वर्दीको वेइज्जत गर्दै नेपाल प्रहरी

सराङकोट न्यूज
3 July, 2018 4:01 am
Advertisements
Advertisements

विरगंज भन्सार सुरक्षाकर्मीलाई लुटको स्वर्ग

यदुनाथ वञ्जारा

नेपाल प्रहरीका वहालवाला महानिरिक्षक सवेन्द्र खनालको अभिव्यक्ति खरो छ । निर्देशन पनि त्यस्तै कडा । उनको भाषण सुन्दा लाग्छ अव नेपालका भ्रष्टाचारी, तस्कर र गुण्डाहरु पत्ता साफ हुने भए । कास्की प्रहरीले गरेको एक कार्यक्रममा पनि आइ.जि.पी. खनालले भनेका थिए –“कुनै पनि प्रहरी कर्मचारी गुण्डा, भ्रष्ट र तस्करहरुसँग मिलेको पाइए तत्काल कारवाही गरिनेछ । केहि दिन हैन केहि घण्टा भित्रै कारवाही गरेर सुशासनको अनुभूति दिन कुनै कसर वाँकी नराख्ने आइ.जि.पी सर्वेन्द्र खनालले आफ्नो भाषणमा वताएका थिए ।
खनाल नेपालका ७ प्रदेश, १४ अञ्चल, ७७ जिल्लाका प्रहरी इञ्चार्ज हुन् तर उनले दिएको निर्देशन पर्सा जिल्लाका वीरगंजमा कार्यरत प्रहरीहरुले ठाडै धोती लगाइदिएका छन् । वीरगंज भन्सार लाइनमा कार्यरत अधिकांस प्रहरीहरु तस्करसँग मिलेर असुली धन्दा चलाइरहेका छन् । भारत तर्फ जाने अवैध समान ओसार पसार गर्ने टा·ा, टेम्पो चालकहरु मार्फत खुल्लम खुल्ला रकम लिदै चेक जाँच नै नगरी सवारी छोड्ने गरेका घटना त्यहाँ पुग्नेहरुका लागि सामान्य भएका छन् ।
अवैध सामान ओसार पसार गर्ने टा·ाहरु मार्फत व्यापारीहरुले प्रहरीलाई पैसा छुट्याएर पठाइदिने गरि सेटिङ मिलाइएको सराङकोटले पत्ता लगाएको छ। वीरगंजका अवैध सामानको तस्कर गर्ने व्यापारीहरु सँग प्रहरी ले सेटिङ मिलाएको कारण त्यस्ता वस्तुहरु निर्वाध भन्सार कट्ने गरेका छन् । यस्ता गतिविधि प्रहरीको मिलेमतो विना सम्भवै हुदैन । भारत निकासी हुने वैध वस्तुहरुमा भन्सार चुहावट हुने र अवैध वस्तुहरु चोरी निकासी गर्ने कार्यमा नेपाल प्रहरीका वर्दीधारी प्रहरीहरु प्रत्यक्ष संलग्न हुनुलाई किमार्थ राम्रो मान्न सकिन्न । आइ.जि.पी. सर्वेन्द्र खनालका खरो अभिव्यक्ति र कडा निर्देशनका वाक्यहरुले उनि स्वयमलाई गिज्याइरहेको छ ।
गृह मन्त्री रामबहादुर थापा वादलका भ्रष्टाचारमा शुन्य सहनसिलताको निति कागजमै सिमित वनाउन पर्साका सिडिओ, प्रहरी उपरिक्षक राष्ट्रिय अनुसन्धानका अधिकृतहरु तल्लिन रहेको पुष्टि गर्न सडकमा प्रहरीको खुल्लम खुल्ला असुली धन्दा वाहेक अरु के प्रमाण चाहिएला र ? इलाका प्रहरी कार्यालय विर्ताको मातहतमा नेपाल प्रहरीले तस्करी सँग असुली धन्दा चलाएका छन्। नाका आसपासमा खटिएका सशस्त्र प्रहरी र जनपद प्रहरीले खुल्लम खुल्ला पैसा समात्दै सवारी जाँचै नगरी भन्सार कटाएको दृश्य प्रत्यक्ष देख्दा गौरवशाली प्रहरी संगठनको वेइज्जती गराएको छ। वीरगंजमा नेपालका वर्दीधारी प्रहरीको व्यवहार र अवैध असुली देख्दा इमान्दार र नैतिकवान प्रहरीको समेत शिर झुकाउने कार्य भएको तर्फ किन हुदैन छानविन ?
प्रहरी प्रमुख र सिडियोको सरुवामा पर्सा जिल्ला उच्च आकांक्षीहरुको केन्द्र बन्ने गरेको छ । करोडौं रुपैया कमाई गर्न साना ठूला सवै खालका तस्करीको सेटिङ मिलाउँदै प्रहरी प्रसाशनका लागि वीरगज स्वर्ग वन्ने गरेको वुझिन आएको छ। पर्सा प्रहरी प्रमुखले कमाउ धन्दाका लागि इ.प्र.का विर्तामा आफ्ना विस्वासपात्र खटाउने र सडकमा खटिने प्रहरीहरुले दिनभरी खुल्लेआम असुली धन्दा मच्चाउने गरेका छन् । प्रहरीको माथि सम्म सेटिङ मिलेका कारण कारवाहीको कति पनि डर लाज नमानी खुल्ला सडकमै च्पाप्त च्याप्प पैसा समातेर खल्ती भर्नु उनिहरुको मुख्य ड्युटी रहेको छ । प्रहरीहरुले सामान्य वैध समान वोक्नेहरुले अनावश्यक हैरानी दिने, थर्काउने, दुवर्चन वोक्ने रुष्ट पार्ने गरेका छन् ।
के के मा हुन्छ तस्करी ?
तस्करी गर्ने सामान र तस्करहरुको तह हुन्छन् । करोडौंको सामान ओसार पसार गर्नेहरुले भन्सार कर्मचारी सँग मिलेर भन्सार छलि एवम् चुहावट गर्ने र त्यस्ता वस्तुहरुको चेक जाँच गर्ने प्रहरी अधिकारीहरु समेतलाई लाइन मिल्ने गरेका कारण जनपद, सशस्त्र प्रहरी कसैले पनि सेट्रि तोड्न चाहादैनन् वरु सर्तकर्ता पूर्वक त्यस्ता मालवाहक ढुवानी साधनहरु पास गराउन भूमिका खेल्ने गरेको व्यापारीहरु स्वयम् स्वीकार्छन् । हामीलाई पनि फाइदा प्रहरी र भन्सारका कर्मचारीलाई पनि फाइदा हुने भए पछि तै चुप मै चुप वीरगंजका एक व्यापारीले आफ्नो नाम नछाप्ने सर्तमा भने । त्यसरी उपल्लो सेटिङमा काम गर्ने तस्करहरुले ठूलो संख्यामा विद्युतीय सामाग्री, कपडा, हार्ड वेयर समान नेपाल भित्र्याउने र सुपारी, मदिार, मरिच भारत लैजाने गरेका छन् ।
नेपाल भारतका साना व्यापारीहरुले टा·ा र अटो (टेम्पो) मार्फत दैनिक संयौं ट्रिप अवैध समान ओसार पसार हुने गरेका छन् । विहार सरकारले विक्री र सेवन निषेध गरेको मदिरा नेपालवाट तस्करी हुने गरेका छन् । नेपाल प्रहरीले करिव ४ ठाउँमा चालकवाट पैसा समातेर तस्करी समान छुटाउने गरेका छन् भने १० गजा छिरेपछि भारतीय प्रहरीले दुई ठाउँमा पैसा लिएर टाङ्गा र टेम्पो पास गराउँछ ।
रक्सी पछि मरिच, सुपारी र स्याउको तस्करी हुने गरेका छन् । वीरगंजको घण्टाघरवाट लोड हुने सामानहरुको घुस नजराना चालकले विरगंजवाटै तय गरिन्छ । तेस्रो राष्ट्रवाट आएको मरिच र सुपारी नेपालको विभिन्न नाकावाट भारत प्रवेश गरिन्छ । भारत प्रवेशमा निषेधित यि वस्तुहरु तस्कर र प्रहरीको आम्दानीको वलियो स्रोत वन्ने गरेको छ ।
वीरगंजमा देखिएको प्रहरीको गलत हर्कत घिनलाग्दो छ । नेपाल प्रहरीले तस्करसँग भएको अपवित्र सांठ गांठ तोड्न सिविल अनुसन्धान टोली परिचालन गर्न जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: