
भाद्र १ गते देखि जारी गरिएको नयाँ कानुन वमोजिम जुवा खेल्ने र खेलाउने दुवै जेल वस्नुपर्ने प्रावधान भएपनि जुवाडेहरु अझ चेतेका छैनन् । कास्की प्रहरीले पोखरा २५ याम्दीमा जुवा खेलाइ रहेकी घरवेटी गिता पुन मगर सहित ८ जना जुवाडेलाई पक्राउ गरि मुद्दा दायर गरेको छ ।
पक्राउ पर्ने जुवाडेहरुमा पोखरा २५ का ४३ वर्षिय कुमार मगर, विध्यवासिनीका ३१ वर्षिय कुमार लामा, पोखरा २८ का २८ वर्षिय वुद्धि कडेल, ३५ वर्षिय नन्दु सहनी, वर्ष ४७ का श्रवण सहनी, २८ वर्षका प्रेम गुरु·, ३९ वर्षिया लक्ष्मि पुन मगर रहेका छन् । उनिहरुवाट नगद ६० हजार ५७५ रुपैया वरामद भएको कास्की प्रहरीले वताएको छ ।
दुई महिला समेत संलग्न रहेको उक्त जुवाको खाल पक्राउ गर्ने जिल्लाको प्रहरी टोली खटिएको थियो । उनिहरु विरुद्ध लागेको अभियोग प्रमाणित भएमा ३ महिना सम्म कैद वस्नु पर्ने हुन्छ । कास्की प्रहरीले जुवाडे पक्राउ अभियानलाई तिव्रता दिने वताएको छ ।
प्रतिक्रिया दिनुहोस्