गुफैगुफाको गाउँ शहर भनेर चिनिने माथिल्लो पोखरा लेखनाथ–१६

सराङकोट न्यूज
19 June, 2018 8:39 am
Advertisements
Advertisements

केशवबहादुर बस्नेत

परिचय विश्वकै एक प्रमुख प्राकृतिक सुन्दर नगरी पोखरा लेखनाथ महानगरपालिकाको उत्तरी क्षेत्रका बाटुलेचौर र अर्मला क्षेत्रहरुमा थुप्रै रमाइला रमाइला प्राकृतिक गुफा सम्पदाहरु छन् । ती मध्ये महेन्द्रगुफा र चमेरी गुफा बाटुलेचौर क्षेत्रमा पर्दछन् भने क्रेजी गुफा र गौतम बुद्ध गुफा अर्मलाको सिप्लीकुनामा छन् र अर्मलाको कुर भन्ने ठाउँमा कुमारी गुफा लगायत थुप्रै स–साना आकर्षक गुफाहरु छन्।
यी प्राकृतिक गुफाहरुको दिगो संरक्षण गर्ने, गुफा क्षेत्रलाई सुन्दर र रमणीय बनाउने र पर्यटकीय प्रवद्र्धन गरी पर्यटकीय दृश्यावलोकन क्षेत्रको रुपमा विकास गरी समुदायको जीवनस्तर उकास्ने मूल उद्देश्यका साथ विधिवत पमा वि.सं. २०६४ पौष २२ गते गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था दर्ता भएको हो । गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाले विभिन्न कार्यक्रम र पर्यटकीय प्रवद्र्धनको लागि विभिन्न योजना सहित गुफाहरुको परिचय दिँदै आइरहेको कुनै दुविधा नै छैन । तसर्थ तल उल्लेखित गुफाहरुलाई पर्यटकीय प्रवद्र्धन गरी यस ठाउँको उन्नति प्रगति साथै विकासको लहर ल्याउनको लागि सम्बन्धित निकाय, टोलबासी, राजनीतिक, समाजसेवी, क्रियाशील दाजुभाइ विधिवत रुपमा बाँकी रहेका गुफाहरुलाई पनि परिचालनमा ल्याउन सकेमा हामी सम्पूर्ण वडा नं. १६ वासीहरु लाभान्वित हुने छौं ।
विभिन्न ठाउँमा रहेका विभिन्न थरिका गुफाहरुको परिचय यसप्रकार छ ।
१) महेन्द्रगुफा :  गुफा बाराही देवीको बासस्थान रहेको भनी दैवीक तथा धार्मिक आस्थाको आधारमा स्थानीय बासिन्दाबाट वि.सं. २०१२ तिरै पत्ता लागेको यो गुफा तत्काल करिव ५०० मिटर लामो थियो । तत्कालिन राजा महेन्द्रले उद्घाटन गरेपछि महेन्द्रगुफा नामाकारण गरिएको यस गुफा अत्यन्त रमणीय छ । वि.सं. २०३२ साल देखि श्री विन्ध्यबासिनी मा.वि. संरक्षक भई प्रवेश टिकट लागू गरिएको नेपालकै पहिलो स्थलको रुपमा अन्तर्राष्ट्रिय स्तरमा चर्चित भइसकेको यो गुफा हाल करिव ३०० मिटर जति लामो छ । यसका दुई शाखा गुफा पनि छन्, पहिलो शाखा देव्रे तर्फ र यसबाट बाहिर निस्कने बाटो छ भने दोस्रो शाख विशाल साहसिक यात्रामय छ । दुईथरी चमेराको वासस्थान पनि छ । यहाँ ठूला चमेरा र साना चमेरा छन् । गुफा भित्र थुप्रै चुनढुंगाहरु, देवी देवताका आकृति तथा मूर्तिहरु छन्, जस्तै गणेशको सुँड, हात्तीको सुँड, गौमाताको मुख, नाग, शिवलिंगहरु इत्यादि ।
महेन्द्रगुफाको आफ्नो क्षेत्रफल ४६ रोपनी छ । यो नेपालकै एक प्रमुख पर्यटकीय स्थलको रुपमा स्थापित भएकोले माथिल्लो पोखरातर्फ अन्य कतै रकमणीय पार्कहरु नभएको परिवेशमा महेन्द्रगुफा क्षेत्र भित्र चिल्डे«ेन पार्क, युथ पार्क, टुरिष्ट पार्क, मिनी जु सहितको रमणीय पर्यटकीय स्थलको रुपमा विकास गर्ने निति र योजना अनुरुप विन्ध्यवासिनी मा.वि.ले गुरुयोजना छिट्टै बनाउने तयारीमा लागेको छ।
२) चमेरी गुफा : महेन्द्रगुफादेखि लगभग ८०० मिटर दक्षिणमा ढाँडापाखा सुन्दर वनबाटीकाको किनारै किनार तर्फ हजारौं संख्यामा चमेराहरु भएको अर्को रमणीय र विशाल गुफा हो चमेरेगुफा । वि.सं. २०५३÷०५४ सालदेखि प्रवेश टिकट प्रणाली लागू गरी पर्यटकहरुको लागि खुला गरिएको यो गुफा करिव २५० मिटर जति लामो, अग्लो सिलिङ र फराकिलो छ । यो गुफा श्री विन्ध्यवासिनी मा.वि. को पूर्ण स्वामित्वमा रहेको छ । यो गुफा वाटुलेचौरको मदनआश्रित मार्गसँग जोडिएको छ । यस गुफाभित्र पनि विभिन्न देवीदेवताक चुनले बनेका आकृतिहरु जस्तै शंख, चक्र, गधा तथा अनेक गणेशका सुँडहरुले भरिभराउ छन् । यो गुफामा अर्को एउटा रमणीय साहसिक निस्कने द्धार पनि छ । यसलाई धर्मद्धार पनि भनिन्छ । यस गुफाको विशेष मुख्य विशेषता भनेको चमेराहरु नै हो । चमेराहरुलाई संरक्षण र अन्य प्राकृतिक श्रोत सहित संरक्षण गर्नको लागि श्री विन्ध्यवासिनी मा.वि.ले. केहि समयमै गुरुयोजना बनाउने तयारीमा छ ।
३) कुमारी गुफा : स् अर्मलाको कुर क्षेत्रमा (हाल पोखरा वडा नं. १६) मा थुप्रै साना ठूला प्राकृतिक गुफाहरु छन् । त्यस मध्येको एउटा गुफा कुमारी गुफा हो, जहाँ थुप्रै चुनढुंगाहरु र अनगिन्ती चमेराहरु पनि छन् । यो कुमारी गुफामा पस्दा ४५ डिग्री झुकेर जानुपर्दछ । न सुतेर न उठेर ाजनुपर्ने यो गुफा करिव ७५ मिटर लामो छ । र अन्त्यमा थुप्रै चुनढंगाहरु र चमेरा देख्न पाइन्छ। यहाँबाट निस्कने अर्को बाटो नभएकोले सोही बाटो फर्किनुपर्दछ। व्यक्तिगत जग्गा अन्र्तगत रहेको यो गुफालाई सामुदायिक विकासको लागि जग्गाको मुआब्जा दिई पर्यटकीय दृश्यावलोकन क्षेत्रमा लैजान सकिन्छ ।
४) क्रेजी गुफा : स् अर्मलाको सिप्लीकुनामा हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ मा रहेको यो गुफा साह्रै आकार्षक छ । यहाँ प्रशस्त चुनढुंगाहरु छन् । गुफा तहतह गरी तीन तहसम्म तल फैलिएको छ । धेरै घुम्ती र तलाहरु भएकोले यो गुफा करिव ४५० मिटर जति लामो छ । प्रशस्त देवी देवताका आकृति र प्रष्ट रुपमा गौतम बुद्धको आकृति देख्न सकिन्छ । त्यस्तै हात्तीका सुँड, कान, नाग तथा थुप्रै आकृतिहरु देख्न सकिन्छ । पर्यटकहरुलाई लोभ्याउने अत्यन्त सुन्दर भएकोले केही विदेशी पर्यटकहरुको मुखबाट क्रेजी गुफा भनेको आधारमा र गाइडहरुको राय बुझेर यस गुफालाई क्रेजी गुफा नाम दिइएको हो । यस गुफाको अन्त्यमा सुन्दर पानीको तलाउ छ र यहाँबाट निस्कने छुट्टै द्धारा पनि छ । अहिलेसम्म गाइडहरुले लैजाने गरे पनि यसको विधिवत् रुपमा संचालन भएको भने छैन । जसले गर्दा यहाँका चुनढुंगाहरुले बनेका आकृतिहरु तोडफोड हुने गरेको छ । यो गुफाको धेरै क्षेत्रफल कुर चिनेखर्के सामुदायिक वन उपभोक्ता समूहको स्वमित्व र केहि भाग व्यक्तिगत स्वामित्वमा पर्दछ ।
५) गौतम बुद्ध गुफा : स् क्रेजी गुफादेखि झण्डै १ कि.मीं पूर्व सिप्लीकुना क्षेत्रमा रहेको यो गुफा विशाल, आश्चर्यजनक र आकर्षक छ । झण्डै ५, ६ सय जना बसेर योग ागर्न सकिने यो गुफा मनमोहन छ । यहाँ पनि थुप्रै चुनढंगा र चुनढंगाले बनेका आकृतिहरु छन् । विशेष यो गुफा निकै अग्लो भएकोले यहाँ पनि अनगिन्ती चमेराहरु छन् । यो पनि पर्यटकीय महत्वको गुफा हो । धार्मिक पर्यटकदेखि लिएर सबै स्वदेशी विदेशी पाहुनाका लागि यो गौतम बुद्ध गुफा अन्यन्तै महत्वपूर्ण देखिन्छ । यसको उपनाम होली केभ हो । यो गुपाm पनि विधिवत रप्मा संचालनमा छैन ।
पुनश्चः माथिका गुफाहरुको पर्यटकीय प्रवद्र्धन र विकासको झलक ल्याउनको लागि र परिचालनमा नआइसकेका गुफाहरु सुचारुमा परिचालनमा ल्याउनको लागि र पर्यटकीय प्रवद्र्धन गर्नको लागि गुफैगुफाको संगम पोखरा लेखनाथ महानगरपालिका १६ मा भएकोले गुफा महोत्सव २०७५ को आयोजना गरौं । सभ्य भव्य र महत्वका साथ सम्पन्न गरौं ।
तपाई हामी सम्पूर्ण व्यक्ति तथा संघ संस्था मिलीः
१) महेन्द्रगुफा तथा चमेरी गुफा साथै यस क्षेत्रका अन्य गुफाहरु कुमारी गुफा, क्रेजी गुफा, गौतम वुद्ध गुफाको परिचालन गरी पर्यटकीय प्रवद्र्धन र विकासमा सक्दो सहयोग र योगदान गरौं।
२) आधारभूत रुपमा बाटुलेचौरलाई रमणीय गुफाहरु सहित ऐतिहासिक, साँस्कृतिक, शैक्षिक, साहित्यिक र राजनैतिक आदि दृष्टिकोणहरुले विशेष पर्यटकीय गन्तव्य स्थलको प्रवद्र्धन गरौं ।
३) प्रत्येक घरघरमा पर्यटनहरुलाई होमस्ते को रुपमा बस्ने व्यवस्था मिलाई रोजगरा स्वरोजगारको अभिवृद्धि गरौं, आफू समृद्ध बनौं, समाज र राष्ट्रलाई पनि समृद्ध बनाऔं ।
सुसंस्कार सभ्यताका प्रतीकहरु
१) सरसफाई अभियान तीव्र र नियमित पारौं ।
२) आफ्नो घर, आँगन, बाटो, नाला, चोक आदि सधैं सफा राखौं।
३) बाटोघाटो दायाँबायाँ पर्यटकहरुले देख्ने ठाउँमा फूल रोपौं
४) पर्यटकहरुसँग नम्र शिष्टतापूर्वक बोलौं, हार्दिक सेवा सत्कार गरौं ।
५) भोलि र तपाई होइन आज र आफैबाट शुभकार्यको थालनी गरौं।
(लेखकः गुफा संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्ष हुन् ।
(साभारः जुनकिरीको सन्देश)

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: