म्याराथन सहित अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन

सराङकोट न्यूज
8 June, 2018 3:20 am

पदम श्रेष्ठ/सराङकोट

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आइतबार समापन भएको छ । महोत्सवको तेस्रो एवं अन्तिम चरण जेठ १७ मा उद्घाटन कार्यक्रम, १८ र १९ मा व्यवसायिक सम्मान कार्यक्रम एवम् २० गते समापन कार्यक्रम रहेको थियो ।
यसअघि गतवर्ष असोज २५ मा अन्नपूर्ण आधार शिविर (एबीसी) मा फ्रान्सेली आरोही मौरिस हर्जोगको शालिकको शिलान्यास गरी महोत्सव सुरु भएको थियो भने समापन अन्नपुर्ण म्याराथनबाट भएको छ । गतवर्षकै ल्होसारमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने छोम्रोङमा दोस्रो चरणको महोत्सव पुष १० देखि १५ गते सम्मभएको थियो । महोत्सव समापन समारोहमा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई दश वर्षभित्र नया“ गतिमा लैजाने बताएका छन् । उनले भने, “सात दशक राजनीतिक परिवर्तनमा बितायौं, अब नेपालीलाई खुसी बनाउन समय खर्चिन्छौं ।” उनले कास्की र अन्नपूर्ण गाउ“पालिकाको विकासका लागि आफ्नो तर्फबाट गर्न सक्ने सबै पहल गर्ने प्रतिवद्धता जनाए। गाउ“पालिकालाई नेपालकै मोडलका रुपमा स्थापित गरेर विश्वभरका मानिस एकपल्ट जानैपर्ने गन्तब्यमा विकास गर्न आफ्नो विशेष जोड रहने समेत उक्त अवसरमा बताए । आइतबार नै अन्नपूर्ण आधार शिविरको अवलोकन गरेर फर्किएका दाहाल त्यहा“ रहेका होटलको विकास र बिस्तारमा पर्यटन मन्त्रालयस“ग समन्वय गर्ने उल्लेख गरे ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले घान्द्रुकमा हाइ अल्टिच्युड तालिम केन्द्र स्थापना गर्न मन्त्रालयले अध्ययन गरिरहेको बताए । “खेलकुद र पर्यटनलाई जोडेर यस क्षेत्रको समृद्धिलाई अझैं उच्चस्तरमा पु¥याउन आवश्यक छ,” उनले भने । प्रदेश सांसद राजीव पहारीले फेवा तालदेखि अन्नपूर्णसम्मको संरक्षणमा अभियान सञ्चालन गर्ने बताए । जलवायु परिवर्तनले हिमालको अस्तित्व क्षयिकरण हु“दै जाने खतरा औंल्याउ“दै उनले त्यसतर्फ बेलैमा सचेत हुनु आवश्यक रहेको जनाएका थिए।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गाउ“पालिकामा यथेष्ट विकासका काम भएको बताए । उनले अल्ट्राम्याराथनको विश्वस्तरीय प्रतियोगिता अन्नपूर्ण क्षेत्रमा सञ्चालन गर्न सकिने उल्लेख गरे । उनले अन्नपूर्ण पदयात्रा मार्गमा सार्वजनिक जमिनमा रहेका होटललाई सरकारको कार्यविधि अनुरुप भाडामा उपलब्ध गराउन आफू सकारात्मक रहेको जनाए ।
अर्थ मन्त्रालयका सहसचिव झलकराम अधिकारी र शिक्षा मन्त्रालयका उपसचिव विष्णु अधिकारीले पर्यटन गुरुयोजना बनाएर गाउ“पालिकालाई समृद्ध बनाउन सबै एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याएका थिए।
गाउ“पालिकाका अध्यक्ष युवराज कु“वरले उच्च ओहदामा रहेका व्यक्तित्वले आफ्नो जन्मथलोलाई प्राथमिकता दिन आग्रह गरे । उनले पूर्वप्रधानमन्त्री दाहालप्रति आफू निकै आशावादी रहेको उल्लेख गरे । अन्नपूर्ण गाउँपालिका विकास र समृद्धिको विस्तारमा रहेकोहुँदा अहिलेको बजेट प्रति असन्तुष्टी व्यक्त गर्दै तत्कालीन बजेटले १३ प्रतिशतको काम गर्न पनि धौ–धौ हुने बताएका थिए। आफू अन्नपूर्ण गाउँपालिकाको लागि विकासको झोली थाप्न समेत तयार रहेको बताएका थिए।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवम् महोत्सवका संयोजक ललित गुरुङले अन्नपूर्ण क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासमा ध्यानाकर्षण गराएका थिए । अन्नपूर्ण आधार शिविरदेखि भनुवा सम्म जोखिम रहेको र आधार शिविरमा वर्षेनी हुने क्षयीकरण प्रति कुनै निकायबाट चेष्टा नभएकोमा दुःख व्यक्त गरेका थिए। त्यसै गरी अन्नपूर्ण आधारशिविरमा मौरिस हर्जोगको अर्धकद शालिक बनिसकेको भएता पनि मौसमको कारणले गर्दा निर्माणमा असमर्थ रहेको समेत जानकारी दिएका थिए।
महोत्सव आयोजना पश्चात पर्यटकको संख्या ह्वात्तै बढेको जनाउ“दै उनले हरेक मौसम उपयुक्त रहेको सन्देश दिए। उनले म्याराथनलाई आगामी वर्षमा निरन्तरता दिने बताए। महोत्सवका सचिव दिलिप गुरुङद्वारा सञ्चालित कार्यक्रम समितिका सह–संयोजक भुवेश्वर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। भने अध्यक्ष ललित गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisements

अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल प्रथम

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन सम्पन्न भएको छ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत भएको म्याराथनमा राष्ट्रिय धावकसहित ६१ जनाको सहभागिता रहेको थियो । प्रत्येक वर्षको जुन ३ मा मनाइने “अन्नपूर्ण डे” को अवसर पारेर पर्यटन प्रबद्र्धनको विकास र विस्तार गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयाजक ललित गुरुङले सराङकोटलाई बताए।
अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म आइतबार भएको अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो भएका छन् । निर्धारित ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए । आर्मीकै पूर्ण तामाङले ४ घण्टा १७ मिनेट ४२ सेकेन्डमा दूरी पार गरेर दोस्रो भएका थिए भने तेस्रो स्थानमा आर्मीकै धावक होमलाल श्रेष्ठले ४ घण्टा २० मिनेट ३८ सेकेन्डमा दुरी पार गरे। म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख, ७० हजार र ५० हजार रुपैया“ पाएका थिए।
त्यसैगरी चौंथोदेखि दसौंस्थानसम्म क्रमशः रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइबा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थापा र दामोदर बुढामगर आएका थिए । दसौं स्थानसम्मको धावक पनि मेडल सहित पुरस्कृत भएका छन् । म्याराथनमा ६१ जना धावक सहभागी भएको म्याराथन संयोजक किसम गुरुङले जानकारी दिए। फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले विश्वमै पहिलोपल्ट सन् १९५० जुन ३ मा आठ हजार मिटरमाथिको हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेको स्मृतिमा उक्त दिवस मनाइन्छ ।
अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइ“ले, टाडापानी, भैंसीखर्क हु“दै घान्द्रुक आइपुगेको हो । महोत्सवको तेस्रो एवं अन्तिम चरणको समापन समारोहमा आइतबार पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा लगायतले धावकलाई पुरस्कार वितरण गरेका थिए । आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं महोत्सव संयोजक ललित गुरुङले आगामी वर्ष पनि म्याराथनलाई निरन्तरता दिने समेत बताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: