भित्रभित्रै कमाउनी, राजनीतिमा रमाउनी

शिवराज वस्ताकोटी (शिवदाई)
16 January, 2019 9:22 am
Advertisements

देसले कोल्टे फे/\यो व्यवस्था परिवर्तन भयो शासक परिवर्तन भयो भनिए पनि सरकारमा जाँदा मिश्रित विचार हरुको सरकार वन्दै गए सरकार परिवर्तन मात्र हुदै गएनन् हिजोका दमनकारी भनिएकाहरु समेत नयाँ नेपालको नयाँ व्यवस्था सहितको सरकारमा सहभागी हुदै गए । पछिल्लो समय त यस्तो सम्म देखियो को कस सँग किन के का लागि युद्ध लडि रहेछ भन्ने कुरा नेपाली जनताले वुझ्नै सकेनन् १० वर्षे जनयूद्ध भयो ६२÷६३ जन आन्दोलन भयो तर कसलाई हटाउन भयो भन्दा राज संस्था हटाउनका लागि मात्र भएको रहेछ भन्ने देखियो हिजो जनयूद्धलाई जनआन्दोलनलाई दवाउन प्रमुख भूमिका खेल्नेहरु नै परिवर्तित व्यवस्था आएपछिको नयाँ नेपालको नयाँ सरकारमा परिवर्तनकारी सँगै भए पछि यहाँ नेर प्रश्न उठ्यो किन हजारौं नेपाली जनताको रगत वगाउने खेल भयो नेपाली जनतासँग हिजो सामन्तवादी शोसक भनेर किटानी गरी चिनाएकाहरु सँगै आज घाटीमा घाटी मिलाएर सत्ताको स्वादन गरी पाटी खानू थियो भने नेपाली जनतालाई एक अर्को सँग मात्र होइन भाइलाई भाई सँग लडाउने काम किन गरियो त वर्तमानले सोधिरहेछ प्रश्न गरी रहेछ । यदि यो देसमा सामन्तवाद अन्त्य भएकै हो भने फेरि यो वर्तमानमा देखिएको विकृति र विसंगती सहितको राजनीतिको जंजिरमा रुमलिएको देसको यो अवस्थालाई नेपाली जनताले कुन वाद भन्ने ।
कहिले कुन वाद कहिले कुन वादको ललिपप देखाउदै आफ्नो पोल्टो भर्दै नेताहरुले कहिले सम्म राजनीतिक नाममा नातावाद कृपावाद भ्रष्टवादमा लागेर देसमा व्रह्मालुट मच्चाउने कहिले सम्म नेताहरु आलो फल लागेको रुखमुनी घाटी तानेर झर्ला र खाम्ला अनि घर जाम्ला भने जस्ता गरी रहेन ।
नेपाली जनतालाई कहिले सम्म लोकतन्त्रको लोकभाका गाउन लगाएर नेताहरुले स्वार्थ लुट्ने कहिले सम्म नेपाली जनतालाई झुक्यादै म जीवन भर राजनीतिका नाममा जेल वसेको राजनीतिमा नै जीवन समाप्त पारेको भन्दै भित्र भित्रै सम्पत्ति कुम्ल्याउदै नेपाली जनता लाई वेपकुफ वनाउने नेपाली जनतालाई कहिले सम्म धोका दिने नेताहरुसँग वर्तमानको प्रश्न कहिले सम्म जनतालाई ढाँट्न र विचार साट्न लागि पर्ने कहिले सम्म लालपुर्जा लुकाए पनि वाग्मतीमा ठड्याएका ति पहाड सरी महल लुकाउने छिपाउने कहिले सम्म आफन्तका नाममा सम्पत्ति जोडेर नेपाली जनतालाई धोका दिने । एउटा गवार नवुझने सर्वसाधारणले पनि वुझ्ने कुरा जसले जीवनभर राजनीति ग¥यो उसैको ठाउँ ठाउँमा सम्पत्ति कसरी भयो, उसैको धेरै सुन, उसैका धेरै वैंकमा खाता, उसैका ठुला ठूला कम्पनीहरुमा शेयर, उसैको जहाँ तही अदृश्य लगानी हुने गरेको देख्न, सुन्न पाईन्छ । भन्ने वेलामा जनतासँग भन्ने राजनीतिमा फालियो जवानी अव के कमाउनी भन्ने भित्र भित्रै महल ठड्याउनी राजनीतिमा रमाउनी भएपछि यो भन्दा नेपाली जनता माथि धोका अरु के हुन सक्छ त्यो भन्दा देस द्रोही अरु को हुन सक्छ ।
हिजो देस भ्रष्टाचारमा चुर्लुम्म डुव्यो देस असफल हुने भयो सामन्तले जरा गाड्यो एउटै वंशको वशमा परेर नेपाली जनता विवस भएर वाँच्न वाध्य हुनु प¥यो भन्ने नेताहरुलाई प्रश्न के आज अन्याय अत्याचार भएको छैन के भ्रष्टाचार भएको छैन के तपाइहरुवाटै देसलाई असफल वनाउने स्वार्थी र भित्री कार्य भएको छैन छातीमा हात राखेर शहीदको रगतलाई सम्झेर नेपाल आमाको कसम खाएर भन्न सक्नु हुन्छ । त्यसो भन्ने आट अव कसैमा छैन किन भने वर्तमानले सवैकुरा प्रष्ट पारी सकेको छ । यहाँ लहरो तान्दा पहरो थर्कने डरले सवैलाई सताएको छ । कसैलाई पाटीको चिन्ता कसैलाई नेताको चिन्ता छ यहाँ जनता र देसको चिन्ता कसैलाई छैन रहेछ भन्ने कुरा त निर्मला हत्या वलात्कार काण्ड, ३३ किलो सुन काण्ड, वाइडवडी जहाज काण्ड जताततै काण्डै काण्ड छन् विकासमा काण्ड स्वास्थ्यमा काण्ड शिक्षामा काण्ड वैदेशिक रोजगारमा काण्ड, सपथमा काण्ड यस्तो भएपछि कसरी देस उभो लाउँछ कसरी नेपाली जनता सम्वृद्ध हुन्छन् औंलामा क्यान्सर भएपछि औंला काट्न सक्नु प¥यो हात गोजीमा हालेर हिड्दैमा औंला लुकाउदैमा औंला सुरक्षित हुदैन भोली हातै फाल्नु पर्ने अवस्था आउन सक्छ भन्ने कुराको ख्याल सवैमा हुनु पर्ने हो ।
तर त्यतातिर कसैको ध्यान पुगेको छैन हरेक काण्ड र प्रकरणमा पहिला खुव विरोध गर्ने सडक नै तताउने पछि पछि गएर सवै कुरा सेलाउँदै जाने भए पछि कुन शक्ति छ यस्तो जसले कुनै पनि प्रकरणलाई नियाल्न दिदैन । नेपाली जनताले शंका मान्न थाली सकेका छन् र खोजी गरी रहेकाछन् ।
नेपाली जनता जति चुप लागेका छन् त्यति नै उठे भने पुरै धर्ती नै हल्लीने गरी आधी वहेरी ल्याउन सक्छन् भन्ने कुराको चेतना त सवै नेताहरुमा हुनु पर्ने हो भ्रष्टाचार भएको छ भएको हो भने कारवाही गर्नुप¥यो होइन भने किन विरोध मात्र गरीरहने भ्रष्टाचारगर्ने ले पनि कति दिन सम्म आची लुकाएर आची माथि नै वसे झै गरी रहने एक न एक दिन थाहा भइ हाल्छ दुर्गन्ध आउँछ आउँछ एक दिन नेपाली जनताले चाल पाउँछ पाउँछ त्यस्तालाई सडकमा उभ्याएर कालो मोसो लाउँछ लाउँछ यसमा कसैको दुई मत रहँदैन नेपाली जनताको अर्को नाम पानी हो । शितल जल हो यदि पानीले आफ्नो आकार वढायो भने वगाउन सक्छ सवै नेता हरुमा यो कुराको पनि हेक्का रहोस् । नेपाली जनतालाई देस चलाउने नाममा ढाडै सेक्ने गरी कर लगाउने आफूहरु तलव भत्ता वढाउदै जाने भ्रष्टाचारमा मल जल गर्दै जाने हो भने कति दिन सम्म नेपाली जनताले साथ दिनेछन् । धेरै भयो भने त गुुड पनि तितो हुन्छ भन्ने कुरा सवैले वेलैमा वुझ्ने हो भने जनतालाई ढाँट्ने छल्ने धोका दिने काम नहोस् । त्यसैले अव जनता झुक्याउने काम कहि कतै वाट नहोस् । नेपाली जनताले माथि पु¥याउन सक्छन् भने भोली पातालमा पु¥याउन पनि सक्छन् त्यो स्वाद ता शाहवंशले चाखि सकेको अवस्था छ अव वहुवंशजवाद आएको होकी भन्ने वर्तमानले देखाउँदै आएको छ । देसमा एउटा अन्त्य गरेपनि फेरि धेरै वंशहरुले शासन गर्न खोजेका त हैनन् भन्ने शंका उव्जीन थालेको छ । जसरी भारतमा अंग्रेज धपाए सँगै भारत वर्षमा गान्धीवाद भयो ठिक त्यसै गरी नेपालमा पनि राजालाई फाले लगत्तै विभिन्न वंशजवादले आफ्नो आकार लिन खोजेको त छैन र पछिल्लो अवस्था नेताहरुको जीवन सैली र कृयाकलापले त्यहि संकेत गर्दै छ । त्यसैले अवका दिनमा त्यस्तो हुन सक्ने सम्भावना र परिस्थितिसँग जुद्धै देसमा जव जव संकट दमन ज्यातती हुन्छ नेपाली जनता आगो वन्न सक्छन् ज्वाला वन्न सक्छन् सेक्ने आगोले पोल्न सक्छ अति भयो भने नवोल्ने पनि वोल्छ सक्छ सवैमा चेतना भया ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: