वैज्ञानिकले यम ग्रहबारे गरेको अनुमान असत्य

सराङकोट न्यूज
14 June, 2018 4:28 am
Advertisements

काठमाडौ‌- वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी र साउथ वेष्टर्न स्टेट कलेजले बुधबार यहाँ आयोजना गरेको नासाका अनुसन्धाता डा हेन्द्री थ्रूपसँगको संवादमा यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खला पाइएको जानकारी गराइयो। यसअघि यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खलाजस्ता बनोट नभएको अनुमान गरिएको थियो।

हेन्द्रीलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले प्रश्न सोधेका थिए। सन् २०१५ मा यमग्रह पुगेको अन्तरिक्षयान हाल त्यहाँबाट क्षुद्रग्रह र पुच्छ«ेतारातिर अघि बढेको छ। यानमा सन् २०४० सम्मलाई पुग्ने ब्याट्री रहेको जनाइएको छ।

यमग्रहमा मिथेन ग्यास र ज्वालामुखी विष्फोट भइरहेको तस्वीर पनि यानले खिंचेर नासामा पठाएको थियो। हेन्द्री नासाको न्यू होराइजन मिशन र यान बनाउने काममा समेत संलग्न छन्। यमग्रह हो वा होइन भन्नेमा अहिले पनि विवाद छ। उनले भने यमलाई ग्रह नै हो भनी ठोकुवा गरेका छन्।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: