नेपालको नर्सिङ्ग काउन्सिल ‘आफै झाँक्री आफै बोक्सी’

सराङकोट न्यूज
22 January, 2019 7:31 am

रित्तो हस्पिटलको भरमा पद्म नर्सिङ कलेजलाई मान्यता प्रमाण पत्र

सिटीइभिटी र नर्सि· काउन्सिलको कमाउ धन्दा

पोखराको पद्म नर्सिङ कलेजले अस्पतालको क्षमता भन्दा दोब्बर वढी नर्सिङका विद्यार्थीहरु भर्ना लिएर राज्यको कानुनलाई चुनौती त दिएकै छ त्यसमाथी पनि विद्यार्थीको भविष्यमाथी समेत खेलवाड गरेको पाइएको छ । २०६५ सालवाट सञ्चालित पद्म नर्सिङ कलेजले राज्यले समय सापेक्ष निर्माण गरी लागुगरेको निति नियम र निर्देशनलाई लत्याउदै मनोमानी ढंगवाट कलेज चलाउदै आएको छ।

पद्म नर्सिङ कलेज (स्कुल अफ नर्सिङ)ले पोखरा न्यूरोडको पद्मनर्सिङ होम संग मात्र सम्वधन लिएर हरेक वर्ष ४० जना विद्यार्थी पिसिएल नर्सिङ कक्षामा भर्न लिदै आएको छ । नेपाल नर्सिङ काउन्सिलको मिति २०७१ वैशाख ९ गतेको वोर्डवैठकको निर्णय अनुसार ५० शैयाको अस्पताल भएकाहरुले प्रति वर्ष २० जना मात्र विद्या

Advertisements

र्थी भर्ना गरेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो। नेपाल सरकार शिक्षा मन्त्रालयको निति निर्देशन वमोजिम नर्सिङ काउन्सिलले वोर्ड निर्णय गराई कार्यन्वयनका लागि पत्राचार गरेको थियो । 

काउन्सिलले नर्सिङ शिक्षाको गुणस्तर कायम गर्न गराउन कलेज र अस्पतालको शैया संख्याको अनुपात समेत तोकेको छ । १ विद्यार्थी वरावर ३ वटा वेड अनुपात तोकिएको छ । तर विडम्वना त्यहि काउन्सिलको मातहतमा चलेको पद्म नर्सिङ कलेजले ५० शैयाको हस्पिटल देखाएर ४० जना विद्यार्थी भर्ना लिदै आएको छ । विद्यार्थी अनुपातमा १२० शैयाको हस्पिटल हुनुपर्ने हो तर ५० शैया मात्रको पद्म नर्सिङ होम देखाएको छ । २० जना भन्दा वढी विद्यार्थी भर्ना किन लियो भन्ने कुरा खोजीको विषय वनेको छ। नेपाल नर्सिङ काउन्सिल नर्सिङ शिक्षालाई व्यवस्थित र नियमन गर्न वनेको अड्डा हो यसले कलेजको अध्ययन मूल्याङ्कन, अनुगमन, सुपरभिजन गर्ने र नियमक निकायले गरेको निर्णय जारी गरेको सुचना र निर्देशन कार्यन्वयन गर्ने गर्न लगाउने दायित्व वोकेको छ तर काउन्सिलको कार्यसैली कमाउ अनि रमाउमा सिमित हुन थालेको वुझिएको छ । आफैलाई अटेर गरि अवैध ढंगले कलेज सञ्चालन गर्नेहरुलाई कारवाहीको सट्टा संरक्षण गर्र्दै आएको पाइएको छ । 

मिति २०७१/१/२३ गते नर्सिङ काउन्सिलले जारी गरेको निर्देशन र २०६७ चैतमा स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन मात्र हैन स्वास्थ्य तथा स्तरोन्नती मापदण्ड २०७१ समेतलाई ठाडै अवज्ञा गर्देै आफुखुसी दोव्वर संख्याका विद्यार्थी भर्ना गर्दै आएका पद्म नर्सिङ कलेज र यस्तै पारामेडिक कलेजहरुलाई स्वयम् नर्सिङ काउन्सिलले नियमन गर्नुको साटो संरक्षण गर्दैै आउनुुलाई रहस्यमय ढंगले हेरिएको छ ।
कलेजको कमजोर पक्षलाई कमाउने धन्दा वनाएर नर्सिङ काउन्सिलले आफ्नै

 निति, नियम र निर्देशनलाई धोति लगाइदिएको छ । २० जना वढी विद्यार्थी भर्ना गर्दा उहि कार्यक्रम उहि जनशक्ति र 

उहा भौतिक पूर्वाधारमा करोड भन्दा वढी आम्दानी भएपछि अनियमित चलखेल बढेको बुझ्न थालिएको छ । 

२०७१ साल वैशाखमा भएका निर्णय लाई पंगु बनाउदै २०७५ साउन १८ गते रजिस्टार विन्दा घिमिरेद्वारा हस्ताक्षर आंशिक मान्यता प्रमाण पत्र पद्म नर्सिङ कलेजलाई थमाइएको छ ।
यता नर्सिङ काउन्सिलको अनियमित कार्य र ढाकछोपलाई सिटिइभिटिले साथ दिएको छ । कार्यक्रमको स्वीकृति र सञ्चालनमा पटक पटक गन्हाएको सिटिइभिटी पद्म नर्सिङ कलेजको अवैध ढंगवाट दोब्बर विदार्थी भर्ना लिने काण्डमा प्रतक्ष्य संलग्न पाइएको छ । ५० वटामात्र वेड भएको अस्पताल संग सम्वन्धन लिएको कलेजलाई ४० जना विद्यार्थी भर्ना गर्ने गरि नतिजा उपलब्ध गराएको छ। यसले काउन्सिल र कलेजको अनियमित धन्दा

 मा सहभागी वनेर आफ्नै मुखमा हिलो छ्यापेको छ। 

यता नर्सिङ काउन्सिलले मापदण्ड पुरा नगरेका कलेजहरु संग वार्षिक रुपमा मोलमोलाइ गरेर आँसिक मान्यता दिने गरेको छ । २०७५÷४÷१८ मा प्रदान गरेको प्रमाण पत्रमा नर्सिङ क्याम्पसको निति तथा कार्यविधि २०७५ पुरा गरेको उल्ले गरेको छ तर सो भन्दा पछि स्वस्थ्य मन्त्रालय, शिक्षा मन्त्रालयको निति निर्देशन र आफैले

 २०७१ मा गरेको निर्णय समेतलाई लत्याएर एकांकी ढंगले अनुमती दिएको छ ।

रितो घर देखाएर विद्यार्थी भर्ना

पद्म नर्सिङ कलेज व्यवस्थापनले नदिपुर स्थित बुद्ध हस्पिटलको रितो घर देखाएर वढि विद्यार्थी भर्ना लिएको छ । कलेजकी प्राचार्य इन्दु थापा भन्छिन् “बुद्ध हस्पिटलमा अस्पताल चलाएर १०० वेड वनाउने योजना छ ।”
वुद्ध हस्पिटल पद्म नर्सिङ होमले खरिद गरेपनि त्यो संचालनमा आएको छैन । ल

गानीकर्ताहरु वीचको उग्र विवाद कम्पनी रजिष्ट्रार कार्यालय देखि सिडियो कार्यालय र आन्तरिक राजस्व कार्यालय सम्म छताछुल्ल भएर पोखिएको छ । यहि अवस्थामा वुद्ध अस्पताल संचालन हुने सम्भावना न्यून रहेको छ तर कलेज प्रशासन वुद्धलाई देखाएर कानूनको आँखामा छारो हाल्न खोज्दै छ । विद्यार्थीको भविष्यलाई मध्यनजर गर्ने हो भने कलेजले सम्बन्ध

नको लागि अर्को अस्पताल छान्नुको विकल्प नहुन सक्छ ।

को के भन्छन् ?

ईन्दु थापा (प्राचार्य, पद्म नर्सिङ कलेज पोखरा)
२०६५ सालवाट संचालित कलेजमा आफू २०६९ सालमा आएको इन्दु थापाले वताईन् । ५० शैयाको हस्पिटल सँग सम्बन्धन लिएर २० जना विद्यार्थी मात्र भर्ना लिनु पर्ने हो तर व्यवस्थापनले समयमै सो

च्न सकेन । वोर्डमा आफू नभएका कारण हस्पिटलको सम्बन्धन थप्न आफ्नो कुनै भूमिका नरहने उनले वताइन् । माथिवाट आउने नर्सिङ काउन्सिल र सिटिइभिटिका मान्छेहरुले कार्यक्रम दिइरहेकोले ४० जना नै चलाइएको हो प्राचार्य थापाले वताइन् ।

इन्दु थापालाई आफ्नो कलेजमा लिएको ४० जनाको भर्ना र पढाइवारे गलत भएको महसुस छ तर पनि नियमानुसार गर्न, निति वनाउने काम वोर्डको हो उनले भनिन् । विद्यार्थीहरुलाई प्राक्टिसको वारेमा समस्या परेको पनि प्राचार्य थापाले स्वीकार गरिन् । यता उताका हस्पिटलहरुमा लगेर प्रयोगात्मक कक्षा लिनु परेको कारण समस्या परेकोले अव सय वेडको अस्पताल सँग सम्झौता गरेर मात्र नयाँ भर्ना लिने अन्यथा २० सिट भन्दा वढी विद्यार्थी लिन नमिल्ने उनले वताइन्।

जीवन प्रसाद भण्डारी (प्राचार्य, सिटिइभिटी पोखरा)
संघियता कार्यान्वयनमा आएर अधिकार र कार्यक्षेत्र विकेन्द्रित भएपनि सिटिइभिटीको केन्द्रियकरण उस्तै छ । पोखरामा रहेको सिटीइभिटिको कार्यालयलाई यस क्षेत्रको प्यारामेडिक एकेडेमीहरुको चरम वेथितीहरु जानकारी भएपनि टुलुटुलु हेरेर वस्नुको विकल्प रहनेछ । अनुगमन, निरीक्षण गरी अवैध ढंगवाट चलेका आफूले स्वीकृत गरेका कलेजहरुको

 नियमन गर्नु पर्ने निकायलाई अधिकार विहिन वताइएपछि यहाँको अनुगमन, निरिक्षण र नियमनको चावी केन्द्रमै राखिएको छ । सिटिइभिटीको कार्यालय भक्तपुरवाट वर्षको एक पटक आउने र अनि प्रकृया पुरा नभएकाहरुलाई समेत पुरै सिटमा विद्यार्थी भर्ना हुन परीक्षा लिई नतिजा उपलव्ध गराउदै आएको छ ।
दर्तै नभएका अस्पतालको नाम देखिएर कार्यक्रम चलाउने देखि वेड भन्दा दोव्वर वढी विद्यार्थी भर्ना लिएर

अनियमित कार्य गर्नेहरुको वारेमा वुझ्दा भण्डारी भन्छन् यि कतिपय वेथितिको जानकारी भएपनि हामीले केहि गर्न सक्दैनौं उनको भनाइले सिटिइभिटी केन्द्रले आफ्ना चक्रमा देशभरका कलेजलाई विभिन्न स्वास्र्थमा प्रयोग गरेको आशंका उव्जिएको छ । प्राचार्य जीवन भण्डारी भन्छन् प्यारामेडिक कलेजहरुको दर्ता, स्वीकृति अनुगमन कारवाहीका कुरा सवै माथि सोध्नु

स्। 

यस्तै सिटिइभिटि अन्तर्गत नेपालमा चलेका १०९ वटा प्राइभेट पिसिएल नर्सिङ कलेजहरु रहेका छन् ति मध्य

 ४५ वटा नर्सिङ कलेजले मात्र नेपाल नर्सिङ काउन्सिलको प्रकृया र मापदण्ड पुरा गरेका छन् । वाँकी ६० वटा कलेजहरुको आफ्नो अस्पताल नै छैन उनिहरुले सरकारी अस्पताल र अन्य प्राइभेट अस्पतालहरु सँग सम्झौता गरेर कलेज चलाएका छन् कतिपय सरकारी अस्पताल र मेडिकल कलेजहरुले नियम भन्दा वढीलाई सम्बन्धन सम्झौता प्रदेश गरेर कमाउ धन्दा चलाउदै आएको पाइएको छ । सिटिइभिटी का उच्च अधिकारी र नर्सिङ काउन्सिल को मिलेमतोमा त्यस्ता 

अनियमितता हुने गरेको विद्यमान अवस्थाको अध्ययनवाट खुल्न आएको छ ।

राज्यका संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु देखिकै फाइल र स्थल हेरेर अनुसन्धान गर्ने हो भने सवै स्पष्ट खुल्ने अपेक्षा गरिएको छ । सिटिइभिटी र नर्सिङ काउन्सिलका पदाधिकारीको कनेक्सन र तिनको सम्पत्ति छानविन गरिनु पर्ने जानकारहरु वताउँछन् ।

राधिका सिग्देल (वोर्ड सदस्य, नेपाल नर्सिङ परिषद्)
नर्सिङ कलेजहरुका वेथितिका वारेमा आफ्नो ध्यानाकर्षण भएको छ। मापदण्ड पुरा नगरेका कलेजहरु संचालनमा रोक लगाइएको अनुभव सुनाउँदै पोखराको पद्म नर्सिङ कलेजको अस्पतालको वेड संख्या आधारमा अवको विद्यार्थी भर्ना २० जनामात्र हुने राधिका सिग्देलले वताइन । ५० वेड भएको पद्म नर्सिङ होमलाई देखाएर चलेको कलेज

लाई के आधारमा अंशिक मान्यता दिएर ४० जना विद्यार्थी भर्ना गर्न दिएको भन्ने हाम्रो प्रश्नमा पद्म नर्सिङ कलेजले वुद्ध हस्पिटलको नाम राखेर सय वेडको अस्पतालको विवरण बुझाएर निवेदन दिएको सिग्देलले वताइन् । वर्षौ देखि बन्द रहेको 

हस्पिटलको नाम वेचेर दोव्वर विद्यार्थी भर्ना गर्न दिनु पहिला अनुगमन समेत नभएको वुझ्न सकिन्छ । काउन्सिल वाट तारा रम्लेलको नेतृत्वमा पोखराको नर्सिङ कलेजहरुको अनुगमन समेत गरेको सिग्देलले वताइन् त्यहि समितिको मुल्यांकन र सिफारिसको आधारमा ४० सिटको लागि मान्यता प्रदान गरिएको दावि गरिएको छ । तारा रम्तेलको टोलीले कस्तो अनुगमन ग¥यो ? त्यसको मक्सद के थियो भन्ने तथ्य खोजीको विषय वनेको छ । जवकी वुद्ध हस्पिटल वन्द छ पद्ममा ५० वेड मात्र चलेको छ । विद्यार्थीले प्राक्टिस गर्ने मुख्य चुरो कुरो भनेकै अस्पतालको वेड र त्यसको अकुपेन्सी हो । यति भनिरहँदा नेपाल नर्सिङ काउन्सिलकी वोर्ड सदस्य राधिका रेग्मी भन्छिन् काउन्सिल अव गंभिर छ २० सिट भन्दा वढी भर्ना नदिन काउन्सिल वोर्डले निर्णय लिन्छ ।

जीवननारायण काफ्ले (प्रमुख, स्तर निर्धारण महाशाखा)
सिटीइभिटीको स्तर निर्धारण महाशाखा प्रमुख जीवनारायण काफ्ले पनि अनुगमन र मुल्यांकनकै

 आधारमा पद्म नर्सिङलाई ४० विद्यार्थी भर्ना गर्न अनुमती दिएको वताउँछन् । २०६७ पहिल्यै ४० सिटको भर्ना अनुमती दिएको कारण सिट कम गर्न नसकिएको उनले वताए । नर्सिङ कलेजमा चरम वेथिति रहेको काफ्लेले स्वीकार गरे तर नियमनमा तदारुक्ता भने पाइएन । उनले विज्ञले अनुगमन गरी प्रतिवेदन दिएका आधारमा सिट निर्धारण गर्ने वताए तर अनुगमन कुन होटलमा वसेर गरियो भन्ने प्रश्न अनुत्तोरित छ । वास्तविक फिल्डमै अनुगमन भएको भए वुद्धको खाली भवनले के कति कति नम्वर पायो । कतिपय अस्पताल नै नभएका कलेजेले नक्कली विवरण भरेर पनि कलेज चलाइरहेको पाइएको हाम्रो प्रश्नमा उनले वेथिति रहेको स्वीकार गर्दै भने वर्षौको वेथिति हड्न समय लाग्छ । 

योगेश भट्टराईको चुरीपुरीको कनेक्सन के ?

नेकपाका युवा नेता योगेश भट्टराई यतिखेर चिकित्सा शिक्षा सुधारको लागि सत्याग्रहमा होमिएका प्रा.डा. गोविन्द केसी विरुद्ध खनिएका छन् । उनले डा. केसीलाई निर्मम प्रहार गरेका छन् । सर्वसाधारण जनताका लागि लडेका डा. केसी सर्वहारा वर्गको नेतृत्व गरेको दावी गर्ने योगेश भट्टराई किन खनिए ? यतिखेर नेतालाई थुप्रै मुद्दा छन् निर्मला पन्त प्रकरण ३३ किलो सुन प्रकरण, सिण्डिकेट प्रकरण, होली वाइन प्रकरण तर योगेश भट्टराई किन मात्रै गोविन्द केसी विरुद्ध उत्रिए होलान् ।
कुरा सिदा छ, यस अघि मनमोहन मेमोरियल शिक्षण अस्पताल जोगाउन कफन वाँधेर डा. केसीका विरुद्ध उत्रिएका एमाले नेता राजेन्द्र पाण्डेलाई पछि हटाइएको छ उनको ठाउँमा योगेश भट्टराईलाई अघि सारेर डा. केसीको सत्या

ग्रह तुहाउन खोजिएको छ । एनजिओको खेतीपातीमा अनुभवी भट्टराई यतिखेर मेडिकल माफियासँग घाटी जोडेर अघि वढेका छन् ।
नेपाल नर्सिङ परिषद्मा आफ्नी श्रीमती विन्दा घिमिरेलाई रजिष्टार वनाउन सफल योगेश भट्टराई नर्सिङ कलेजहरुलाई पनि मनोमानी सम्वन्धन र संचालन गर्न चाहेको वुझ्न सकिन्छ । यतिखेर नेपाल नर्सिङ परिषद्का रजिष्टार रहेकी विन्दा घिमिरेले पनि नर्सिङ कलेजलाई वेथितिको अखडा वनाउन थालेको पाइएको छ । नियमनकारी निकायको रुपमा रहेको काउन्सिलले आफैले वनाएको नियम, निर्णय र निर्देशन समेत कुल्चिएर अघि वढ्न थालिएको कुरा पोखराका केहि नर्सिङ कलेज र नेपाल भरका ५० वढी कलेजको वेथिति हेरे पुग्छ ।
आशा लाग्दो नेता भट्टराईको कनेक्सन चिकित्सा शिक्षा सुधारको विपक्षमा देखिएको छ । मेडिकल कलेज र नर्सिङ कलेजलाई आफू अनुकुल वनाउने कि आम जनता अनुकुल वनाएर विधि सम्मत वनाउने भन्ने वारेमा वुझनु जरुरी छ ।

सम्बन्धन देखिनै अनियमितता

मेडिकल शिक्षाको सुधारका खातिर सत्याग्राही प्रा. डा. गोविन्द केसीले उठाएका मुद्दाहरु सम्वोधन हुने क्रममा छन् । मेडिकल कलेजका हचुवाका भरमा लिदै आएका भर्नाका सिट संख्या १५० वाट १०० मा झरेका छन् । यसले गुणस्तरीय मेडिकल शिक्षामा वल पुगेको छ भने मेडिकल शिक्षामा व्याप्त व्यापक व्यापारिकरणलाई झुकाउन मद्दत पु¥याएको छ ।

तर नर्सिङ एच.ए. लगायतका कार्यक्रम चलाउने प्यारामेडिक कलेजहरुको विकृति भने घट्न सकेको छैन । सम्वन्धनका नाममा मापदण्ड पुरा नगरेका कलेजहरुलाई समेत विश्वविद्यालयहरुले सम्वन्धन प्रदान गर्ने र त्यसमा नर्सिङ काउन्सिल (जसले सिट निर्धारण गर्छ) र पाठ्यक्रम सहित कार्यक्रम स्वीकृत गर्ने सिटिइभिटीको मिलेमतोमा कतिपय कलेजहरुले अवैध कक्षा चलाएर व्यापार चलाउदै आएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय वाट सम्वन्धन लिएका प्राइभेट नर्सिङ कलेजहरु ३५ मध्य १६ वटाको आफ्नो अस्पताल नै छैन । उनिहरु मध्य आधा जतिले सरकारी अस्पतालको नाम राखेर कलेज चलाएको पाइएको छन् । भने कतिपयले नाममात्रको अस्पताल तोकेका छन् । ९  वटा नर्सिङ कलेजको हस्पिटल संख्या पुगेको छैन । वाँकी १० वटा कलेजले मात्र प्रकृया पुरा गरेका छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: