२०८१ फाल्गुन १२
०६१४४५०००, ९८५६०३३३९१

वडा अध्यक्षको कम्पनीले तिर्यो महानगरलाई २५ हजार जरिवाना

सर्वसाधारण नागरिकले गल्ती गरेर राज्यलाई दण्ड जरिवाना तिर्नु सामान्य कुरा हो तर कानून वनाउने तहमा पुगेका जनप्रतिनिधिहरुले नै गल्ती गर्छन् भने त्यसलाई के मान्ने ? यस्तै भएको छ पोखरा महानगरमा ।
पोखरा महानगरका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीको कम्पनीले महानगरलाई २५ हजार जरिवाना तिरेको छ । वडा अध्यक्ष अधिकारी समेत रहेको ऐना निर्माण सेवा कम्पनीको ग १ क ३१६० नम्वरको डोजरले रीतपूर्वक अनुमती नलिई वार्ड नं २१ को नाउडी भन्ने स्थानमा उत्खनन् गरेको सम्बन्धमा महानगरले २५ हजार जरिवाना तिराएको हो ।
गत भाद्र २३ गते २१ नं. वडाका वडा अध्यक्ष खगराज आचार्यले उत्खनन् भइरहेको स्थलमा पुगि डोजरको चावी नियन्त्रणमा लिएका थिए । त्यसपछि प्रहरीले डोजर नियन्त्रणमा लिई छोरेपाटनमा राखेको थियो । पक्राउ परेको ९ दिन पछि भाद्र ३१ गते ऐना निर्माण सेवाले जरिवाना तिरेर डोजर छुटाएर लगेको छ ।
वडा अध्यक्ष तिर्थराज अधिकारीले कम्पनीको डोजर अनुमती विना खन्न पठाइएको वारे आफूलाई जानकारी नभएको वताए । कर्मचारीले गल्ती गरेछन् उनले भने । अव त्यस्तो घटना नदोहोरिने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।
यो प्रकरण एउटा नमूना घटना हो । कानून वनाउने र कार्यान्वयन गर्ने निकायमा आवद्ध व्यक्तिको लगानी रहेको कम्पनीवाटै नियम उल्लंघन हुनु चिन्ताको विषय हो । यसवाट अन्य निकायले सावधानी अपनाउन जरुरी छ । कानून पहिले आफूले मानौ अनि अरुलाई मान्न लगाऔं ।

प्रतिक्रिया दिनुहोस्