पोखराको नाम देश विदेशमा परिचित छ । पोखरा सुन्दर पर्यटकीय नगरी, पोखरा लाहुरेको शहर, पोखरा ताल तलैयाको शहर पोखरा गुफै गुफाको शहर, पोखरा सुक्ला गण्डकीको वरदान पोखरा शान्ती स्तुपा, विन्दवासिनी, तालवाराहीको शहर, जस्ता थुप्रै परिचयले विभुषित पोखराको परिचय थपिन थालेको छ । भ्रष्टहरुको शहर पोखरा ।
भ्रष्टहरुको शहर पोखराको परिचयको सम्भावना प्रचुर वढ्न थालेको छ । महिनै पिच्छे घुस लेनदेन गर्दा गर्दै सरकारी कर्मचारीहरु अख्तियार को फन्दामा पर्न थालेका घटनाले पोखरेलीहरुको शिर निहुराएको छ । अन्य जिल्लाको तुलानामा कास्कीको सदरमुकाम पोखरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सकृयता वढेको छ ।
गण्डकी प्रदेशको राजधानी शहर समेत रहेको पोखरामा रहेका सरकारी कार्यालयका उच्च अधिकारीहरु भ्रष्टाचार प्रकरणमा भटाभट पक्राउ पर्न थाले पछि पोखराको परिचय मात्र फेरिएको छैन पोखरेलीहरुको शिर निहुरिएको छ ।
वितेका एक वर्ष भित्र आदा दर्जन प्रकरण मा अख्तियारले कर्मचारी लाई घुस लिदाँ लिदै पक्राउ गरेर मुद्दा दायर गरेको छ । ईलाका वन कार्यालयका सहायक वन अधिकृत ५० हजार घुस लिद लिदै पक्राउ परेका छन् । उनको मुद्दा विचारधिन रहेको छ । त्यस पछि विद्युत प्राधिकरणका कर्मचारी २५ हजार नगद सहित पक्राउ परेका इश्वर रेग्मीको मुद्दा फस्ट ट्रयाक वाट रहस्यमयी ढंगवाट मुद्दा किनारा लागेको छ ।
यस्तै उच्च सरकारी वकिल कार्यालयवाट सह न्यायधिवक्ता सुरेन्द्र थापा ५ लाख घुस सहित पक्राउ परे । उनि विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसको लगत्तै मालपोत कार्याल्य कास्की अधिकृत ख्याम नारायण पौडेल पक्राउ परेका छन् । पौडेललाई अख्तियारले ५० हजार नगद घुस लिएको आरोपमा पक्राउ गरेको वताएको छ ।
मंसिर १४ गते आइतवार साँझ पोखराको व्यस्त चोक वुद्धचोकवाट गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख सह सचिव तारानाथ पौडेल एक लाख घुस सहित रंगेहात पक्राउ परेका छन् । सहसचिव पौडेलले अहेव पदको अन्तरवार्तामा पास गराइदिन्छु भन्दै एक लाख रुपैया घुस मागेका थिए । घुस दिन पृथ्वीचोक वोलाएका उनले पछि स्थान परिवर्तन गरी वुद्धचोक वोलाएका थिए ।
अख्तियारको पोखरा टोली र सिधा कुरा जनतासँगको संयुक्त पहलमा स्टिङ अपरेशन सफल भएको थियो । स्वास्थ्य निर्देशन पौडेलले वुद्धचोक स्थित मनकामना पेट्रोलपम्प छेउ मै सेवाग्राहीसँग घुस लिएका थिए । घुस लिने वित्तिकै अख्तियारको टोलीले नियन्त्रणमा लिएर मुचुल्का गरिएको थियो ।
लोकप्रिय टेलिभिजन च्यानल न्यूज २४ को सिधा कुरा जनता सँग कार्यक्रमको स्टिङ अपरेशन गरेको उक्त प्रकरण सर्व व्यापी भएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रि स्तरसम्म पोखराको भ्रष्टाचार प्रकरण उदांगो भएको छ । पटक पटक भइरहेका भ्रष्टाचार संसारको ध्यान पोखरा तर्फ तानिएको छ । हाम्रो पोखरा राम्रो पोखरा भन्ने परिपाटी अव उल्टिन सक्ने देखिएको छ । परिचय नै वदल्ने गरी नियमित जसो भइरहेको भ्रष्टाचारी पोखरावाटै पक्राउ पर्नुले निर्लज्जता थपेको छ ।
प्रतिक्रिया दिनुहोस्