मापसे गरेका चालक र गण्डकी प्रदेश प्रमुखको झण्डावाल गाडी प्रहरी नियन्त्रणमा

सराङकोट न्यूज
31 July, 2018 3:02 pm
Advertisements
Advertisements

गण्डकी प्रदेश प्रमुख वावुराम कुँवरले चढ्ने झण्डा वाला गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साझ ७ वजे पृथ्वीचोकवाट वा २ झ ३७४४ नम्वरको स्कर्पियो गाडी र सो का चालक मधुसुधन शाहलाई कास्की ट्राफिकले नियन्त्रणमा लिएको हो ।
पृथ्वीचोक स्थित हिमालय पेट्रोल पम्प अगाडि अनियन्त्रित रुपमा गाडी गुड्दै गर्दा प्रत्यक्षदर्शीले नजिकै रहेको ट्राफिक प्रहरीलाई खवर गरेपछि उक्त गाडी नियन्त्रणमा लिइएको थियो । उक्त गाडी ट्राफिकले चलाएर गण्डकी प्रदेश कार्यालय पु¥याएको छ भने चलाक मधुसुदनलाई मापसे परिक्षणका लागि अस्पताल पठाइएको छ ।
प्रदेश प्रमुख वावुराम कुँवरले चढ्ने उक्त गाडी चालकले आफू कपाल काट्न प्रदेश प्रमुख कार्यालय शहीदचोकवाट पृथ्वीचोक आएको वताएका छन् । अर्घाखाँची घर वताउने चालकले आफूले मापसे गरेर पहिलो पटक सवारी चलाएको वताए ।

प्रदेश प्रमुखका चालक मधुसुदन

डुङडुङ रक्सी गन्हाएका चालक मधुसुदन शाहले कास्की ट्राफिक प्रमुख प्र.नि. ऐन वहादुर मल्लका अगाडि नै मापसे गरेर गाडी चलाएको स्वीकार गरेका छन् अव हेरौ डाक्टरले कस्तो रिपोर्ट दिनेहुन् ।
प्रदेश प्रमुखको गाडी चढेर भट्टी पसल जाने छुट चालकलाई कसले दियो ? मापसे गरेर झण्डावाल गाडी चलाउने चालकलाई कस्तो कारवाही हुन्छ ? त्यो भने हेर्न वाँकी छ । राज्यका उच्च ओहोदाले प्रयोग गर्ने सवारी यसरी जड्याहा चालकलाई छाडा छोड्न मिल्छ ? जवाफ चाहिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: