देशमा अधिनायकवादको दम्भ हाबी भएको छ

सराङकोट न्यूज
19 June, 2018 9:04 am
Advertisements

अधिवक्ता शिव प्रसाद गौतम

नेपाली जनताले नेपाल राज्यको स्थापना कालदेखि अहिलेसम्म राजतन्त्र, राणाहरुको जहानियाँ शासन, प्रजातन्त्र, निर्दलीय पञ्चायती प्रजातन्त्र संसदीय प्रजातन्त्र पश्चात संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको गर्ने शासन प्रणाली हो भन्ने संवैधानिक व्यवस्था लागु भएको अवस्था छ । तर व्यवहारमा यो देखिँदैन । देशका सर्वसाधारण जनता र बुद्धिजीवीहरुले वर्तमानमा अधिनायकवाद हाबी भएको महसुस गरेका छन् । देशको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन अङ्गपछिको चौथो अङ्ग पत्रकार जगतको पनि भनाइ यही नै छ ।
अहिले देशमा सबै कुराको अधिकार पाएको व्यक्ति, स्वामी, खास गरी सरकारमा निरङ्कुश रूपले अधिकार प्रयोग गर्ने व्यक्ति, दमन र अत्याचारपूर्वक आफ्नो सम्पूर्ण अधिकार प्रयोग गर्ने शासक, तानाशाह जस्ता अधिनायकवादीहरुको शासन व्यवस्था चलेको छ । कुनै राजनीतिक दल वा दलसमूह अधिनायक बनी सञ्चालन गरेको राज्य व्यवस्था वा सो व्यवस्थासम्बन्धी सिद्धान्तलाई अधिनायकतन्त्र भनिन्छ । कुनै छेकथुन विना पूर्ण रूपले गरिने अधिकारको प्रयोग, सर्वोच्च नेतृत्व, अधिनायक हुनाको भाव वा गुण अधिनायकत्व हो । अधिनायकतन्त्र नै अधिनायकवाद हो । अधिनायकवादको अनुयायी, अधिनायकवाद प्रति विश्वस्त व्यक्ति अधिनायकवादी हो । अहिले देशमा दुईजिब्रे सरकार के.पी. शर्मा ओली र प्रचण्डको सरकार छ । दुईजिब्रे भनेको बोलीको ठेगाना नभएको, बेठेगानाको कुरा गर्ने पूरा केही पनि नगर्ने दुई मुखे दुई मुख भएको सरकार छ । चित्त स्थिर नभएको, विचारधारा परिवर्तन गरिरहने, दोधार कुनै कुराको निर्णय गर्न नसक्ने, अडिलो विचार नभएको दुई सुरे सरकार छ ।
एमाले र एमाओवादी निलेर बनेको दुई अध्यक्षात्मक पार्टीमा के.पी. ओली प्रधानमन्त्री हुनु भएको छ भने नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्ष छन् । दुई नाउमा खुट्टा टेकेर नदी पारि पुग्न सकिन्न भन्ने उखान प्रचण्डलाई थाहा नभए पनि उखानविद् के.पी. ओलीलाई त अवगत नै होला । दुई तीन दल गाभिएर संसदमा बलियो राजनीतिक दलको रूपमा दुई तिहाई बहुमत प्राप्त गर्नु दलका नेता तथा कार्यकर्तालाई हर्ष लाग्नु स्वाभाविक कुरा हो तर दुई तिहाई बहुमत छ भन्दैमा देशका बुद्धिजीवी र सर्वसाधारण जनताको भावनालाई लत्याएर नाजायज तवरले संविधान संशोधन गर्ने सत्ता पक्षको दुई तिहाई बहुमतको दम्भ हो ।
यो सत्तासीन पार्टीको बोव्रmे खालको अभिमान, भुत्ते घमण्ड, आडम्बर, देखावटी स्वाङ, जाल, झेल, छल, कपट हो । २०१५ सालमा भएको संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसले एक्लैले दुई तिहाई बहुमत ल्याएको अवस्थामा उसमा अधिनायकवादको दम्भले छोएको थिएन भन्ने इतिहास साक्षी छ ।
संसदमा सहभागी दलहरुलाई सत्ताको भागभण्डा लगाएर दुई तिहाई बहुमत पु¥याउनु कुनै पुरुषार्थ होइन भन्ने बुद्धिजीवीहरुको ठहर छ । निर्वाचनका बेला जनतासँग गरेका वाचा कबोलको आधारमा जनताबाटै मत पाएर सत्तामा पुगेको यतिका दिन हुँदा कुनै बाचा कबोल पूरा हुन सकेका छैनन् । “खोला पनि त¥यो लठ्ठी पनि बिस्र्यो” जनता भनिरहेका छन् । अझ जेष्ठ नागरिकहरुले त सरकारलाई सक्दो सराप गरेका छन् । नमरी बाँचिएछ भने यी झुटको खेती गर्ने नेताहरुलाई किमार्थ भोट दिँदैनौँ भनेर चौतारी विश्रामस्थलहरुमा कुरा गरेर दिन काटेका छन् ।
पञ्चायत कालमा महँगी, हडताल, कालाबजारी, भ्रष्टाचार, रण्डीबाजी, जुवातास खेल्नेहरूलाई कारबाही हुन्थ्यो, अहिले यी सबै विषयहरुमा छुट छ । एउटा सामान्य व्यक्ति सडकमा उभिएर नेपाल बन्द भन्यो भने बन्द हुन्छ । चक्का जाम बन्द नियन्त्रण गर्न सरकारले चासो राख्दैन । कथं प्रहरीले कारबाही गर्न खोज्यो भने नेताले आफ्नो मान्छे भनेर छुटाउँछन् । लोकतन्त्रमा सदाचारीलाई पुरस्कार भ्रष्टाचारीलाई कारावास हुनुपर्ने हो त्यो हुन सकेको छैन । हर क्षेत्रमा विकृति बढेको छ । नियन्त्रणमा सरकारको चासो छैन । आफू आफ्नो पार्टीका कार्यकर्ता र आफन्तलाई पोस्नु बाहेक अहिलेको दुई तिहाई बहुमत सरकारले सर्वसाधारणको हितमा कुनै काम गरेको छैन ।
छोरो पाउनु कताकता कन्धेनी बाट्नको हत पत । जनताका पिर मर्का समस्या के छन् ती पूर्ति गर्न तर्फ कुनै चासो छैन । साँझ बिहान संविधान संशोधनको रटना सुन्न पर्छ । धर्म बेचेर खान पल्केकाले सर्वसाधारण जनताको कल्याण गरेर धर्म गर्लान् भन्ने जेष्ठ नागरिक, समाजले रत्तिभर पनि आस नगरेको अवस्था छ । आफूले मत दिएर जिताएर सरकारमा पुगेका नेताहरुले आफ्नो लागि अथाह, सुविधाको व्यवस्था गरी जेष्ठ नागरिकलाई उपेक्षा गरेको देख्दा चित्त दुखाएका छन् । गुणको डल्लो देखाएर इट्टाको डल्लाले हान्ने राजनीति गर्नेको चरित्र देखी जनता आव्रmोशित भएका छन् । अहिले स्वदेशको विरुद्ध विदेशीको दलाली गर्ने नेताहरु धेरै छन् । पञ्चायत कालमा राष्ट्रसँग सम्बन्ध नभएको, राष्ट्रप्रति अहित चिताउने, व्यक्तिलाई अराष्ट्रिय तत्व भनेर कारबाही हुन्थ्यो अहिले यस्तो छैन । देशको सीमा मिचिदा सत्तामा रहेर पनि आफ्नो व्यक्तिगत स्वार्थ खोसिन्छ भन्ने सोचेर चुप लागेर बस्ने र तराईलाई टुव्रm्याएर भारतमा गाभ्नुपर्छ भन्नेहरू पनि यहाँ छन् । सत्य तीतो हुन्छ असत्य मीठो हुन्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: