सराङकोट साप्ताहिक
पोखरा महानगरलाई कर दस्तुर नतिरी सडक महोत्सव गर्ने रेवानको सपना तुहिएको छ । रेवानका अध्यक्ष वुधराज भुजेल (भिमसेन) ले नियमानुसार तिर्नु पर्ने कर दस्तुर नतिरिकन कर्मचारीलाई फस्ल्याङ फुस्लुङ पारेर सडक महोत्सवको अनुमती लंगेका थिए । पोखरा महानगरपालिका कार्यपालिका सदस्य समेत रहेका रेवानका अध्यक्ष भुजेल स्वयमले महानगरको कर दस्तुर छली गरेको विषयमा सराङकोट साप्ताहिकले खवर प्रकाशन गरेको थियो । समाचार प्रकाशन पछि रेवानले कर छलेको प्रकरणमा महानगर भित्र व्यापक आलोचना भएको थियो ।
अन्तत रेवान महानगरलाई कर तिर्न वाध्य भएको छ । केहि दिन अघि ६० हजार रुपैयाँ कर वुझाएपछि कर छल्ने रेवानको सपना तुहिएको हो । ६० हजारमा महोत्सव स्वीकृत दस्तुर ३० हजार र स्टल भाडा कर ३० हजार वुझाएको खवर सराङकोटलाई प्राप्त भएको छ ।
व्यापारिक स्वार्थ समूहको नेतृत्व गर्ने व्यक्ति नै कार्यपालिका सदस्य हुनु र कार्यपालिका सदस्यले नै महानगरको आम्दानीको स्रोत माथि ¥याल चुहाउनुलाई किमार्थ राम्रो मान्न सकिन्न । स्मरणिय छ गतवर्ष कर विवादमा आन्तरिक राजस्व कार्यालय पोखराले छानविन गरी मोटो रकम कर असुलेको थियो ।

०६१४४५०००, ९८५६०३३३९१
अन्ततः रेवानले तिर्यो महोत्सव कर
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्