तनहुँको विमलनगरमा भएको सवारी दुर्घटनामा परेका घाइतेको उपचार खर्च सम्बन्धि विवाद उत्कर्षमा पुगेको छ । २०७५ भाद्र २० गते मोटरसाइकल चालकले जम्बो हायसलाई उछिन्ने क्रममा पोखरा दिल्ली चल्ने मोर्डन इरा ट्रावल्सको ना ५ ख ३६२२ नम्वरको वसमा ठोक्किन जाँदा मोटरसाइकल चालक गंभिर घाइते भएका थिए । घाइतेको दायाँ खुट्टा गुमेको छ उनको हाल वि.एण्ड वि. मा उपचार भइरहेको तनहुँ प्रहरीले वताएको छ ।
घाइतेको उपचार खर्च विषयमा वस संचालक र घाइते पक्षवीच कुरा मिल्न सकेको छैन । करिव १९ लाख को खर्च दावी विल प्राप्त भएपछि भुक्तानी दिन वस संचालकले इन्कार गरेको भन्दै घाइते पक्षले क्षतिपूर्ति भराइपाउन जिल्ला प्रहरी कार्यालय मार्फत् उजुरी दिएपछि जिल्ला प्रशासनमा मुद्दा दर्ता गर्ने तयारी गरेपछि वस व्यवसायीहरुले मुद्दा दर्ता गरिए हड्ताल गर्ने चेतावनी दिएका छन्।
तनहुँ प्रहरीले मोर्डन इरा ट्राभल्सका संचालक केशव अधिकारी र पृथ्वी राजमार्ग वस संचालक समितिका अध्यक्ष ऐन कुमार साइ विरुद्ध क्षतिपूर्ति मुद्दा दर्ता गर्ने तयारी गरेको तनहुँ प्रहरी स्रोतले वताएको छ ।
यता वस व्यवसायी आफ्नो कारणले दुर्घटना नभएको वताउँदै घाइतेको माग दावी सम्वोधन गर्न नसकिने वताउँदै आएको छ । विमा नीति वमोजिम वाहेक मानविय सहयोग गरिने पृथ्वी राजमार्ग वस संचालक समितिका महासचिव योगेन्द्र केसीले वताए । मंगलवार विहान छलफलको लागि तनहुँ प्रहरीले दुवै पक्षलाई वोलाएको छ । सहमती नभए मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । मुधा दर्ता गरिए गण्डकी प्रदेशमा यातायात हड्ताल गरी न्याय खोजिने महासचिव केसीले वताए ।

०६१४४५०००, ९८५६०३३३९१
मुद्दा चलाए हड्ताल गछौं–यातायात व्यवसायी
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्