राजनिति केका लागि किन ? लिन कि दिन !

कुनै पनी राष्ट्रलाई दिगो शान्ती र समृद्ध वनाउनका लागि राजनितिको आवश्यक पर्छ । राष्ट्रको विकास गर्न सत्ता संचालन गर्न जनताले जनतामाथि जनताले चुनेका प्रतिनिधिले नै देसको कानुन व्यवस्था संचालन गर्न राजनिति गर्नू पर्छ । जसरी गाडी चलाउन पेट्रोल र सिष्टमको आधारमा हाक्नुपर्छ ठिक त्यसै गरी देसमा पनि राजनितिज्ञहरुले राजनिति मार्फत शासन सत्ता चलाउनुृ पर्छ ।
फेरी राजनिति कस्ता व्यक्तीले कसरी गर्ने किन गर्ने के का लागी राजनिति गर्ने भन्ने कुरा पनी आउछ । साच्ची भन्नुपर्दा राजनिति गर्ने भनेको देस र जनताका लागि निस्वार्थ भावनाले सेवा गर्नु पर्ने हुन्छ राजनीति त्यस्ता व्यक्तीत्वले गर्छन जसले लिने होइन देस र जनताका लागि दिने काम मात्र गर्छन त्यस्ता व्यक्तित्व लाइनै राजनितिज्ञ नेता तथा जनप्रतिनिधि भनिन्छ । तर हामिकहा राजनिति भनेको एउटा पेशा हो व्यापार हो भने जस्तो गरी राजनिति गर्ने प्रचलन शुरु भएको छ । हिजो राजनिति गर्ने भनेको देस र जनताका लागि निस्वार्थी भावले गरिने सेवा नै राजनिति भनिन्थ्यो । तर आज आएर राजनिति भनेको सवै भन्दा सजिलो नाम दाम एकै पटक संग सगै कमाउन सकिने माध्यम वन्दै गइ गहेको छ ।
हिजो राजनिति गर्नेहरु विरलै पाइन्थ्यो भने अहिले राजनिति गर्नेहरु सर्वत्र घरपरष्ट देख्न पाइन्छ । फेरी नेपालकै सन्दर्भमा भन्नू पर्दा नेपालमा राजनिति गर्ने हरु यति भएकी नेपाललाई हिजो हामिले भन्ने गरेको कृषी प्रधान देसको नाम नै कृषी प्रधान होइन कि राजनिति प्रधान देस भन्नु पर्ने अवस्था आएको छ । यसो कसैलाई भेट्यो कि के गर्नु हुन्छ नपाउदै उ आफै भन्न थाल्छ म जनप्रतिनिधी हो राजनिति गर्छु यो वा त्यो पाटीको नाम लिएरै नेता वा कार्यकर्ताको परीचय दिन थाली हाल्छ ।
एउटा समय थियो राजनिति गर्छु भन्न मानिसहरु रुचाउदैनथ्ये तर पछिल्लो समयमा आएर जसलाई भेट्यो उहि राजनितिज्ञ हु भन्छ । फेरी नेपालका राजनितिका नाममा विभिन्न पाटीका पाटीको भातृ सघसंगठन समिति यति वनेकि कोहि पनी राजनितिवाट अछुतो रहनै सक्दैन । नेपाल सरकारको सेवामा लागेर जनताकै जनतावाट उठेको राजश्वबाट तलव खाने निजामती देखी लिएर डाक्टर वकिल पत्रकार शिक्षक जसले नेपाल सरकारको जागीर खान्छ उनिहरु समेत राजनितिमा लागेका छन् देसमा सरकारी अर्ध सरकारी तथा गैर सरकारी संघ सस्थामा आवद्ध सम्पुर्ण राजनितिको खोलमा बेरीएर रहेका छन् ।
फेरी पछील्लो समयमा त राजनिति प्रति यति प्रभाव वढ्दै गयो कि सुरक्षा निकायमा भएकाहरु देखी निजामति कर्मचारी ठेकेदार फलोटर व्यापारी मात्र नभएर धर्म क्षेत्र जात जतिका नाममा समेत राजनिति गर्नेहरुको सख्यामा ह्वातै वृद्धी हुदै गयो ।
यहाँ सम्मकी अपराधको जालोमा रहेका गुण्डागर्दी तस्करी गर्नेहरुले समेत प्रवेश पाउन थाले । यसको ज्वलन्त उदाहरण हेर्ने अन्त कतै जानुपदैन गत सालको चुनावनै पर्याप्त छ । राजनितिक पार्टीका नेताहरुले पनि आफ्नो पाटी सत्तामा पुगेर सत्ताधारी वन्नकै लागि चुनावमा वैधानिक अवैधानीक जुनसुकै वाटो अपनाएर भए पनी साम, दाम, दण्ड,भेद चारै अस्त्र प्रयोग गरेर भएपनी सत्तामा पुग्नुपर्छ भन्ने कुराले र जसै भए पनी सत्तामा पुुग्ने पु¥याउने होडवाजीले गर्दा राजनिति स्वच्छ भन्दा पनी अस्वस्थ वातावरण सृजना गरेर जसै भएपनी चुनाव जित्नै पर्ने भन्ने मानसिकता वाट ओत पोत भएकै कारण राजनितिमा जिवनलाई नै समर्पीत गरेका हरु भन्दा पनी गैरराजनितिक सर्व सक्पन्न सालीहरु सत्तामा पुुगेका छन् ।
यसरी राजनितिमा नलागेकाहरु पनी राजनितिमा आकर्षित हुन् र राजनितिक दलका नेताहरु समेत त्यस्ता गैर राजनितिक व्यक्तीत्वहरु प्रति आकर्षीत हुनुको कारण पनी मुख्यता भने पैसा नै रहेछ । यसो भनिरहँदा राजनीतिमा आउनै हुदैँन भन्न खोजिएको भने होइन तर कुन नियत र कस्तो प्रवृत्ति हुन पर्छ भन्न मात्र खोजिएको हो । भन्नेकुुरा विगतमा नदेखिएको होइन पछिल्लो समयमा त पसले गएको चुुनावमा रामैै्र प्रभाव पार्याे । हामिले जतिनै राजनितिका कुरा गरे पनी जव सम्म देसको राजनिति आर्थिक भुमरीमा परी रहन्छ तव सम्म वास्तविक देस र जनताको पिर मर्का वुझ्ने हरु सत्तामा पुग्दैनन यदि पुगे पनि केहि गर्न सक्दैनन भन्ने कुरा त देसमा पटक पटकको सत्ता परीवर्तनका घटनाक्रमले प्रष्ट परेको छ ।
फेरी यसरी राजनिति प्रति सवैको आकर्षक वन्नुको मूख्य कारण के त के रहेछ भन्नेकूराहरु हिजो नवुझेकाहरुले पनी वुझ्न थाले र नेताहरुको जिवनशैली उनको उठ वस सहरमा ठडिएका महल चिल्ला चिल्ला कार आफन्तहरुको हाउभाउ सरकारी कार्यालयमा नेताहरुका आफन्तहरुको वषौ जेल वसेको भुमिगत जीवन विताएको प्रभाव आम नेपालीमा यसको प्रभाव पर्न थाल्यो एकथरीको राजतितिमा आकर्षण वढ्दै गयो भने अर्का थरीको फेरी राजनितिमा विकर्षण वढ्दै गयो भने अर्का थरीको फेरी राजनितिमा विकर्षण मात्र वढेन राजनिति गर्ने हरु प्रति घृणाको भाव पैदा हुन थाल्यो ।
एक इमान्दार नेपाली नागरीकले राजनिति भनेको देस र जनतालाई केही दिनका लागि राजनितिमा लाग्नुपर्छ भन्छ तर पनी यहाँ खोक्रो राजनिति हुन थाल्यो राजनितिका नाममा भ्रस्टचार हुन थाल्यो राजनितिका नाममा जागीर जोगाउने वढुवा सरुवा गर्ने काम हुन थाल्यो । यहाँ सम्मकी एउटा विपन्नले गरीवले खानैका लागि हर ढाक्नकै लागि चोरी गर्याे भने उ हतकडीको फन्डामा पर्छ भने यो देस हाक्नेहरु राजनितिकका नाममा सत्तामा पुग्ने र भित्र भित्रै धन्दामा लिप्त भएका छन् अगाडीका पुस्ताले जे गर्छन पछाडीका पुस्ताले पर्नी त्यही गर्छन् भन्ने कुराको सावित भएरै छाड्यो माथीकाले जे गर्छन तलकाले पनी त्यहि गर्छन भन्ने कुरा हाका हाकि गर्न थालियो । सुन समाते (पित्तल तामा) फेला पर्ने, अपराधी समाते नेताहरुकै मान्छे वा कार्यकर्ता पर्ने, सानालाई समाते केही नहुने ठुलालाई समात्नै नहुने यस्तो अवस्था भए के नेपाली जनताले गरीवीवाट उन्मुक्ती पाउलान् त । देसको अवस्था सरकार प्रतिपक्षको शैली देसमा देखीएको अन्यौलता यतिवेला आम नेपाली जनतामा एउटा दरो प्रश्न उव्जीएको छ । देसको अवस्था र परीस्थीति भ्रस्टचार अनियमितता तस्करी वलात्कारी हत्या हिसाँ ढिलासुस्ती यि सवै कुराहरु र नेताहरुकौ चमत्कारी जिवनशैली देख्दा राजनिति केका लागि किन लिनका लागि कि दिनका लागि भन्ने प्रश्नले चौतर्फी घेरा हालिरहेको छ ।
अव यो घेरा भित्र देसको सरकार मात्र होइन प्रतिपक्ष मात्र होइन विभिन्न क्षेत्र सँग आवद्ध बुद्धिजिवी मानवधिकारकर्मी नागरिक समाज सवै यो जनताको प्रश्नको घेरा भित्र परी सकेका छन् । यसको जवाफ सवैले दिनै पर्छ कि त जवाफ दिन सक्नुपर्छ कि त आफ्नो नैतीकताको मुल्याङन गर्न सक्नुपर्छ कि त आज जनताको प्रश्नको घेरा भित्रमा पर्नू मात्र ठूलो होइन भोली आम जनताको घेरामा उभिन वाध्य हुनुपर्ने हुन्छ । जनताको घेरामा पर्नु भनेको जनताको कठघरामा उभिनुहो त्यसको जवाफ सवैले दिनैपर्छ अव हरेक मन्त्री नेतालाई जनप्रतिनिधिलाई आम जनताले सोध्ने छन राजनिति के का लागि किन ? लिन कि दिन । सवैको एउटै प्रश्न हुनेछ । सवैमा चेतना भया ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments