२०८१ फाल्गुन १२
०६१४४५०००, ९८५६०३३३९१

१० वर्षिया वालिका श्रेयाको बलात्कारपछि हत्या

पोखरा १९ की १३ वर्षिया पुस्पा केसीको हत्याको रहस्य नखुल्दै पोखरा २२, की १० वर्षिया श्रेया सुनारको नृसंस हत्या भएको छ । कक्षा ३ मा अध्ययनरत श्रेया मंगलवार सांझ विस्कुट किन्न भन्दै पसल गएकी थिइन । पसलमा चुरोट किन्न आएका सोही ठाउँ वसी कुल्ली काम गर्ने वर्ष २७ का कुसुम पौडेलले पैसाको लोभ देखाई ललाई फकाई नजिकैको जंगलमा लगि वलात्कार गरेको र वलात्कार पछि हत्या गरेको खुल्न आएको छ ।
कुसुम पौडेललाई कास्की प्रहरीले मंगलवार राती नै गिरफ्तार गरेको छ । वुधवार सार्वजनिक गरिएका पौडेलले वलात्कार पछि श्रेयाको हत्या गरेको स्वीकार गरेकाछन् । यता श्रृंखलावद्ध हत्या र वलात्कारका घटना घट्न थालेपछि पोखरेलीहरु आन्दोलित भएका छन् । वुधवार संयौको संख्यामा जिल्ला प्रहरी कार्यालय घेराउ तथा नारावाजी गर्दै हत्यारालाई कडा कारवाहीको माग गर्दै धर्ना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्