
पोखरामा प्रयोग गर्न निषेध गरिएको प्लाष्टिकका गिलास एअरलाइन्स कम्पनीहरुले प्रयोग गर्ने गरेको पाइएको छ । केहि वर्ष अघि पोखरा, काठमाडौं ललितपुरले विक्री वितरण प्रयोग गर्न निषेध गरिएको प्लाष्टिकका गिलास र २० माइक्रोन भन्दा कम गुणस्तरका प्लाष्टिकका सवै रङका झोला काठमाडौं पोखरा, पोखरा काठमाडौं उडान भर्ने हवाइजहाजमा प्रयोग गरिदै आएको पाइएको छ ।
यति एअरलाइन्समा यात्रुहरुलाई निषेधित प्लाष्टिक गिलासमा पानी, कोकाकोला, फ्यान्टा जस्ता पेय पद्धार्थ दिदै आएको छ । प्लाष्टिकका गिलास र २० माइक्रोन भन्दा कमका प्लाष्टिकका झोला स्वास्थ्यका लागि हानिकार रहेको ठहर गर्दै विक्री वितरण र प्रयोग निषेध गर्ने तत्कालिन पोखरा उपमहानगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाले निर्णय गरेको थियो ।
प्लाष्टिकको गिलास र झोला निषेध गर्न भन्दै नगरपालिकाले लाखौं खर्च गरेको थियो । निषेधित वस्तु एयरपोर्ट भित्र कसरी प्रवेश पायो भन्ने कुरा एकातिर छ भने एयरलाइन्स कम्पनीले आफ्ना यात्रुको स्वास्थ्यलाई समेत हेलचेक्याई गरेर गैह्रकानुनी भनि निषेध गरिएको वस्तु प्रयोग गर्दै आएको प्रति चिन्ता व्यक्त गरिएको छ । कतिपय एयरलाइन्स कम्पनीले भने उडानका क्रममा प्लाष्टिकका गिलास प्रयोगमा ल्याएका छैनन् ।
मानव स्वास्थ्यका लागि हानिकार मानिएका प्लाष्टिकका गिलास रझोला प्रयोगमा ल्याउनुका किमार्थ राम्रो मान्न सकिन । मंहगो उडान शुल्क लिएका कम्पनीहरुले एक दुई रुपैयाको गिलासमा कञ्जुस्याँई गर्नु कति जायज होला ? महानगरपालिकाले निति सार्वजनिक गर्ने तर कार्यान्वयनमा ल्याउन नसकेको कमजोरीको फाईदा उठाएर एअरलाइन्स कम्पनी तथा व्यापार व्यवसाय गर्नेहरुले गैह्र कानूनी मानिएको वस्तुको प्रयोग गर्नुले जन उत्तरदायी कार्य मान्न नसकिने जानकारहरुले बताएका छन् ।
हवाइजहाजको यात्रामा कानून नलाग्ने हो भने राज्यले किटान गरिदिनु जरुरी छ । यहाँ यति एअर लाइन्स एउटा नमुना मात्र हो । कुन कुन एअरलाइन्स ले मानव स्वास्थ्यमा हानी पुग्ने प्लाष्टिकका गिलासमा चिसो र पानी खुवाउने गरेका छन् । त्यस वारेमा अनुगमन गरि सार्वजनिक गरिनु पर्ने वातावरणविज्ञहरुले औल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्