सरकारको नीति कागजी घोडा मात्र (भिडियो सहित)

सराङकोट न्यूज
28 August, 2018 4:16 am
Advertisements
Advertisements

राजधानी काठमाडौंमै सिण्डिकेटको ताण्डव

सरकार यातायातमा जारी सिण्डिकेट तोड्न न्वारान देखिकै वल लगाइरहेको छ । यात्रुहरुले सास्ती पाएको र यातायात समितिको एकलौटी हालीमुहाली कायम रहेको वताउँदै त्यसलाई तोड्न निति पनि वनायो । २०७४ चैत्र १८ गते यातायात व्यवस्था विभाग काठमाडौंले विभिन्न कार्यविधि वनाएर कार्यान्वयनमा ल्यायो । तर सरकारको निति कागजमै सिमित रहेको पाइएको छ । घटना पुस्ट्याई गर्न टाडा जानै पर्दैन राजधानी काठमाडौंकै विजोक हेरे पुग्छ । त्यो पनि रत्न पार्कमै ।
रत्नपार्कवाट काठमाडौंकै मनमैजु नगरपालिका जाने संयौ यात्रुहरुले वस नपाएर घण्टौं लाइनमा वस्नु परेको छ । रत्नपार्कवाट मनमैजु वानियाँटार जाने यात्रुहरु वस कुरेर दैनिक ३–४ घण्टा लाइनमा वस्नु पर्ने वाध्यता रहेको छ । महानगरीय प्रहरी गेट देखिका यात्रुको लाइन २–३ सय मिटर सम्म पुग्ने गरेको लाइन व्यवस्थापनमा खटिएका प्रहरीले वताएका थिए ।
संयौ यात्रुहरु वसको प्रतिक्षामा रहेका देखिन्छन् । महिला, वालवालिका, जेष्ठ नागरिक, दृष्टिविहिनहरु घण्टौं सम्म लाइनमा उभिएर वस कुर्न वाध्य छन् । उनिहरु रत्नपार्क वानियाँटार जान एउटा समितिको कुनै विकल्प छैन। पर्याप्त वस संचालनमा ल्याउन नसक्दा महंगो ट्याक्सी भाडा तिरेर गन्तव्यमा पुग्न वाध्य छन् यात्रुहरु ।
यात्रुको भिड वढेर रत्नपार्कले धान्नै नसकेर कुनै अर्को वस खोजेर मनमैजु घनेश्वर वानियाँटार पठाउँदा त्यहाँका समितिका गुण्डाहरुले नयाँ जाने वस चालक, सहचालकलाई कुटपिट गर्ने वस गर्ने तोडफोड गर्ने गरेका कारण त्यहाँ संचालित लोकल समिति वाहेक अरु जान आँट गर्दैनन् एक प्रहरीले हामीसँग भने । एक पटक यात्रु छोड्न गएका कान्तिपुर यातायातका चालक माथि वानियाँटारमा दुव्र्यवहार भएपछि त्यहाँ अरु वसहरु जान मान्दैनन् । कान्तिपुर यातायातका चालकले भने सुरक्षाको ग्यारेन्टी नगरी जानै सकिन्न ।
सिण्डिकेटको अन्त्य गर्ने ढोल पिटेर चर्चामा आएका गृहमन्त्री राम बहादुर थापा, यातायात मन्त्री रघुविर महासेठ र प्रधानमन्त्री के.पी. ओलीले राजधनी काठमाडौंको मुटु रत्न पार्कको सिण्डिकेट तोड्न सकेका छैनन् । रत्नपार्कमै राज्यको उपस्थिति शुन्य रहनु निर्लज्जको विषय हो । गाडी कुरेर थकित भएकाहरुको आसुं पसिनाको महत्व वुझ्ने प्रयास समेत गरिएको छैन । सिण्डिकेटका पक्षधरहरुको गुण्डाराज चलिरहँदा किन मौन छ सरकार ? संयौ यात्रुहरुको पिडा वुझ्न काठमाडौं भित्र यातायात व्यवस्थापन गर्न नसक्ने यातायात व्यवस्था विभागको औचित्य के अव जनताले हिसाव किताव खोज्ने वेला आएको छ ।
ट्राफिक व्यवस्थापन गर्नु पर्ने, शान्ती सुरक्षा दिनुपर्ने प्रहरीहरु यात्रुको लाइन मिलाएर राख्नमै हैरान छन् । लाइन मिलाउन व्यस्त एक प्रहरी जवानले भने “लौ न हजुर माथि कुरा पु¥याइदिनु प¥यो जनताले सास्ती पाए” ड्युटीमा खटिने प्रहरीले वुझेको नागरिकको पिडा निति निर्माता र कार्यान्वयन गर्ने निकायका ठालुहरुले वुझ्न सकेनन् । सिंह दरवार र वालुवाटारका दरवारमा वस्ने कालो सिसा लगाएका वातानुकुलित साधनमा सवार प्रधानमन्त्री, मन्त्री र महानगरका मेयर साहेवहरुको आँखा खुल्नु नसक्दा यो अवस्था आएको हो। प्रधानमन्त्रीको आँखा खुल्न नसक्दा यो अवस्था आएको हो ।
प्रधानमन्त्री, मन्त्रीहरु सवारी हुँदा सडकका आम जनतालाई लखेटेर हुईकने प्रवृत्ति कायम रहेसम्म तल्लो तहका जनताले न्याय पाउने अवस्था छैन भन्ने कुरा काठमाडौंमा जकडिएको सिण्डिकेटको सकसवाट प्रष्ट हुन आएको छ ।
गृहमन्त्री थापा, यातायात मन्त्री महासेठले पहिला आफ्नो नाकमुनिको सिण्डिकेट तोडेर मात्र मोफसलको सिण्डिकेट तोड्न कदम चाल्नु पर्छ । महासागरमा पानी जहाज चलाउने र चीन र भारत जोड्ने रेल चलाउने सपना देखिरहेका प्रधानमन्त्री के.पी. ओलीले पहिला राजधानीको यातायात व्यवस्थापन सहज तुल्याएर जनतालाई न्याय दिन सके ठूलो न्याय हुनेछ । एक पटक रत्न पार्क गएर यथार्थ वस्तुस्थिति नियाल्न पनि पिडित यात्रुहरुले आग्रह गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: