
नेपालका कतिपय ठाउँहरुमा हत्या, वलात्कार एवम् यौनजन्य हिंसा वढ्दै गएका छन् । दिनादिनै वालिकाहरु यौन हिंसाको सिकार हुन थालेपछि त्यसवाट जोगिन आत्मारक्षा सम्वन्धि तालिम दिन थालिएको छ ।
कास्कीमा पनि विभिन्न विद्यालयहरुमा अध्ययनरत किशोरी (छात्रा) हरुलाई आत्मरक्षा सम्बन्धि तालिम प्रदान गर्ने श्रृंखला सुरु गरिएको छ । यसै क्रममा पोखरा–१६ को विन्ध्यवासिनी मा.वि. वाटुलेचौरमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययनरत छात्राहरुलाई आत्मरक्षा सम्बन्धि तालिम दिन थालिएको छ ।
कास्कीमा पनि विभिन्न विद्यालयहरुमा अध्ययनरत किशोरी (छात्रा) हरुलाई आत्मरक्षा सम्बन्धि तालिम प्रदान गर्ने श्रृंखला सुरु गरिएको छ । यसै क्रममा पोखरा–१६ को विन्ध्यवासिनी मा.वि. वाटुलेचौरमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययनरत छात्राहरुलाई आत्मरक्षा सम्बन्धि तालिम कार्यक्रम संचालन गरिएको छ । सोमवार गण्डकी प्रदेशका सांसद अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला (रुपक) ले आत्मरक्षा तालिमको उद्घाटन गरेका थिए । उनले किशोरीहरु आफ्नो सुरक्षा आफैले गर्न मनोवल उच्च राख्नु पर्ने वताए ।
सुरक्षाको अनुभूति स्वयम्वाट सिर्जना गर्नुपर्ने औल्याएका थिए ।
कार्यक्रमका विशेष अतिथि कास्कीका प्र.जि.अ. चक्रवहादुर वुढाले किशोरीहरुको सुरक्षा घर परिवार, समाज, विद्यालय सवै जिम्मेवार वन्नु पर्ने वताए । घर परिवार सवैभन्दा वढी सचेत रहुनपर्ने उनले वताए । लामाचौरको पुस्पा केसीको मृत्युमा पारिवारिक कमजोरी वढि रहेको वताउँदै आफ्ना वालवालिका सम्पर्कमा नरहने वित्तिकै तत्काल खोजिको लागि प्रहरीलाई खवर गर्नुपर्ने वताए।
यस्तै पोखरा १६ का वडा अध्यक्ष जीवन आचार्य सामाजिक कार्यकर्ता विना सिलवाल, सविन जिसी, वि.व्य.सं. अध्यक्ष चन्द्रा थापा लगायतले तालिमबाट केहि सिक्न सुझाव सहित शुभकामना दिएका थिए भने कार्यक्रम सञ्चालन शिक्षक महेन्द्रमणी पौडेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्