
सरकारले विपन्न परिवारलाई निःशुल्क उपलव्ध गराएको मृगौलाको निःशुल्क डायलासिस कार्यक्रमले लक्षित वर्ग भन्दा गैह्र लक्षित वर्गले सुविधा पाउँदै आएको पाइएको छ। विपन्न परिवारका सदस्यलाई प्रदान गर्ने गरि ल्याइएको निःशुल्क डायलासिस सेवा हुने खानै वर्गका हरुले प्राप्त गरि रहेको पाइएको हो ।
पोखरामा घर जग्गा पर्याप्त भएका आयस्रोत समेत राम्रो भएका थापा थरका एक व्यक्ति लेकासिटि क्रिटिकल केयर अस्पतालबाट निःशुल्क डायलासिस सेवा लिइरहेका छन् । सोही अस्पतालमा विपन्न परिवारका विरामीहरु उपचारको लागि प्रतिक्षामा छन् । कतिले कागजी प्रकृया पुरा गरेका छन् भने कतिले कागजी प्रकृया पुरा गर्न समेत सकेका छैनन् ।
अस्पतालक व्यवस्थापक डा. विष्णु नेपाली विपन्नको सुविधा सम्पन्नले लिएको स्वीकार गर्छन् । डा. नेपाली भन्छन् कागज वनाउन जसले सक्यो उसैले सुविधा पाउने हो । डकुमेन्टको आधारमा प्रतिक्षा सूचिमा राखेर उपचार सेवा दिदै आएका डा. नेपालीले वताए ।
निःशुल्क सेवा लिन के के चाहिन्छ ?
मृगौला रोगीले सर्वप्रथम आफ्नो रोग वारे चिकित्सकबाट प्रमाणित गराउनु पर्छ । यसरी प्रमाणित गरेको विरामीले आफ्नो आर्थिक कमजोर रहेको र परिवार पाल्न नसकेको सिफारिस स्थानिय तहवाट ल्याउनु पर्छ । मेडिकल रिर्पोट र स्थानिय तहको सिफारिस सहित राखेर जिल्ला जनस्वास्थ्य कार्यालयमा आवेदन दिनु पर्छ । आवेदन वमोजिम जिल्ला स्वास्थ्य समन्वय समितिले निःुशल्क डायलासिस गर्ने निर्णय गर्छ । निर्णय पश्चात सरकारले स्वीकृति प्रदान गरेका अस्पताल मध्य कुनै एकमा निःशुल्क डायलासिस सेवा लिन सक्छन् ।
महंगो छ डायलासिस
सामान्यता एउटा मृगौला रोगीले हप्तामा दुईपटक मृगौला डाएलासिस गर्नु पर्ने चिकित्सकले वताए । एक हप्तामा एउटा विरामीले ७ हजार खर्च गर्नुपर्छ । डायनासिस वाहेक औषधी खर्च छुटै लाग्छ । विरामीले सरकारबाट सेवा पाएमा पनि औषधी सेवन स्वयम् खरिद गर्नु पर्छ । सरकारले प्रति विरामी प्रति हप्ता ५ हजार रुपैया अस्पताललाई उपलव्ध गराउँदै आएको छ । प्रति हप्ता दुई पटक डायासिस गर्दा वढीमा ८ हजार खर्च लाग्ने मृगौला डायलासिस सेवा प्रदान गर्दै आएक एक अस्पतालक संचालकले वताए।
के हो डायलासिस ?
मृगौलाको काम रगत, पिसाव लाई छानेर शुद्ध बनाउने हो । जव मृगौला विग्रन्छ त्यसले रगत प्रशोधन गर्न छोड्छ । यसरी मृगौला निष्कृय भएपछि अर्को स्वास्थ्य र सकृय मृगौला प्रत्यारोपण नभईञ्जेल सम्मका लागि रगत प्रशोधन गर्ने कार्यलाई मृगौला डायलासिस भनिन्छ । डाइलाजर द्धारा शरिरका रगत शुद्ध पारेर विकृत वस्तुहरु (टक्सिन) फाल्ने र शुद्ध रगतलाई पुन शरीरमा पठाउने कार्य डायलासिस वाट हुने गर्छ ।
डायलासिस कृतिम तथा मेसिनरी पद्धति रहेको चिकित्सक दावी गर्छन् । मृगौला ट्रान्सप्लान्ट गर्ने वेला सम्मका लागि यो अनिवार्य नै मानिन्छ । मृगौला प्रत्यारोपण गर्न मिल्ने कानूनले व्यवस्था गरेका कारण इच्छित व्यक्तिले मृगौला दिन सक्छ । मृगौला प्रत्यारोपण कार्य उत्तिकै महंगो र जोखिमपूर्ण हुने गरेको विज्ञ चिकित्सक दावी गर्छन् ।
कसरी हुन्छ मृगौला खराव
सुगर र प्रेसरका करण मृगौला खराव हुने अधिक केश रहेको छ। पिसावमा गंभिर संक्रमण हुँदा पनि समयमै रोग पहिचान र उपचार नहुँदा मृगौला खराव हुन्छ। भिर मौरीको टोकाइवाट पनि मृगौला विग्रन सक्ने चिकित्सक विष्णु नेपालीले वताए । युरिक एसिड उच्च भएमा पनि मृगौला खराव हुने वताइएको छ । अधिक धु्म्रपान, मद्यपान मृगौला सक्रमणको अर्को कारण वन्न सक्ने प्रवल सम्भावना रहेको केहि चिकित्सकको तर्क रहेको छ ।
कसरी जोगिने ?
मुख्यतया आहार विहार नै मृगौला रोगवाट जोगिने अचुक उपाय हो । आहार व्यवस्थित गर्ने, व्यायाम, कसरत गर्ने, फिजिकल कसरत हुने गरि दिनचर्या चलाउने, वेला वेलामा स्वास्थ्य परिक्षण गर्ने, खासगरि सुगर प्रेसर, युरिक एसिड, मृगौला फङ्सन परीक्षण गरिरहने । यसरी परिक्षण गराउँदा मृगौलाको अवस्था वेलैमा थाहा पाउने सकिने हुँदा खतरावाट वच्न सकिन्छ। खासगरी मृगौला सम्बन्धी रोग भएकाहरुले रोग पहिचान हुने वित्तिकै चिकित्सकको सल्लाह वमोजिम उपचार तथा डायलासिस सुरु गरिहाल्नु पर्छ ।
निःशुल्क डायलसिसका लागि स्थानिय तहवाट ल्याउनु पर्ने सिफारिस वमोजिम प्रकृयामा प्रवेश गर्न जरुरी छ । पहुँचवाला र हुनेखाने वर्गले गरिवको कोटा नै खाइदिने गरेका कारण सरकारी सुविधा लक्षित वर्गसम्म पुग्न नसकेको ठम्यइ भएको छ । यसमा राज्यले गरिव पहिचान कार्ड तत्काल लागु गर्न आवश्यक छ ।
(डा. विष्ण्ुा नेपालीस“गको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्