विज्ञान संकाय ११ कक्षाको नतिजामा गंभिर लापरवाही, पढाई छोडेर विद्यार्थीहरु आन्दोलित

सराङकोट न्यूज
11 December, 2018 10:17 am

परीक्षा के को लागि दिने जव सहि नतिजा नै आउँदैन भने । मेहनत गरेर किन पढ्ने जव पढाइकै मुल्यांकन नै हुदैन भने । यस्तै यस्ता विभिन्न प्रश्नको जवाफ खोज्दै छन् हाल कक्षा १२ मा विज्ञान संकाय पढिरहेका विद्याथीर्हरु । विद्यार्थीलाई उनिहरुका अभिभावक र विद्यार्थी संघ संगठनहरुले साथ दिइरहेका छन् ।

११ कक्षाको विज्ञान संकायको उत्तर पुस्तिका परिक्षणमा गंभिर लापरवाही गरी विद्यार्थीको भविष्य माथि खेलवाड गरेको दावी गर्दै पोखराका निजि तथा संस्थागत विद्यालयमा १२ कक्षामा अध्ययरत विद्यार्थीहरु पढाई नै छोडेर सडकमा ¥याली र परीक्षा वोर्डको प्रदेश कार्यालय पोखरा घेराउ र नारावाजी मा उत्रिएका छन् । पोखराका अधिकांस संस्थागत विद्यालयमा अध्ययरत अव्वल विद्यार्थीहरुको नतिजा अपेक्षा गरेभन्दा विपरित आए पछि विद्यार्थीमा व्याप्त चरम असन्तुष्टि आक्रोसमा वदलिएको छ । त्यो आक्रोसले आन्दोलनको रुप लिएको छ आन्दोलन उग्र वन्दै गएपछि व्यापक प्रहरी परिचालन गरिएको छ ।
२०७५ वैशाखमा लिइएको ११ कक्षाको नतिजा २०७५ असोज २० गते प्रकाशन गरियो । जसमध्य विज्ञान संकायको कपि परिक्षणमा लापरवाही गरी त्रृटिपूर्ण नतिजा प्रकाशन गरी अव्वल विद्यार्थीको मनोवल गिराइएको पीडित विद्यार्थीहरुले वताएका छन् । ए प्लस र ए भन्दा कम नतिजा नआउने विद्यार्थीहरुको केहि विषयको नतिजा डि, डि प्लस र सि सम्म आएको पाइएको छ ।
उत्तर पुस्तिका परिक्षणवाटै लापरवाही गरिएको र पुन चेकिङको माग विद्यार्थी र तिनका अभिभावकले गरेका हुन् । तर राष्ट्रिय परीक्षा वोर्ड कपि पुन परिक्षण गर्ने कानूननै नभएको भन्दै उम्कने दाउ गरिरहेको छ ।
नतिजामा त्रृटि भएको विषयमा सर्वत्र आलोचना विरोध र असन्तुष्टि व्यक्त भएपछि राष्ट्रिय परीक्षा वोर्डका सदस्य युवराज पराजुलीको संयोजकत्वमा छानविन कार्यदल गठन ग¥यो । कार्तिक २० गते कार्यदलको नयाँ निर्णय आयो सि ग्रेड सम्म आउने दुई विषयको स्तरवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरियो जव कि यस अघि डि प्लस आउने विषयको मात्र स्तर वृद्धिको परीक्षा दिन पाइन्थ्यो । राष्ट्रिय परीक्षावोर्डले आफ्नो लापरवही छोप्ने उद्देश्यले विद्यार्थीको चित्त वुझाउन सि ग्रेडलाई स्तरवृद्धि परीक्षा दिन पाउने निर्णय लिएपनि विद्यार्थीको जायज माग संवोधन प्रति वोर्ड अझै आनाकानी गरिरहेको छ।

Advertisements

चरम लापरवाहीको आशंका उव्जियो
कक्षा ११ विज्ञान विषयको प्रश्न पत्र देखिनै षडयन्त्र सुरु गरिएको तथ्यहरु वाहिरिएका छन् । त्यसपछि कपि परिक्षण र संपरिक्षण गर्ने व्यक्तिहरुले गैह्र जिम्मेवार ढंगले लापरवाही पूर्ण शैली र हचुवाको नम्वर दिएर नतिजा सार्वजनिक गरिएको पुष्टि हुन आएको छ । पोखरा केन्द्र अन्तर्गतका मात्र २७३९ जना विद्यार्थीले रिटोटलिङको लागि निवेदन दिए । २७३९ विद्यार्थी मध्य १३२ जनाको नतिजा वदलिएको छ । उनिहरुको स्तर वृद्धि भएर आएको छ । नतिजामा ग्रेड जम्प समेत भएको पाइएको छ भने रिटोटलिङ निवेदन नदिएको अंग्रेजी विषयमा समेत स्तर वृद्धि भएर आएको सम्बन्धित विद्यार्थीहरुले दावी गरेका छन् ।
रिटोटलिङ नतिजाले पनि ११ जना विज्ञान संकायको नतिजामा चरम लापरवाही भएको प्रवल संभावनालाई चित्रण गरेको छ । अंक जोड्न समेत नजान्ने उत्तर पुस्तिका जाँचकीले कसरी वुझेर, जाँचेर ठिक नम्वर दिन सक्छ यो एउटा गंभिर र सोचनिय विषय वनेको छ । कपि जांचकी कसरी के आधारमा छनोट गरियो ? कहाँको, कुन शिक्षकले कपि परिक्षण ग¥यो ? संपरिक्षक ले के आधारमा कसरी हरियो मसि लगायो भन्ने विषयमा एक एक छानविन गरिनु पर्ने पिडित विद्यार्थी र अभिभाव माग सम्वोधन गरिनुको विकल्प छैन । रिटोटलिङ माग नै नगरीएको अंग्रेजी विषयको नतिजा कसरी परिवर्तन भयो ? उठेका विषयहरुले लापरवाहीको पराकाष्ठा झल्काउँछ ।
राज्यकोष र विद्यार्थीको फिसवाट तलव सुविधा खाने परीक्षा वोर्डका पदाधिकारी, कर्मचारी र शिक्षकहरुवाटै विद्यार्थीहरुको भविष्य माथि गंभिर खेलवाड भएको छ। ११ कक्षाको नतिजा आए पछि अव्वल विद्यार्थी सवभन्दा वढी पिडित भएका छन् । आफ्नो मेहनतको सहित मुल्यांकन नभएपछि विद्यार्थीहरु डिप्रेसनको सिकार भएका छन्। उनिहरुका अभिभावक आफ्नो वच्चाको तनाववाट त्रस्त छन् । मनोवल नै गिराउने गरी अनपेक्षित नतिजा आएपछि विद्यार्थीले गलत निर्णय लिन सक्ने भन्दै वच्चाको पछि लाग्न विवस भएको अभिभावकको गुनासो छ ।
राज्य किन गैह्र जिम्मेवार छ नागरिकप्रति ? नियतवस लापरवाही गर्ने कर्मचारी र शिक्षक प्रति किन छानविन र कारवाही गर्दैन सरकार? जनता प्रति यो मन्स्य न्याय कहिले सम्म ?
राज्य जनउत्तरदायी हुने हो भने पिडित विद्यार्थीको माग संवोधन गरिनु पर्छ । विज्ञ स्वतन्त्र टोली परिचालन गरेर विद्यार्थीको कपी पुन परिक्षण गर्नुपर्छ र लापरवाही फेला परे पूर्व कपी जाँचकीलाई दण्ड दिनुपर्छ आम नागरिकले त्यस्ता वदमास हरुलाई पहिचान गर्नुपर्छ ।

प्रतिवेदन सार्वजनिक गर्न माग

नतिजा विवाद समाधान गर्न भनि गठन गरिएको कार्यदलको प्रतिवेदन गोप्य छ । राष्ट्रिय परिक्षा वोर्डका सदस्य युवराज पराजुलीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी, अभिभावक, विद्यार्थी, संघ संगठन नागरिक समाज सवैले एक स्तरले माग गरेका छन् तर राज्य मौनता साँधेर वसेको छ । पराजुली प्रतिवेदन सार्वजनिक गर्ने हो भने कक्षा ११ को कपि परिक्षक, सम्परिक्षकको कहाँको स्पष्ट खुल्ने अपेक्षा गरिएको छ । आफू उपर परेको पिर मार्का सम्बन्धी गरिएको छानविन सार्वजनिक नगर्नुका पछाडि धेरै षडयन्त्र लुकेको अनभूति पीडित हरुले गरेका छन् । जनताको माग सम्वोधन गर्न र राज्यले आफ्नो उपस्थिति देखाउन पराजुली प्रतिवेदन सार्वजनिक गरी दोषीलाई दण्ड र भविष्यको कर्णधार विद्यार्थीलाई न्याय दिन जरुरी रहेको छ ।

न्यायको लागि अनसन
विज्ञान संकायका ११ कक्षाका विद्यार्थीहरुको असोज २० गते प्रकाशित नतिजा र कपि परिक्षणमा गंभिर त्रृटि र लापरवाही गरेको भन्दै पोखराका विद्याथीृहरुले थालेको आन्दोलनमा राज्यले सुनुवाई नगरेपछि न्यायको लागि अनसन थालिएको छ । मंसिर १६ गतेवाट आन्दोलित विद्यार्थीहरु मंसिर २४ गतेवाट अनसन वस्न वाध्य भएका छन् । अनसनमा पिडित विद्यार्थीका अभिभावक, विद्यार्थी संघ संगठनहले ऐक्यवद्धता जनाएका छन् ।
पोखराका नाम चलेका संस्थागत विद्यालय एस ओ एस, मदरल्याण्ड, सगरमाथा लगायतका वोर्डिङहरुका विद्यार्थीहरुको नतिजा अस्वभाविक ढंगले न्यून आएपछि विद्यार्थीहरु आफ्नो कपि पुन परिक्षण को माग राखेका थिए। परिक्षकले नियोजित ढंगवाट कपि जांची नतिजा विगारेको हुन सक्ने भन्दै कपि जाँचकीलाई कडा कारवाहीको माग गरिएको एक अभिभावक शंकर वास्तोलाले वताए। दुई सुत्रिय माग राखी थालिएको आन्दोलन माग पुरा नभएसम्म जारी रहने वास्तोलाले वताए । अनसनलाई नागरिक समाजले पनि एक्यवद्धता जनाउने वताइएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: