एन प्याब्सान खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता

सराङकोट न्यूज
1 December, 2018 7:12 am
Advertisements
Advertisements

निजि तथा आवासीय विद्यालयहरुको छाता संगठन एन प्याव्सान कास्कीको खेलकुद महोत्सव अन्तर्गत शुक्रबार छात्र फुटबल प्रतियोगिता शुरु भएको छ ।

शुक्रबार शुरु भएको प्रतियोगितामा होली माउन्ट, शान्ति बाटिका,पुष्प सदन,पोखरा क्याम्व्रिज,लेखनाथ मेमोरियल, हार्वड एकेडेमी र विरेन्द्र मेमोरियल स्कूल अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

फुटबल महोत्सवको औपचारीक उद्घाटन भने मंसीर १८ गते पोखरा रंगशालामा हुने एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिए । उनका अनुसरा महोत्सव २१ गते सम्म चल्ने छ ।

खेलकुद महोत्सवको उद्घाटन नेपाल सरकारका संघीय खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने एन प्याब्सान कास्कीका सचिव मानकाजी गुरुङले जानकारी दिए ।

रंगशालामा हुन गैरहेको १२ औं एन प्याब्सान खेलकुद महोत्सवको तयारी तीव्र पारिएको छ । ‘ गठित उपसमितिले आ–आफ्नो कामलाई तिव्र पारेका छन्’ अध्यक्ष मोचीले भने,‘खेलकुद महोत्सवलाई सव्य र भव्य बनाउका लागि हामी निरन्तर खटिरहेका छौ ।’

नेसनल प्याब्सान कास्कीमा आबद्घ चार दर्जन विद्यालयको सहभागिता रहने खेलकुदमा एन प्याब्सान कास्कीको सङ्कल्प ःखेलकुद शिक्षाको अभिन्न अ·’ भन्ने मुल नारा लिइएको छ । पोखरा रंगशालामा निर्माणका काम भैरहेकाले प्रारम्भिक चरणका खेलहरु अन्य ठाउँहरुमा खेलाइने मोचीले जानकारी दिए ।

खेलकुद महोत्सव सम्पन्न गर्न एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको संयोजकत्वमा समिति गठित १४ सदस्यीय मूल आयोजक समिति, र विभिन्न उपसमिति पनि आ–आफ्नो तयारीमा जुटिरहेका प्रचार प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिए ।

नक्कली खेलाडी नआउन् भनेर आफूहरु सचेत रहेको वताउदै एन प्याव्सान कास्कीका सह क्रियाकलाप प्रमुख शिवदत्त तिवारीले खेलाडीहरुको नामावाली, फोटो, कक्षा, रोल नं स्पष्टसँग सम्बन्धित विद्यालयका प्रिन्सिपलले प्रमाणीत गरी मगाएको बताए ।

एन प्याव्सान कास्कीमा आबद्घ ४५ विद्यालयका ८ हजार खेलाडीहरुको सहभागिता रहने खेलकुद ३० हजार सरोकारवालाहरुले अवलोकन गर्ने तिवारीले वताए ।

खेलकुद महोत्सवमा प्रतियोगितात्मक रुपमा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्सका जुनियर र सिनियर तर्फका खेलहरु सञ्चालित हुने भएका छन् । खेलकुद सम्पन्न गर्न करिव २० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको एन प्याव्सान कास्कीकी कोषाध्यक्ष रत्ना गुरुङले जानकारी दिइन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: