
भि.भि.आइ.पी. हिड्ने सडक पिच माथि पिच
नेपालको विकासको मोडल हेर्दा लाग्छ यहाँ विधिको साशन चल्नै सकेन । विकास कहिले मिसनका लागि चल्छ कहिले कमिसनका लागि । कहिले नेताका लागि चल्छ कहिले विदेशी पाहुनाका लागि चल्छ । हामी हाम्रा लागि कहिल्यै विकास गर्न सकेनौं । राज्यको ढुकुटीवाट अरवौं रुपैवा सनक र लहडका भरमा सकिने गरेको छ ।
प्रचुर विकासको आवश्यकता रहेको नेपालमा लगानी अनुसारको प्रतिफल प्राप्त हुन सकेको छैन । देश भुगोल र जनताको आवश्यकताको विकास नेपाल र नेपालीको छनोटमा पर्दैन । जिल्ला तहमा हुने विकास निर्माणमा नेताको पहुँचको मुल्यांकन हुदै आएको छ ।
राजधानी काठमाडौंको विकासे मोडलको कथा उस्तै लहडी छ । विदेशी पाहुना राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेपाल आगमनको अवसरमा खास विकास हुने गर्दछ । सवै मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुखलाई नेपाल सरकारले पत्याउँदैन । शक्ति राष्ट्र त्यसमा पनि नेपालको दाता राष्ट्र भारत, चीन, वेलायत, जापानको राष्ट्र प्रमुख, सरकार प्रमुख नेपाल आउँदा मात्र उनिहरुलाई देखाउन आकस्मिक विकास हुने गरेको छ।
विदेशी भी.भी.आइ.पी. नेताहरुले गाडीवाट प्रयोग गर्ने सडकहरु विकासको प्राथमिकतामा पर्ने गरेका छन् । एअरपोर्टवाट उनिहरुलाई राख्ने होटल सम्मको सडकहरु रातारात ममर्मत गरेर चिल्ला पारिन्छन् फोहोर मैला उठाएर चिटिक्क पारिन्छ र दाता राष्ट्रका प्रमुखहरुलाई मख्ख पार्ने गरिन्छ । ति पाहुनाहरु दंग पर्छन् मख्ख पर्छन् तर के थाहा नेपालका राजधानी काठमाडौं लगायत अन्य महानगरका सडकहरु को दुर्दशाका वारेमा ।
काठमाडौंमा हिजो आज यस्तै मोडलको विकासले तिव्रता पाइरहेको छ । यो पंक्तिकार एअरपोर्टवाट गौशाला तर्फ जाँदा विकासको रुप देखियो । पिच माथि पिच हुदै थिए । हेभी इक्वीपमेन्टहरुलाई भ्याई नभ्याई थियो । अलकत्रा मा गिट्टि छर्केर सडक टल्काउँदै गरेको दृश्य देख्न पाइन्छ । कारण स्पष्टै छ विमस्टेकको क्षेत्रीय सम्मेलन काठमाडौंमा हुदैछ । यहि भाद्र १५ र १६ गते हुने यो सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित विभिन्न आठ मुलुकका प्रमुखहरु काठमाडौंमा आउदै छन् । उनिहर वस्ने होटल र सम्मेलन केन्द्र सम्म जाने सडकलाई चिटिक्क पारिएको छ ।
यस अघि पनि भारतका प्रधानमन्त्री नेपाल आउँदा, सार्क सम्मेलन हुँदा काठमाडौंका केहि सडकहरु सजिएका थिए ।
संसद गगन थापाले संसदमा कुरा उठाए विमस्टेकका पाहुनाहरुलाई एकै ठाउँमा होटलमा नराखौं काठमाडौंका विभिन्न होटलमा राख्न सांसद थापाले गरेको आग्रहको रहस्य वल्ल उजागर भएको छ । राष्ट्राध्यक्ष रु लाई राख्ने होटल सम्म जाने वाटो वन्ने भए पछि सांसद थापाले त्यस्तो आग्रह गरेका रहेछन् ।
प्रतिक्रिया दिनुहोस्