
गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको पोखरा महानगर २५ को हेमजामा रहेको हेमजा अस्पतालले भिडियो कन्फेन्सबाट वरिष्ठ चिकित्कको भिडियो कन्फ्रेन्स कन्सल्टेन्ट सेवा सुरु गरेको छ । शनिबार अस्पताल प्रांगणमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ इन्डोकाइनोलोजिष्ट ज्योती भट्टराईले यस्तो घोषणा गरेकि हुन् । डा. ज्योती भट्टराई सहितका ४ जना मधुमेह रोग विशेषज्ञ इण्डोक्राइनोलोजिष्टको टिम रहेको मेट्रो काठमाण्डौं हस्पिटल महाराजगंजको सहकार्यमा हेमजा हस्पिटलवाट यस्तो विशेषज्ञ कन्सल्टेन्ट सेवा लिन पाइने भएको छ। हरेक दिन ९ वजेवाट १२ वजेसम्म यो सेवा प्रदान गरिने डा. ज्योती भट्टराइले वताइन ।
निजि हस्पिटलवाट भिडियो कन्फ्रेन्स पद्धति (टेलिमेडिसिन सेवा) वाट सेवा सुरु गर्न लागिएको यो पहिलो रहेको हेमजा अस्पतालको कार्यकारी अधिकृत दिपेन्द्र पोख्रेलले वताए । अन्तराष्ट्रिय स्तरमै ख्याती कमाएका वरिष्ठ कन्सल्टेन्टवाट पोखरा र आसपासका नागरिकले सेवा लिन पाउनु गौरवको विषय भएको पोखरेलले वताए । डा. ज्योती भट्टराई डाइवेटोलोजिस्ट डिएम डाक्टर हुन् । नेपालका लागि यो स्तरको सेवा दुर्लव रहेको मानिन्छ ।
भिडियो कन्फ्रेन्सवाट विरामी सँग सिधै सम्पर्क गरि प्रत्यक्ष संवादवाट रोगको पहिचान र निदान गर्ने कार्य पोखरावाटै सुरु गरिएपछि वरिष्ठ कन्सल्टेन्ट सेवा लिन अव काठमाडौं वा दिल्ली धाउन नपर्ने भएको छ । हाललाई मधुमेह र उच्च रक्तचापका रोगीहरुको लागि उपलव्ध गराइने यो सेवाको प्रभावकारिता समिक्षा गरेर साइक्राटिक्स रोग लगायत अन्य रोगमा विशेषज्ञ सेवा प्रदान गरिने हेमजा अस्पतालका स.चालक समेत रहेका वरिष्ठ कन्सल्टेन्ट डा. अरुण राज कुंवरले वताए ।
विगत ३ वर्ष अघि संचालनमा आएको हेमजा अस्पताल अव नयाँ व्यवस्थापनमा संचालनमा आउने भएको छ । सेवा अस्पताल पोखराले व्यवथापन र संचालनको लागि सहकार्य गर्ने निर्णय भएको सेवा अस्पतालका डा. पदम खड्काले वताए । नयाँ व्यवस्थापनमा संचालनमा आएपछि अस्पतालले २४ घण्टे इमर्जेन्सी सेवा ओपीडी जाँच, ल्याव तथा फार्मेसी , एक्सरे लगायतका सेवालाई निरन्तरता प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्