । पिसिएल नर्सिङ वि.एस्सी नर्सिङ र वि.एन. कोर्ष गरी तीन तहको नर्सिङ पढाउदै आएको चरक एकेडेमीको आफ्नो अस्पताल खोल्ने वारेमा कुनै तयारी समेत छैन। पोखराका अन्य अस्पतालहरुमा आफ्ना विद्यार्थीहरुलाई डुलाएर प्रयोगात्मक कक्षा सञ्चालनमा ल्याएको पाइएको छ ।
कलेज सञ्चालनको १० वर्ष पुग्दा सम्म चरक एकेडेमी आफ्नो अस्पताल खोलेर स्वनिर्भर हुन सकेको छैन । सरकारले २०६७ साल फागुन ९ गते नर्सिङ तथा सामान्य चिकित्सा विषयका कक्षा सञ्चालन गर्ने कलेजहरुले कम्तीमा ५० शैयाको जनरल अस्पताल खोल्नुपर्ने अनिवार्य व्यवस्था गरि परिपत्र गरेको थियो । त्यस पछि शिक्षा मन्त्रालय प्राविधिक शिक्षा महाशाखाले सिटिइभिटि र नर्सिङ काउन्सिल समेतलाई सरकारको निति, निर्देशिका वमोजिम कार्य गर्न परिपत्र गरेकोे थियो ।
५० शैयाका अस्पताल भएकाहरुको (प्रयोगात्मक कक्षा) कलेजले २० जनामात्र विद्यार्थी भर्ना लिन पाउने र १०० शैैयाका अस्पताल भएका कलेजले ४० जना विद्यार्थी भर्ना लिन पाउने गरि नेपाल नर्सिङ काउन्सिल समेतले निर्णय गर्याे तर अधिकांस नर्सिङ कलेजहरुले सरकारको निर्णयलाई कुल्चिएरै अगाडि वढेका छन् ति मध्य पोखराको पोखरा टेक्निकल हेल्थ मल्टि प्रपोज पोखरा–काहँुु र सामान्य चिकित्सा कलेजले पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई प्रयोग गरेर कलेज चलाउदै आएको छ । उसको आफ्नैै अस्पताल छैन । प्रतिस्ठानले राज्यको निति निर्देशन विपरित मोटो रकम असुलेर निजि कलेजलाई प्रयोगात्मक सझौता गरेको छ ।
यस्तै पोखराकै नोवल एकेडेमी पनि आफ्नो अस्पताल छैन । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिएको नोवल एकेडेमीले पनि अन्य अस्पतालहरु संग प्रयोगात्मक कक्षाको संझौता देखाएर कलेज सञ्चालन गरिरहेको छ । विः एस्सी नर्सिङ कार्यक्रम चलाएको नोवेलले सरकारी अस्पताललाई समेत प्रयोग गर्ने गरेको पाइएको छ ।
चरक एकेडेमी पोखरा १३मा पि.सि.एल नर्सिङ वि.एस.सी नर्सिङ र वि.एन. कार्यक्रम पढाउदै आएको छ। उसले चरक अस्पताललाई देखाएर कलेज चलाएकोछ । चरक अस्पताल जो विगत ५ वर्ष अघि देखि अस्तित्वमा छैन । साविक चरक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि खारेज भई गण्डकी मेडिकल कलेजमा रुपान्तरण भइसकेको छ तर पनी चरक एकेडेमी अझै चरक हस्पिटलको नाममा कार्यक्रम चलाउँदै आइरहेको तथ्य फेला परेको छ । नेपाल नर्सिङ काउन्सिलको आफ्नो आधिकारिक वेभसाइटमा समेत चरक हस्पिटलकै नाम उल्लेख गरिएवाट नाममात्रको अस्पताल देखाएर कलेज चलाएने छुट चरकलाई काउन्सिलले दिएको छ ।

पियूको प्राक्टिकल टियूमा
नर्सिङ काउन्सिलको अभिलेखमा रहेको चरक हस्पिटल देखाइदिन हामीले चरक एकेडेमिका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्यलाई आग्रह गरेपछि उनले गण्डकी मेडिकल तर्फ आफ्नो औला सोझ्याए ।
हाम्रो शेयर गण्डकी मेडिकल कलेजमा भएकोले त्यहाँ प्राक्टिकल संझौता गरेको आचार्यले वताए । चरक एकेडेमीले चलाएको पि.सि.एल नर्सिङ (सिटिइभिटी) वाहेक वि.एस.सी नर्सिङ र वि.एन पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिइएको कार्यक्रम हो । नियमत एउटा विश्व विद्यालयको कार्यक्रम अर्को विश्वविद्यालयको सम्बन्धन लिएको टिचिङ अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न पाइन्न । प्रचलित कानुनी व्यवस्था अनुसार पूर्वाञ्चल विश्व विद्यालयको सम्वन्धन प्राप्त चरक एकेडेमीले टियु सम्बन्धन प्राप्त गण्डकी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा प्रयोगात्मक अभ्यास गराउन मिल्दैन तर चरक एकेडेमीका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्यले स्पस्ट जवाफ दिन सकेनन् । उनले यति भने “हामीले फेवासिटी अस्पताल संग वि.एनको प्रयोगात्मक अभ्यासको लागि संझौता गरिसकेको छौ । अव फेवासिटी अस्पताल .लगेर कार्यक्रम चलाउछौ।”
१०० वेड रहेको फेवासिटी अस्पतालले हरेक वर्ष ४० जना विद्यार्थी भर्ना लिइरहेको छ । उसले आफ्नो क्षमता वरावरको कार्यक्रम चलाइरहेको र त्यसमा अन्य कलेजका विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन गर्न दिन नमिल्ने जनकारहरु वताउछन् । प्रचलित कानुन वमोजिम १ विद्यार्थी वरावर ३ वेड हुुनु अनिवार्य छ ४० जना विद्यार्थी भर्ना गर्ने फेवा सिटी नर्सिङ कलेजका लागि अझै वेड संख्या अपुुग हुँदाहुदै चरक अस्पताललाई प्रयोगात्मक अभ्यासको अनुमती दिइएको घटनाले नर्सिङ कलेज भित्रको विकृतीलाई पुस्ट्याएको छ ।
सरकारले नर्सिङ, सामान्य चिकित्सा विषयमा पढ्ने विद्यार्थीहरुको शैक्षिक गुणस्तर कायम गर्न विद्यार्थी भर्ना लिदा आफ्नैै अस्पताल हुनु पर्ने निति वनाएको छ । ८ वर्ष पहिला जारी गरेको स्वास्थ्य मन्त्रालयको नितिगत निर्णय अझै सम्म कार्यन्वयनमा आउन सकेको छैन वरु उल्टै अन्य सरकारी र निजि अस्पताल मेडिकल कलेज सँग कागजी संझौता मिलाएर नर्सिङ तथा सामान्य चिकित्सा (हे.अ) कार्यक्रम चलाउदै आएको छ ।
पारामेडिक कलेज सञ्चालकहरुको यो धन्दालाई सिटीभिटी र नर्सिङ काउन्सिलले सेटिङ मिलाएर समर्थन र संरक्षण गर्दै आएको पाइएको छ। चरक एकेडेमिका प्रसाशक युवराज आचार्यले आफ्नो एकेडेमीमा ५ वर्ष देखि काउन्सिलले एक पटक पनि अुनगमन नगरेको वताएको थिए नियमनकारी नियकाले अनुगमन नगरेकै कारण चरक ऐकेडेमीले नभएको चरक अस्पतालको नाम राखेर कार्यक्रम चलाउदैआएको खुल्न आएको छ । यसै हप्ता मात्र नेपाल नर्सिङ काउन्सिलको टोलीले पोखराका नर्सिङ र एच.ए .कलेजहरुको अनुुगमन निरीक्षण गरेपछि नियमानुसार प्रकृया पुरा गरेर कार्यक्रम चलाउन निर्देशन दिइएको छ । काउन्सिलको निर्देशन पछि नर्सिङ कलेज सञ्चालकहरुको भागदौड सुरु भएको छ । तर काडाको झालवाट टिपेर सिस्नाको झालमा फाले झै गरी एउटा कर्तुत लुकाउन अर्काे कर्तुत गरिएको वुझिन आएको छ । अस्पतालको वेड क्षमता भन्दा वढी विद्यार्थीैलाई भर्नालिएर गरिने कमाउ धन्दाले स्वास्थ्य शिक्षामा गुुणस्तरीय जनशक्ति उत्पादन हुन नसक्ने निश्चित छ ।
हाल नेपालमा सिटिइभिटीका ४५० भन्दा वढी संस्थामा करिव २१ हजार विद्यार्थीहरु अध्ययनरत छन् वार्षिक रुपमा पास आउट हुन यो जनशक्ति सक्षम र दक्ष हुन सकेमात्र देश र जनताले गुुणस्तरीय स्वास्थ्य पाउन सक्छन् तर सिटिइभिटी, नेपाल नर्सिङ कायन्सिल नेपाल स्वास्थ्य व्यवसायी परिषद जस्ता नियमनकारी निकायको उदासिनता र सेटिङमा हुने।

सांसद राजिव पहारीकै एकेडेमी कानून विपरित

कास्की क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश सांसद राजिव पहारीको लगानी रहेको चरक एकेडेमी प्रा.लि.ले कानुन विपरित फेवा सिटी अस्पताल सँग प्रयोगात्मक अभ्यासको सम्झौता गरेको पाइएको छ । तर चरक एकेडेमी ले पिसिएल नर्सिङ, वि.एस.सी. नर्सिङ र वि.एन कार्यक्रम चलाएपनि सरकारको निदर्देशन अवज्ञा गर्दै अहिले सम्म अस्पताल चलाएको छैन वरु अन्य अस्पताल र मेडिकल कलेजहरु सँग टाँसिएर प्रयोगात्मक कक्षा चलाउँदै आएको छ ।
यस अघि गण्डकी मेडिकल कलेजसँग टाँसिएर चलाएको विएन अव देखि फेवासिटी अस्पताल प्रा.लि. मा चलाउने गरी सम्झौता गरिएको डकुमेण्ट सराङकोटलाई प्राप्त भएको छ । सम्झौता २०७५ असोज २२ गते भएको छ । सम्झौतामा फेवासिटी हस्पिटल प्रा.लि.का तत्कालिन अध्यक्ष डा. भोजराज न्यौपाने र चरक एकेडेमीका तर्फबाट अध्यक्ष योगेन्द्र प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताका साक्षी किनारामा चरक एकेडेमीका तर्फवाट डाइरेक्टर राजिव पहारील्े हस्ताक्षर गरेका छन् ।
फेवासिटी हस्पिटलले आफ्नै पिसिएल नर्सिङ कार्यक्रम चलाएर वार्षिक ४० जना विद्यार्थी भर्ना लिदै आएको छ । एक सय वेड भएको फेवासिटी हस्पिटलको लागि यो सख्ंया पर्याप्त हो तर निति नियम विपरित माननिय राजिव पहारीको लगानी रहेको चरक एकेडेमी थ्यौरी पढेका ४० जना वि.एन. का विद्यार्थीहरुलाई ६ वर्षका लागि प्रयोगात्मक अभ्यास कक्षा लिने गरी सम्झौता गरीएको छ। क्षमता नै सकिएको अस्पताल सँग सम्झौता गर्दा चरक एकेडेमीले फेवा सिटी हस्पिटल प्रा.लि. लाई वार्षिक आठ लाख रुपैयाँ प्रदान गर्ने छ ।
चरक एकेडेमी र फेवासिटी दुई वटै लाई फाइदा हुने गरी भएको यो सम्झौता निति नियम सँग मेल खादन। व्यापारिक स्वार्थ समूह प्रेरित भएर गरिएको सम्झौताले नेपाल नर्सिङ काउन्सिलको ऐन ठूला वडालाई मात्र चैन सिद्ध गर्न खोजेको छ । कानून वनाउने हैसियत वनाएर जनताले पठाएका प्रतिनिधिहरु आफै व्यापारिक स्वार्थ समूहसँग मिलेर कानून विपरित काम गर्न प्रेरित गर्ने वाट सुशासनको कस्तो अपेक्षा राख्ने नागरिकले ? नेपाल नर्सिङ काउन्सिलले जारी गरेको २०७१ सालको मापदण्ड अनुसार फेवासिटीले चरक एकेडेमीलाई वि.एन.को प्रयोगात्मक कक्षा संचालन सम्झौता दिन मिल्ने कुनै वुदा देखिदैन तर नर्सिङको नेतृत्व फेरिए पछि सेटिङ मिलाएर चरक एकेडेमी लाई आफ्नै निजि अस्पताल खोल्न वाट जोगाउन फेवासिटी सँग टसाउने काम भएको पाइएको छ । यस मामलामा प्रदेश सांसद राजिव पहारीको निर्णायक भूमिका रहेको वुझिन आएको छ ।
दयालक्ष्मी श्रेष्ठ अध्यक्ष र ईश्वरी देवी श्रेष्ठ रजिष्टार हुँद जारी गरेको मापदण्ड गोमा देवि निरौला अध्यक्ष र विन्दा घिमिरे रजिस्टार भएपछि कसरी पक्षघात वनाइयो । केन्द्रिय नेता योगेश भट्टराई र विन्दा घिमिरे अनि राजिव पहारी र सिर्जना पण्डित पहारी भएको संस्था चरक एकेडेमीले पाएको यो सेटिङ संयोग हैन भने अरु के हुन सक्छ । विश्व विद्यालयको कार्यक्रम चलाउदै आएका एकेडेमीहरुको सुद्धिकरण कसले गर्ने ? माननीय जोडिएका यी कम्पनीहरुको स्वेच्छाचारिता देशको संवैधानिक निकायले छानविन गर्नु पर्ने आवाज उठेको छ ।
वेड संख्याको क्षमता भन्दा वढी विद्यार्थी भर्ना लिने पद्म नर्सिङ कलेज होस् या सिट सिमा भन्दा वढीलाई प्रयागात्मक अभ्यासको सम्झौता गर्ने फेवासिटी हस्पिटलका कदम विशुद्ध नर्सिङ शिक्षाको लागि कति पनि सान्दर्भिक छैन । स्वास्थ्य शिक्षामा वढेको चरम व्यापारीकरण र राजनीतिक नेतृत्व तहमा देखिएका वेइमानीको कारण चिकित्सा शिक्षा फोहोर र स्वार्थको डंगुर वन्ने अवस्थामा पुगेको छ । राज्यका नियामक निकायले यसको सफाई तत्काल गर्न जरुरी देखिएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: