२०८१ फाल्गुन ११
०६१४४५०००, ९८५६०३३३९१

सडकको करमा डसिंदै जनता

कृषि, पशुपंक्षी ढुवा  नीमा मनोमानी कर

मुलुकमा संघियता कार्यान्वयनमा आए पछि जनताले राहत भन्दा आहत पाइरहेका छन्। संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा अहिले तीन तहको सरकार रहेको छ । तीनै तहका सरकारले विभिन्न वहानामा जनताको ढाड सेक्ने गरि कर शुल्क उठाएर हैरान खेलाइरहेका छन् । कृषि प्रधान मुलुकका जनताहरु सरकारवाटै प्रताडित छन् । खसी, वोका, कुखुरा, तरकारी ढुवानीमा समेत चर्को कर लगाइएको छ ।
पालिका सरकारले आफ्नो कर्तव्य र जनताप्रतिको उत्तरदायित्व नै भुलेर मनोमानी कर उठाउदै आएका छन् । ६५३ वटा स्वायत्त पालिकाहरुले उठाएका कर दै दस्तुरहरु विकासमा भन्दा विलासितामा खर्च हुने गरेको पाइएको छ । महंगा गाडी तथा आकर्षक तलव सुविधामा जनतावाट उठाइएका कर खर्च हुदै आएको छ । जनप्रतिनिधिहरुको कार्यसैली सेवामुखी भन्दा साशक मुखी वन्दै गएको छ । जनताले जनप्रतिवाट पिडित हुनु परेको छ। वलपूर्वक गुण्डागर्दी शैलीमा कर असुली गरिएको छ । यस तर्फ कहाँ गुनासो गर्ने ? कसले गुनासो सुन्ने? गुनासो सुन्ने निकायवाटै अन्याय हुन्छ भने न्याय कसले दिने?

राष्ट्रिय राजमार्ग मै स्थानीय कर उठाइन्छ
पृथ्वी राजमार्ग हुदै पोखरा आउने कृषिजन्य उत्पादन, पशु चौपाया,दोपाया भेडा वाख्रा ढुवानीका स

वारी साधनबाट मनोमानी ढंगवाट कर उठाइएको छ । आवु खैरहनी गाउँ पालिकाले वि.नं. २७६९ वाट मिति २०७५ भाद्र ११ गते चौपाया, दोपाया शिर्षकबाट निकासी कर उठाएको छ । दाङबाट पोखरा आएको उक्त गाडीले राजमार्ग प्रयोग गरे वापत कतिवटा स्थानिय तहलाई कर तिर्ने ? विलमा गाउँ पालिका निकासी कर उल्लेख छ तर कर राष्ट्रिय राजमार्गमा वसेर उठाइएको छ त्यो पनि अर्कै प्रदेशवाट आएको वस्तुमा कर उठाइएको छ ।
राष्ट्रिय राजमार्गमै अर्को कर उठाइएको रसिद सराङकोटलाई प्राप्त भएको छ । जिल्ला समन्वय समिति स्याङ्जा २०७३ को छाप लगाएर देउराली कन्स्ट्रक्सन वाङसिङ–२ सेपत स्याङ्जाले सिद्धार्थ राजमार्गमा आएर कर उठाएको छ । कुखुरा शिर्षकमा चार सय कुखुरावाट ४५२ रुपैया कर उठाइएको छ । गाउँपालिका घोषणा हुनु भन्दा अगाडिको विल काटेर उठाइएको कर वैध हो कि अवैध भन्ने विषयमा शंका उव्जिएको छ .

। २०७३ सलाको समन्वय समितिको वि.नं. १४१६ सम्म कति कर उठ्यो कति रकम कहाँ जम्मा भयो भन्ने छानविन हुनु जरुरी छ ।
निकासी करको नाउँमा राष्ट्रिय राजमार्गमा उठाइने कृषि तथा पशुं पक्षी करको वैधानिक वारे छानविन गरिनुपर्ने आवाज उठेको छ । प्रत्येक स्थानिय निकायले कर उठाउने हो भने हेटौडको २० रुपैया किलो तरकारी कालीमाटी पुग्दा ८० रुपैया पुग्नुलाई अनर्थ मान्न पर्दैन । राजमार्गका विचौलियाले कर ठोक्न थालेपछि महंगीले आकास हुने अवस्था आएको छ ।
आँधिखोला गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले राजमार्गमा कर उठाएको सगर्व स्वीकार गरे । उनले भने पहिलैवाट उठाइरहेका छौ संघिय सरकारले केहि वोलेको छैन त्यहि भएर उठाएको थापाले भने ।
स्थानिय तहले राजमार्गले कमाइ खाने अखडा वनाउदै आएका छन् । राज्यले एकद्धार प्रणाली मार्फत् कर उठाउने पद्धतिको विकास नगरे सम्म स्थानिय तहको पासोमा सर्वसाधारणले मनोमानी कर असुलीको कर कर वाट मुक्ति पाउन कठिन छ ।

प्रतिक्रिया दिनुहोस्